Sunday, May 11सत्यम खबर
Shadow

आर्थिक

बर्दियाको ठाकुरबाबामा निःशुल्क स्वास्थ्य शिविरबाट २ सय ९४ जना लाभान्वित

बर्दियाको ठाकुरबाबामा निःशुल्क स्वास्थ्य शिविरबाट २ सय ९४ जना लाभान्वित

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २८ बैशाख – गोपाल नीना फाउण्डेशनले बर्दिया जिल्लाको ठाकुरबाबा नगरपालिकामा आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरबाट २ सय ९४ जना लाभान्वित भएका छन् । शनिवार ठाकुरबाबा नगरपालिका वडा नं. ८ चिट्कैयामा सम्पन्न उक्त शिविरमा स्वास्थ्य परीक्षण, औषधी र स्वास्थ्य परामर्श सेवाबाट सर्वसाधारण नागरिकहरु लाभान्वित भएका हुन् । फाउण्डेशनका सहनिर्देशक डा. तृप्तीपाल रमणले दिनु भएको जानकारी अनुसार स्वास्थ्य सेवाको पहुँचबाट वञ्चित समुदायलाई लक्षित गरेर आयोजना गरिएको उक्त स्वास्थ्य शिविरबाट २ सय २५ जना महिला र ६९ जना पुरुषको विभिन्न रोगका विशेषज्ञ चिकित्सकहरुबाट स्वास्थ्य परीक्षण, आवश्यक परामर्श सहित निःशुल्क औषधि वितरण गरिएको थियो । शिविरमा हाडजोर्नी, छाला सम्बन्धि, पाठेघर, स्री रोग, पेट सम्बन्धि रोग लगायत विभिन्न प्रकारका रोगका ओैषधी सहित स्वास्थ्य सेवा लिएको फाउण्डेसनका कार्यक्रम संयोजक दिलिप गिर...
डुडुवामा आकस्मिक आश्रय स्थल निर्माण शुरु

डुडुवामा आकस्मिक आश्रय स्थल निर्माण शुरु

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
डुडुवा, २८ बैशाख – बाँकेको बाढी प्रभावित क्षेत्र डुडुवाको रामनगर पाझामा आकस्मिक आश्रयस्थल निर्माण शुरु भएको छ । नेपाल सरकार सघन शहरी तथा भवन निर्माण आयोजना कार्यालय नेपालगन्जमार्फत आश्रयस्थल निमार्णको कार्य शुरु भएको हो । पाझा गाउँमा शनिबार एक कार्यक्रमका विच डुडुवा गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले उक्त भवनको शिलान्यास गर्नुभयो । बाँके जिल्ला कै सबैभन्दा बढी प्रभावित क्षेत्र अन्तर्गत रहेका गाउँका बाढी पिडितलाई बाढी, डुबान तथा कटानको बेला आकस्मिक रुपमा आश्रयस्थललाई प्रयोग गर्न सहज हुने अध्यक्ष चौधरीले बताउनुभयो । उहाँले आकस्मिक भवनले स्थानीयलाई विपद्को वेला र अन्य कुनै पनि सार्वजनिक कार्यका लागि उक्त भवन उपयोग गर्न मिल्ने बताउनुभयो । पहिलो चरणमा ढेड तल्लाको स्ट्रक्चर (संरचना) मात्र बन्नेछ भने फिनिसिङको काम पछि गरिने आयोजना कार्यालय नेपालगन्जका इन्जिनियर बसन्ता बुढाथोकी...
सेनेटरी प्याड बनाउने तालिम आत्मनिर्भर बन्नका लागि उपयोगी हुनेमा जोड

सेनेटरी प्याड बनाउने तालिम आत्मनिर्भर बन्नका लागि उपयोगी हुनेमा जोड

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २७ वैशाख – सेनेटरी प्याड बनाउने तालिमले आत्मनिर्भर बन्न उपयोगी हुने बताइएको छ । लुम्बिनी प्रदेशका सांसद मिना श्रेष्ठको संयोजनमा लुम्बिनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयको आर्थिक सहयोग र स्वास्थ्य कार्यालय बाँकेको आयोजनामा नेपालगन्जमा गरीएको तिन दिने तालिमको आज समापन कार्यक्रममा बोल्ने सहभागीहरुले यस्तो बताएका हुन । कार्यक्रममा बोल्दै सांसद श्रेष्ठले नेपालगन्जका विभिन्न स्थानमा बसोबास गर्ने ३१ जना महिलाहरुलाई छनोट गरी सेनेटरी प्याड बनाउने तालिमका बारेमा सिप प्रदान गरी आत्मनिर्भर बनाउन तालिम गरीएको बताउनुभयो । उहाँले यस तालिमपछि महिलाहरुले प्याड बनाउन सिकेकाले यो घरायासी प्रयोजन मात्र नभइ ब्यापारीक प्रयोजनका लागि पनि उपयोगी हुने धारणा राख्नुभयो । कार्यक्रमममा तालिममा सहभागी साजिया इद्रिशीले तालिम लिएपछि अब घरमै बसेर सेनेटरी प्याड बनाउन सकिने सीप बिकास भएको बताउनुभयो...
‘हेल्थ याद आयो’ डिजिटल स्वास्थ्य सेवामा नयाँ फड्को

‘हेल्थ याद आयो’ डिजिटल स्वास्थ्य सेवामा नयाँ फड्को

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २७ बैशाख – स्वास्थ्य सेवामा हरेक व्यक्तिको पहुँच पुगोस्, सरल, सहज र पारदर्शी गराउने उद्देश्यले डिजिटल प्रविधि ‘हेल्थ याद आयो’ सेवा प्रभावकारी माध्यम बन्दै आएको छ । नेपालमा स्वास्थ्य सेवा विस्तारको बारेमा चर्चा गर्दा हामी धेरै पटक सरकारी अस्पतालको भिड, निजी अस्पतालको महँगो उपचार र सहज पहुँचको अभाव जस्ता समस्याहरू सम्झन्छौँ । विरामी भएर अस्पताल पुगे पनि घण्टौँ लाइनमा बस्नु, फाराम भर्नु, टिकट काट्नु, डाक्टरको समय कुर्नु, रिपोर्ट ल्याउन फेरि उही प्रक्रिया दोहो¥याउनु, यी सबै कुराले मानिसलाई रोगभन्दा बढी उपचार प्रक्रियाको तनाव सिर्जना गर्छ । यस्तै अनावश्यक झन्झट र अप्ठ्याराहरूको विकल्प बनेर स्थापना भएको छ– ‘हेल्थ याद आयो’, जुन नेपालको स्वास्थ्य क्षेत्रमा डिजिटल रूपान्तरणको एउटा प्रभावकारी माध्यम बन्न सक्ने देखिन्छ । हेल्थ याद आयो एउटा यस्तो डिजिटल प्लेटफर्म हो, जसले स्वास्थ्य से...
दोस्रो मेयरकप स्ट्रेन्थलिफ्टिङ्ग च्याम्पियनसिप प्रतियोगिता शुरु

दोस्रो मेयरकप स्ट्रेन्थलिफ्टिङ्ग च्याम्पियनसिप प्रतियोगिता शुरु

आर्थिक, आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २६ बैशाख – दोस्रो मेयरकप स्ट्रेन्थलिफ्टिङ्ग आईबिपी च्याम्पियनसिन प्रतियोगिता २०८२ को आज भब्यतापूर्वक उद्घाटन गरिएको छ । उक्त च्याम्पियनसिप प्रतियोगितामा सहभागी प्रतियोगीहरुले बिहान ८ बजेदेखि तौल मापन गराएका छन् । जसमा नेपाल भरीबाट प्रतियोगितामा सहभागी भएका फिटनेश क्लबहरुले आ–आफ्नो सहभागिता जनाउँदै कुन समूहमा कति तौल बराबर सहभागिता जनाउने निश्चित गरेका थिए । त्यसैगरी दिउँसो २ बजेदेखि उद्घाटन हुने भनिएको दोस्रो मेयरकप स्ट्रेन्थलिफ्टिङ्ग आईबिपी च्याम्पियनसिप प्रतियोगिता २०८२ केही समय ढिलो हुन गई करीब ३ः३० बजे नेपालगन्ज उपमहानगरपालिका प्रमुख प्रशान्त बिष्टको प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको थियो । प्रमुख अतिथि बिष्टले कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्दै छोटो समयमा स्ट्रेन्थलिफ्टिङ्ग आईबिपी च्याम्पियनसिप प्रतियोगिता अन्तर्राष्ट्रिय रुपमा पहिचान बनाउन सफल भएको...
भारत नेपाल सीमा पूर्ण रूपमा खुला, अफवाह पछाडी नलाग्न आग्रह

भारत नेपाल सीमा पूर्ण रूपमा खुला, अफवाह पछाडी नलाग्न आग्रह

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज, सूचना-प्रबिधि
रुपैडीहा, २५ बैशाख - भारत नेपाल सीमा बन्द हुने अफवाह मात्र भएकाे सशस्सात्र सीमा बलले बताएकाे छ । स्थानीय र एसएसबीका अधिकारीहरूले स्पष्ट गरे कि रुपैडीहा सीमानाकामा आवागमन र व्यापारले सामान्य रूपले जारी रहेकाे जनाएका छन् । दुबै देशका नागरिकहरूले आफ्नाे परिचय खुल्ने कार्ड देखाउँदै सीमानाका पार गरिरहेकाे बताए । बुधबार राती भारतद्वारा पाकिस्तान माथि चलाईएकाे सिन्दुर अपरेशनले गर्दा सीमानाका बन्द भएकाे झुठाे अफवाह मात्र फैलाईएकाे भएपनि हाल व्यापारिक आवागमनका साथै बाहनहरू समेत ओहाेरदाेहाेर भईरहेकाे रूपैडीहा स्थित सञ्चारकर्मी सन्ताेष शुक्लाले बताएका छन् ।...
सिक्टा सिंचाई आयोजनाको पूर्व नहर निर्माण कार्य शुरु

सिक्टा सिंचाई आयोजनाको पूर्व नहर निर्माण कार्य शुरु

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज, सूचना-प्रबिधि
नेपालगन्ज, १७ बैशाख – सिक्टा सिंचाई आयोजनामार्फत किसानहरुको खेत खेतमा पानी पु¥याउने उद्देश्यका साथ नरैनापुर गाउँपालिकामा नहर निर्माणको कार्य शुरु गरिएको छ । फत्तेपुर र राजकुलोमा पुरानो सिस्टम अन्तर्गत अपग्रेट गरिने जानकारी गराउँदै नरैनापुरका ४० हेक्टर जमिनमा सिंचाईको पानी पु¥याउने उद्देश्य रहेको बताउनुभयो । त्यस क्षेत्रमा सिक्टा सिंचाई आयोजनामार्फत करीब ९ हजार टेक्टर जमिनमा सिंचाईको लागि पानी पु¥याउने उद्देश्यका साथ नरैनापुरमा नयाँ शाखा नहर निर्माण कार्य शुरु गरिएको आयोजना निर्देशक राजु आचार्यले बताउनुभयो । सिक्टाको पुर्वी नहरको ४२ किलोमिटर सम्पन्न भएपछि नरैनापुर गाउँपालिकामा शाखा नहर निर्माण कार्य शुरु गरिएको सिक्टा सिचाई आयोजनाको आयोजना निर्दैशक आर्चायले बताउनुभयो । अहिले सिक्टा नहरमा ११ वटा शाखाहरु विस्तार कार्य भैरहेको छ । जसमा ६ वटा लिफ्ट नहरहरु रहेका छन् । शाखा नहरहरुलाई समुहमा...
वन मिचेर बनाइएको प्लटिंग वन्द हुँदैन ?

वन मिचेर बनाइएको प्लटिंग वन्द हुँदैन ?

अपराध, आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
भक्तपुर, १६ बैशाख – ठूलोले जे गरे पनि हुने, सानोलाई मात्रै कानुन लाग्ने भन्दै भक्तपुरको काक्राबारीका जनताले प्रश्न तेर्साएका छन् । सियो खसेको देख्ने वडा अध्यक्ष अनि नगरपालिकाले तीस वढी डोजर दैनिक चलाउँंदा किन देखेनन् भनी स्थानीयले प्रश्न उठाएका हुन् । भक्तपुरको रोल्पा रुकुम भनेर चिनिने जिल्लाको सूर्यविनायक नगरपालिका वडा नं ९ कांक्राबारीमा पूरै क्षेत्रमा झण्डै तीन दर्जन डोजरहरु दिनरात चले पनि उनीहरुमाथि कारबाही नभएको भन्दै स्थानीयले विरोध गरेका हुन् । यो ठाउँ जिल्लाको सूर्यविनायक नगरपालिका वडा नं ९ (साविक नंखेल गाविस वडा नं. ४ क र ख) काँक्रा बनस्थित घिसिङ डाँडामा रहेको छ । यो आयोजना निक भुजिकिक हाउजिङ् कम्पनीले सञ्चालन गरिहेरको हो । टाढाबाट हेर्दा कमिला जत्रा देखिने डोजर तथ स्काईभेटर चलाएर सामुदायिक भित्री बनको क्षेत्र अतिक्रमण गरेर काम भइरहेको महिनौ विते पनि कसैले वास्ता नगरेको भ...
सार्वजनिक हरियो रुख कट्ने वडा अध्यक्ष इशाक जोलाहलाई कारवाही मांग गर्दै जाहेरी दर्ता

सार्वजनिक हरियो रुख कट्ने वडा अध्यक्ष इशाक जोलाहलाई कारवाही मांग गर्दै जाहेरी दर्ता

अपराध, आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज, सूचना-प्रबिधि
नरैनापुर, १० बैशाख – केही दिन अगाडी नरैनापुर गाउँपालिका वडा नं. १ कटकुईयामा रहेको सार्वजनिक सरकारी जग्गामा लागेको रुख कटान गरेकोमा आवश्यक कारवाही गरी जिउ ज्यानको सुरक्षा गरी पाउँ भनी नरैनापुर गाउँपालिका वडा नं. १ बस्ने बालकराम चमारले जिल्ला प्रशासन कार्यालय बाँकेमा जाहेरी दर्ता गरेका छन् । उक्त जाहेरीमा “उपरोक्त मुद्दामा श्री बाँके जिल्ला कटकुईया गा.वि.स. वडा नं. ३ ख कि.नं. ३४५ को जग्गामा सार्वजनिक÷सरकारी कुलो रहेको छ । उक्त कुलोको दुबै देउमा आप सिसौ जामुन लगायत विभिन्न जातका लागेका रुख मध्ये पुरानो लगभग २० फिट गोलाईको हरियो फलेको आंपको रुख थान–१ र करीब १० फिल गोलाईको सिसौ थान–१ र सोही ठाउँमा रहेको म निवेदकको कि.नं. ३३७ को जग्गामा लागेको सिसौं थान–१ गरी ३ थान रुखहरु नरैनापुर वडा नं. १ का वडा अध्यक्ष इशाक जोलाहले ०८१ चैत्र २३ गते काटी नरैनापुर–५ मा निज इशाक जोजाहले सञ्चालन गरेको इट्ट...
तानसेन फार्मेसीद्वारा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

तानसेन फार्मेसीद्वारा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ५ बैशाख – तानसेन फार्मेसी नेपालगन्जको सहकार्यमा बर्दिया जिल्ला गुलरिया नगरपालिका वडा नं. १ खैरापुर स्वास्थ्य चौकीमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरिएको छ । तानसेन फार्मेसीले निःशुल्क औषधि वितरणका साथै महिला तथा स्त्री रोग विशेषज्ञ डा. कुलदीप आचार्य, मेलिकल अधिकृत डा. पुरुषोत्तम बर्मा, तानसेन फार्मेसी सञ्चालक परमेश वैश्य, ल्याब टेक्निसियन निता सुनार, सहयोगी सुनिता अधिकारीको टीमसहित सहकार्य गरिएको थियो । सोही क्रममा एक औपचारिक कार्यक्रमको आयोजना गरी निःशुल्क स्वास्थ्य शिविर बारे जानकारी गराईएको थियो । उक्त कार्यक्रमको अध्यक्षता गुलरिया नगरपालिका वडा नं. १ का वडाध्यक्ष जोगिराम थारुले गरेका थिए । प्रमुख अतिथि गुलरिया नगरपालिका मेयर मुक्तिनाथ यादव रहेका थिए भने विशिष्ट अतिथि डा. कुलदीप आचार्य रहेका थिए । कार्यक्रममा गुलरिया नगरपालिका स्वास्थ्य शाखा प...