Saturday, July 18सत्यम खबर
Shadow

आर्थिक

महिलाहरुलाई प्रोत्साहन गर्ने श्री उत्सवको आयोजना हुने

महिलाहरुलाई प्रोत्साहन गर्ने श्री उत्सवको आयोजना हुने

अवधी, आर्थिक, आस्था, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १ श्रावण – तेरापंथ महिला मण्डल नेपालगन्जद्वारा श्री उत्सवको आयोजन हुने भएको छ । उक्त श्री उत्सवको आयोजनाको मुख्य उद्देश्य उद्यमी महिलाहरुलाई प्रोत्साहित गर्नु, स्थानीय ब्रण्डलाई बढावा दिनुका साथै हस्तनिर्मित उत्पादन, फैशन, गृह सज्जा -होम डेकोर), स्वास्थ्य -वेलनेस) तथा स्वादिष्ट व्यंजनों को प्रदर्शन स्टालमार्फत गर्नु रहेको छ । माण्डवारी महिलाहरुको अगुवाई यही श्रावण २ गते शनिबारको दिन नेपालगन्जमा सम्पन्न हुन गईरहेको उक्त श्री उत्सवमा विशेष गरी महिला उद्यमी, गृहकार्यमा कुशल, हस्तकलामा उत्कृष्ट महिलाहरुको प्रतिभालाई कसरी थप बल पु¥याउन सकिन्छ भन्ने रहेको बताईएको छ । श्री उत्सव महिला उद्यमीहरूलाई प्रोत्साहन गर्ने, स्थानीय ब्रान्डहरूको प्रवद्र्धन गर्ने, हस्तनिर्मित सामग्री, फेसन, गृह सजावट -होम डेकोर), स्वास्थ्य तथा वेलनेस, र स्वादिष्ट परिकारका स्टलहरू प्रदर्शन गर्ने उद्देश्य...
साईगाउँ बिओपीद्वारा साढे ४ लाख बराबर सामान बरामद

साईगाउँ बिओपीद्वारा साढे ४ लाख बराबर सामान बरामद

अपराध, आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २९ असार – खुला सीमानाकाको फाईदा उठाउँदै तस्करहरुले तस्करीको कार्य जारी राख्दै आईरहेको अवस्थामा जिरो ट्रोलनेश अन्तर्गत कार्यरत रहेको सशस्त्र प्रहरी साईगाउँ चौकीले ठूलो उपलब्ध हात पारेको छ । विगत २ महिना भित्र लाखौं मूल्य बराबरको सामान बरामद गरी नेपालगन्ज भन्सार कार्यालयमा बुझाएको छ । यसैगरी गत १–२ दिनको सुरक्षा चेकजाँचको क्रममा करीब साढे ४ लाख मूल्य बराबर लत्ताकपडा, सलवार सुट, फुल, अवैध खाद्यान्न सामान लगायत बरामद गर्नुका साथै उक्त तस्करीको सामानमा ढुवानी गरिने मोटरसाईकल समेत बरामद गरिएको जनाईएको छ । बरामद गरिएको सम्पूर्ण सामान आज नेपालगन्ज भन्सार कार्यालयमा बुझाईएको छ भने बरामद सामान पचपोखराको बाटो हुँदै तस्करी भईरहेको जनाईएको छ ।...
जानकीका स्थानिय सरकार र सरोकारवालाहरुका लागि ३ दिने क्षमता अभिबृद्धि तालिम सुरु

जानकीका स्थानिय सरकार र सरोकारवालाहरुका लागि ३ दिने क्षमता अभिबृद्धि तालिम सुरु

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २६ असार – पोषण मैत्री स्थानिय शासन र बालमैत्री स्थानिय शासन सम्बन्धि स्थानिय सरकार र सरोकारवालाहरुका लागि ३ दिने क्षमता अभिबृद्धि तालिम शुक्रवारदेखि नेपालगन्जमा सुरु भएको छ । सामाजिक विकास मञ्च -एसडिएफ) बाँकेको आयोजना, वल्र्ड भिजन इन्टरनेशनल नेपालको सहयोग तथा जानकी गाउँपालिकाको समन्वयमा जानकी गाउँपालिकाका स्थानिय सरकार र सरोकारवालाहरुका लागि ३ दिने क्षमता अभिबृद्धि तालिम सुरु भएको हो । क्षमता अभिबृद्धि तालिममा स्थानीय तहका जनप्रतिनिधि, स्वास्थ्यकर्मी, शिक्षक, बाल क्लवका पदाधिकारी, पत्रकार तथा अन्य सरोकारवालाहरुको सहभागिता रहेको छ । जानकी गाउँपालिकामा बालवालिकाहरुलाई घरायसि काममा बढि प्रयोग गरिने भएको हुनाले यसको रोकथाम गर्न सबै सरोकारवालाहरुको उत्तिकै भुमिका रहेको तालिमका प्रशिक्षक अशोक न्यौपानेले बताउनुभयो । जानकी गाउँपालिकामा बालवालिका तथा पोषण कार्यक्रमलाई प्रथामिकतामा...
जानकीमा बाल संरक्षण कोष स्थापनाका लागि एसडिएफ बाँकेको सहयोग

जानकीमा बाल संरक्षण कोष स्थापनाका लागि एसडिएफ बाँकेको सहयोग

आर्थिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २३ असार – बाल संरक्षण कोष स्थापनाको लागि एक लाख रुपैयाको चेक हस्तान्त्रण गरिएको छ । जानकी गाउँपालिकाका बालवालिकाहरुको उत्थानका लागि सामाजिक विकास मञ्च -एसडिएफ) बाँकेले १ लाख रुपैयाको चेक हस्तान्त्रण गरिएको हो । चेक हस्तान्त्रण कार्यक्रममा जानकी गाउँपालिकाका अध्यक्ष छब्बन खाँ, सामाजिक विकास शाखाका प्रमुख रामअचल धोबी, महिला तथा वालवालिका शाखा प्रमुख कल्पना गाहा, सामाजिक विकास मञ्च बाँके -एसडिएफ बाँके) का अध्यक्ष चम्प सिङ थापा मगर, र वल्र्ड भिजन इन्टरनेशनल नेपालका बाँके जिल्ला संयोजक तिलक केसी लगायतको उपस्थितिमा बाल संरक्षण कोषका लागि चेक हस्तान्त्रण गरिएको सामाजिक विकास मञ्च बाँकेका बाल संरक्षण अधिकृत जनक चौधरीले बताउनुभयो । कार्यक्रममा महिला तथा वालवालिका शाखा प्रमुख कल्पना गाहाले राज्यले गर्नुपर्ने कार्य संघसंस्थाले गर्दै आएको प्रति स्रहानिय कार्य रहेको बताउनुभयो । जानकी ...
कोहलपुरमा ग्रासरुट फुटबल प्रशिक्षण सुरु

कोहलपुरमा ग्रासरुट फुटबल प्रशिक्षण सुरु

आर्थिक, आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २१ असार – कोहलपुरको मैटहवामा ग्रासरुट फुटबल प्रशिक्षण कार्यक्रमको औपचारिक रुपमा शुभारम्भ गरिएको छ । फिफा मास्टर विप्लव गौतमले एन्फा बाँकेका फुटबल प्रशिक्षक युवराज शाहीलाई बल हस्तान्त्रण गर्दै प्रशिक्षण कार्यक्रमको शुभारम्भ गर्नु भएको थियो । उद्घाटन समारोहमा बाँकेको फुटबल विकासमा महत्वपुर्ण सहयोग गरेको भन्दैं गौतमलाई बाँके जिल्ला फुटबल संघका अध्यक्ष एवम् अखिल नेपाल फुटबल संघका केन्द्रिय सदस्य भोजराज शाहीले सम्मान गर्नु भएको थियो । बिरबल फुटबल एकेडेमीले कोहलपुर नगरपालिका वडा नम्बर ३ मैटहवा स्थित ग्रासरुट फुटबल प्रशिक्षण कार्यक्रम संचालन गरिरहेको छ । जहाँ १६ वटा निजी तथा सामुदायिक विद्यालयका १ सय ७० भन्दा बढी बालबालिकाहरुलाई हरेक हप्ताको शनिबार, आइतबार र विदाको दिन विहान निःशुल्क रुपमा फुटबल प्रशिक्षण गराईन्छ । बिरबल फुटबल एकेडेमीको अध्यक्ष आशादेवी शाहीले उद्घाटन समारोहमा...
पैसाको अभावमा कारावास बसेका बयोवृद्ध कैदी सहयोगबाट रिहाई

पैसाको अभावमा कारावास बसेका बयोवृद्ध कैदी सहयोगबाट रिहाई

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १६ असार – दण्ड जरिमाना तिर्ने पैसाको अभावमा काराबास सजायँ भोगिरहेका एक जना भारतीय वयोवृद्ध अपराध निरोधक समितिको आर्थिक सहयोगमा रिहा भएका छन् । छिमेकी मित्र राष्ट्र भारतको उत्तर प्रदेशको बहराइच जेलमा वयोबृद्ध कैदी ८१ वर्षीय हनुमान प्रसाद चौरसियालाई २२ हजार रुपैया अर्थ दण्ड माननीय न्यायालय बहराइचमा जम्मा गरेर रिहाई गराएर परिवारको जिम्मामा लगाइएको हो । उत्तर प्रदेशीय अपराध निरोधक समितिका बहराइच जिल्ला उपाध्यक्ष तथा वरिष्ठ पत्रकार शेर सिंह कसौधनले दिएको जानकारी अनुसार उत्तर प्रदेशीय अपराध निरोधक समिति लखनऊ शासन, प्रशासनका साथ सामाजिक एवं धार्मिक कार्यमा समर्पित माननीय लोकप्रिय यशस्वी चेयरमैन कमलेश श्रीवास्तवको दिशा निर्देशनमा जिल्ला सचिव/जेल विजिटर केशव कुमार मौर्य जिल्ला कारागार बहराइच जिल्ला उपाध्यक्ष शेर सिंह कसौधन, उप जिल्ला सचिव विनोद कुमार कुशवाहाको कुशल नेतृत्वमा उत्तर प्र...
नेपालगन्जको न्युरोडमा ‘द दरबार रेष्टुरेन्ट एण्ड क्याफे’ सञ्चालनमा, उद्घाटनमा २०% सम्म छुट

नेपालगन्जको न्युरोडमा ‘द दरबार रेष्टुरेन्ट एण्ड क्याफे’ सञ्चालनमा, उद्घाटनमा २०% सम्म छुट

आर्थिक, प्रदेश ५, श्रम/रोजगार, समाचार, सम्पादकीय
नेपालगन्ज ६ असार - पश्चिम नेपालको प्रमुख व्यापारिक केन्द्र नेपालगन्जको न्युरोडमा अत्याधुनिक सेवा र पारिवारिक वातावरणसहितको नयाँ स्वादको गन्तव्य ‘द दरबार रेष्टुरेन्ट एण्ड क्याफे’ सञ्चालनमा आएको छ। स्थानीय युवा कमल पौडेल र एन बि क्षेत्रीको संयुक्त लगानीमा स्थापित यस रेष्टुरेन्टको धार्मिक अनुष्ठान र पूजापाठ गरि विधिवतरुपमा शनिबार उद्घाटन गरिएको हो। करिब २० लाख रुपैयाँभन्दा बढीको प्रारम्भिक लगानीमा निर्माण गरिएको यस रेष्टुरेन्टले नेपालगन्जको बढ्दो शहरीकरण र उपभोक्ताहरूको आधुनिक जीवनशैलीलाई सम्बोधन गर्ने लक्ष्य राखेको छ। ग्राहकको सन्तुष्टिलाई सर्वोपरि ठान्दै उद्घाटनको अवसरमा मेनुका विभिन्न स्वादिष्ट परिकारहरूमा २० प्रतिशतसम्मको आकर्षक छुटको व्यवस्था समेत गरिएको संचालक पौडेलले जानकारी दिएका थिए । काठमाण्डौ तथा अन्तर्राष्ट्रिय स्तरका क्याफेहरूको झल्को दिने गरी संचालनमा आएको यस रेष्टुरेन्टको...
तेस्रो मेयरकप स्ट्रेन्थलिफ्टिङ्ग आई.बि.पी. च्याम्पियनसिपको ट्राफी ओम फिटनशलाई (फोटोफिचरसहित)

तेस्रो मेयरकप स्ट्रेन्थलिफ्टिङ्ग आई.बि.पी. च्याम्पियनसिपको ट्राफी ओम फिटनशलाई (फोटोफिचरसहित)

आर्थिक, आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २५ जेठ – तेस्रो मेयर कप राष्ट्रिय स्ट्रेन्थलिफ्टिङ्ग तथा आई.बि.पी. च्याम्पियनसिप प्रतियोगिता – २०८३ को उपाधी ओम फिटनश सेन्टरसे जितेको छ ।   शनिबारदेखि शुरु भई आईतबार सम्पन्न खेलमा विभिन्न विद्याहरु राखिएको थियो । उक्त विद्याहरुको परीक्षणको लागि सम्बन्धित जानकारी विज्ञ प्रशिक्षकहरुद्वारा गरी प्रथम, द्धितीय र त्रितीय गरी करीब ९७ जना बढी सहभागी प्रतिभावान खेलाडीहरु मध्ये ९० बढीलाई विजेता घोषणा गरी प्रमाण पत्र, मेडलद्वारा सम्मानित गरिएको थियो । तेस्रो मेयर कप राष्ट्रिय स्ट्रेन्थलिफ्टिङ्ग तथा आई.बि.पी. च्याम्पियनसिप प्रतियोगिता – २०८३ को प्रतियोगितामा ओभर अल च्याम्पियनसिप स्ट्रेन्थलिफ्टिङ्ग मेन रू. १५ हजार करन बाडिया, ओभर अल च्याम्पियनसिप आईबिपि मेन रू. १५ हजार बिकल शाक्य, ओभर अल च्याम्पियनसिप स्ट्रेन्थलिफ्टिङ्ग वुमेन रू. १०, ओभर अल च्याम्पियनसिप आईबिपि वुमेन ...
५२ जना महिलाहरुलाई धुप र अचार बनाउने तालिम

५२ जना महिलाहरुलाई धुप र अचार बनाउने तालिम

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २५ जेठ – नारी विकास केन्द्रले ५२ जना महिलाहरुलाई धुप र अचार बनाउने तालिम दिएको छ । पर्यटन डिभिजन कार्यालय, कोहलपुरको आयोजना तथा नारी विकास केन्द्रको सहकार्यमा उक्त तालिम सम्पन्न गरिएको हो । तालिमका सहभागीहरुलाई लुम्बिनी प्रदेश सभाका सदस्य मीना श्रेष्ठको प्रमुख आतिथ्यमा नारी विकास केन्द्रको सभा कक्षमा आयोजित समापन समारोहका वीच प्रमाण पत्र वितरण गरिएको छ । कार्यवाहक अध्यक्ष शीला शाहका अनुसार तीन दिनसम्म सञ्चालित धुप तालिममा २६ जना र सात दिनसम्म सञ्चालित अचार बनाउने तालिममा २६ जना समेत ५२ जना महिलाहरुको सहभागिता रहेको थियो । धुप बनाउने तालिमका प्रमुख प्रशिक्षक मेनका वैद्य जोशी र सहायक प्रशिक्षकमा पवित्रा शर्मा हुनुहुन्थ्यो भने अचार बनाउने तालिममा प्रमुख प्रशिक्षक कमला चौधरी र सहायक प्रशिक्षकमा राधिका खत्री रहेको कार्यवाहक अध्यक्ष शाहले बताउनु भयो । नेपालगन्ज उपमहानगरपा...
ओझेलमा पर्दै सन्तानेश्वर महादेव मन्दिर : संरक्षण र विकासमा सरकारी चासो आवश्यक

ओझेलमा पर्दै सन्तानेश्वर महादेव मन्दिर : संरक्षण र विकासमा सरकारी चासो आवश्यक

आर्थिक, आस्था, धार्मिक, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १९ जेठ – बाँके जिल्लामा पर्यटकीय क्षेत्रको रुपमा विगत एक दशकदेखि निरन्तर रुपमा धार्मिक पर्यटकहरु भिœयायन सफल रहेको नरैनापुर क्षेत्रमा अवस्थिति श्री सन्तानेश्वर महादेव मन्दिर । जहाँ वार्षिक रुपमा लाखौं पर्यटकहरु जाने गरेको तथ्य रहेको पाईन्छ । सोही क्षेत्रको बृहत विकास, बाटो निर्माण, पानीको व्यवस्थापन लगायत समस्या रहेको हुँदा नेपाल सरकारको ध्यान सोतर्फ जानु पर्ने माग समेत विगतदेखि नै उठ्दै आईरहेको पाईन्छ । सोही क्रममा प्रदेश सरकार र स्थानिय सरकारद्वारा विगतमा केही बजेट समेत विनियोजित गरिएको तथ्यलाई झुठो मान्न सकिन्न । थप बृहत विकासको लागि यस पटक पनि बजेट आउने आशा राखेका स्थानियहरु निराश भएका छन् । बाँकेको नरैनापुर क्षेत्रमा अवस्थित सन्तानेश्वर महादेव मन्दिर धार्मिक, सांस्कृतिक तथा प्राकृतिक दृष्टिले महत्वपूर्ण गन्तव्यका रूपमा परिचित छ । मन्दिर परिसरबाट देखिने मनमोहक पहाडी दृ...