Monday, April 27सत्यम खबर
Shadow

अवैध ओसारपसार विरुद्ध एसपी रानाको निर्देशन

नेपालगन्ज, १२ पौष – चोरी, पैठारी, निकासी तथा अबैध मालसामानहरु ओसारपसार विरुद्ध बाँकेका प्रहरी प्रमुख एसपी ओमबहादुर रानाले मातहतलाई कडा निर्देशन दिएका छन् । उनको यो निर्देशनसँगै अवैध धन्दा मच्चाउनेहरु ठेगान लाग्न थालेका छन् ।
मुख्य नाका छलेर अन्य नाकाबाट तस्कर सल्बलाउन थालेपछि एसपीको निर्देशनमा कडाइ गरिएको हो । यसै क्रममा बाँके प्रहरीले राप्तीसोनारी गाउँपालिका ७ पिप्रहवाघाट नजिकैबाट झन्डै एक लाख बराबरको अवैध वेवारिसे सामान बरामद गरेको छ ।


बाटोको छेउमा बेवारिसे अवस्थामा ९०,३४० हजार मूल्य बराबरको अवैध मालसामनहरु फेला पारी बरामद गरी आवश्यक कारवाहीको लागी भन्सार कार्यालय नेपालगंज बाँकेमा पठाईएको पएसपी रानाले बताउनुभयो । पुरी नम्किन, भेली, ईम्लिपप, सुपरपावर सुर्ति, जलजिरालगायतका सामाग्री बेवारिसे अवस्थामा भेटिएका थिए ।
यस्तै बरामद गरी ल्याएको १ कुईन्टल मंगुर जातको माछा स्थानीय मानिस तथा प्रतिनिधिहरुको रोहवरमा ईलाका प्रहरी कार्यालय भगवानपुरको पेरीमिटर भित्र रहेको खाली जग्गामा नष्ट गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *