नेपालगन्ज, १७ पौष – ‘चोर–चोर मौसेरा भाई’ भने जस्तै अब प्रशासन र व्यापारी मिलेर तस्करी रोक्ने प्रयासमा लाग्ने प्रमुख जिल्ला अधिकार रामबहादुर कुरुम्बाङको भनाईबाट प्रष्ट भएको छ ।
केही दिन देखि आफू चर्चा मै आउनका साथै ‘तस्करलाई ठाउँको ठाउँ गोली हान्ने’, ‘थोरै सामानको लागि भएपनि मलाई कष्ट नदिने’ जस्तो अभिव्यक्ति सार्वजनिक गरिसकेका प्रमुख जिल्ला अधिकार कुरुम्बाङको आज ५३ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा ‘तस्करी रोक्न प्रहर प्रशासनले चाहेयो भने सक्छ भन्ने मेरो बुझाई बाँकेमा आएर सफल भएन’ भन्ने तर्कले सस्वत सत्य सावित भएको देखिन्छ ।
वर्तमान सरकार गरिब, निमुखाहरुको खून चुस्नलाई मात्र भएको बुझिन्छ । विगत केही दिनदेखि विभिन्न अनलाईन सञ्चार माध्यमहरुमा ‘नाकामा तस्करी’ लगायतको समाचार सम्प्रेषण गर्दै आईरहेका छन् ।
तर आज प्रमुख जिल्ला अधिकारीको भनाईबाट के प्रष्ट हुन्छ भने अब व्यापारी र प्रशासन मिलेर तस्करी नियन्त्रण गर्ने ? के यो सम्भव छ ? व्यापारीहरुद्वारा नै गरिएको तस्करीलाई प्रशासनले नियन्त्रण गर्नु पर्ने स्थानमा उल्टै उनीबाटै तस्करी रोक्ने उपाय माग्दा के तिनले तस्करी रोक्ने उपायमा हातेमालो गर्लान ? भन्ने जिज्ञासा आम चिसा चुस्की लिनेहरुको रहेको पाईन्छ ।
स्रोतको नाम नखोलौं… उनको भनाई अनुसार हाल प्रशासनद्वारा गरिएको नाकामा कडाईलाई बुझ्ने हो भने आम सर्वसाधारण गरिब निमुख दुःख असहाय जनताको मुख थुत्नु बाहेक थप केही होइन । यसबाट प्रशासनद्वारा आम व्यापारीलाई फाईदा दिनु बाहेक थप केही उपलब्ध गरेको पाईन्न ।
बाँकेका प्रमुख जिल्ला अधिकार रामबहादुर कुरुम्बाङले अवैध तस्करी रोक्न उद्योगी व्यवसायी र सम्बद्ध सरोकारवालाको साथ मागेका छन् ।
नेपालगन्ज उद्योग वाणिज्य संघ नेपालगन्जको ५३ औं स्थापना दिवस मनाईरहेको अवसरमा प्रमुख जिल्ला अधिकारी कुरुम्बाङले शुक्रबार कठोर ढंगले भने, ‘तस्करी रोक्न प्रहर प्रशासनले चाहेयो भने सक्छ भन्ने मेरो बुझाई बाँकेमा आएर सफल भएन ।’
आन्तरिक राजस्व कार्यालयका प्रमुख, वाणिज्य कार्यालयका प्रमुख लगायत सरकारी अधिकारी समेत सहभागी कार्यक्रममा नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष, कार्यसमिति पदाधिकारीलगायतको सहभागी रहेको थियो ।
‘तस्करी रोक्ने हो भने हामीलाई तपाईहरुको साथ चाहियो,’ प्रमुख जिल्ला अधिकारी कुरुम्बाङले निराश हुँदै भने, ‘हाम्रो प्रयासबाट ५० प्रतिशत तस्करी कन्ट्रोल भइसकेको छ, अब सकिएन ।’ यसबाट आम सर्वसाधारणहरुले के बुझ्ने प्रमुख ज्यू ?
संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा पूर्व अध्यक्ष कन्हैलाल टण्डन, अच्यूत प्रसाई, शतिस अग्रवाल, दामोदर आचार्य, सुनीलकुमार शर्मा, कृष्णप्रसाद श्रेष्ठ, नन्दलाल वैश्यलाई प्रमुख अध्यक्ष नेपाल उद्योग वाणिज्य संघका केन्द्रीय उपाध्यक्ष दिनेश श्रेष्ठले सम्मान गरेका थिए । संघले तीन दिनदेखि साईकल दौल, रक्तधान लगायत विभिन्न कार्यक्रम गरि स्थापना दिवस मनाई आज समापन गरेको छ ।