Sunday, April 26सत्यम खबर
Shadow

मालपोत कार्यालयका हाकिम होटलबाट पक्राउ

नेपालगन्ज, १९ पौष – जिल्ला मालपोत कार्यालय बाँकेका प्रमुख प्रेमकुमार दौल्याललाई प्रहरीले लिएर गएको छ । उनले राम्रो काम गरेर उनको सुरक्षा दिइएको भने होइन ।
मालपोत कार्यालयका हाकिम केटिसहित होटलमा गएको र केटीसँग कुरो नमिलेपछि परेको उजुरीका आधारमा उनलाई प्रहरीले पक्राउ गरेको छ ।
उनी मालपोत कार्यालयमा कार्यरत एक जना महिला सहित नेपालगन्ज स्थित एक होटेलमा भेटिएका थिए । तिनै महिलाले प्रहरीलाई फोन गरेर बताएपछि प्रहरी सक्रिय भएको हो । पहिले महिला राजिखुशी मै मालपोतका हाकिमसँग गइन् या घटनाको सुरुवात कसरी भयो भन्ने अनुसन्धान कै क्रममा रहेको छ ।

सांकेतिक तस्वीर


महिलाले मौखिक उजुरी गरेपछि जिल्ला प्रहरी कार्यालयबाट कानुनी सहायता कक्षका इन्चार्ज प्रहरी निरीक्षकको नेतृत्वमा गएको प्रहरी टोलीले मालपोत अधिकृत दौल्याल पक्राउ गरेको थियो ।
यसपछि उनको स्वास्थ्य जाँच गराएर जमुनाह स्थित इलाका प्रहरी कार्यालयको हिरासत कक्षमा राखिए छ । पक्राउ परेका दौल्याललाई पछिल्लो समय जिल्ला प्रहरी कार्यालय बाँकेमा राखीएको बाँकेका प्रहरी प्रमुख उपरीक्षक ओमबहादुर रानाले जानकारी दिएका छन् । (भाईरलन्यूज)

Leave a Reply

Your email address will not be published. Required fields are marked *