Sunday, June 28सत्यम खबर
Shadow

अपराध

ठेक्का पाएपछि कामै नगरि सरकारलाई नोक्शानमा पार्दै चिनियाँ कम्पनीहरु

ठेक्का पाएपछि कामै नगरि सरकारलाई नोक्शानमा पार्दै चिनियाँ कम्पनीहरु

अपराध, आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, २३ भाद्र –नेपालमा ठूला आयोजना निर्माणको ठेक्का चिनियाँ कम्पनीहरुले हात पार्नु सामान्य जस्तै भएको छ । विशेषगरी सडक आयोजनाहरुमा चिनियाँ कम्पनीहरुले निर्माणको जिम्मेवारी पाइरहेका छन् । कतिपय प्रि क्वालिफिकेशनमा अन्य कम्पनीलाई रोक्न सफल भएर एक्लो प्रतिष्पर्धी बनेर ठेक्का पाउन सफल भइरहेका छन् । फाष्ट ट्रयाकका विभिन्न प्याकेज, बुटवल नारायणगढ सडकखण्ड होस् या मेलम्ची खानेपानी आयोजना सम्बन्धी विभिन्न निर्माणमा नै किन नहुन् चिनियाँ कम्पनीले ठेक्का हात पार्न सकेका छन् । तर, उनीहरुले समयमा निर्माण नसक्ने देखि नेपाल सरकारलाई नोक्शानीमा पार्ने गतिविधिलाई बढावा दिएका छन् । फाष्ट ट्रयाकमा चिनियाँ कम्पनीको काममाथि प्रश्न उठेर एकपटक निलम्बन गरिसकिएको छ । बुटवल नारायणगढ सडक खण्डमा पनि काम निकै सुस्त छ । यही गतिमा काम बढेमा अझै पाँच वर्षमा निर्माण पूरा नहुने छाँट छ । पछिल्लो समय काठमाड...
ठगीको आरोपी रिजवानलाई भगाएको आरोपमा मुस्लिम आयोगको अध्यक्ष मियाँ विरुद्ध प्रदर्शन

ठगीको आरोपी रिजवानलाई भगाएको आरोपमा मुस्लिम आयोगको अध्यक्ष मियाँ विरुद्ध प्रदर्शन

अपराध, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, २३ भाद्र –मुस्लिम आयोगका अध्यक्ष समीम मियाँले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भीआईपी कक्ष दुरुपयोग गरेर ठगी मुद्दाका आरोपीलाई भगाएको आरोप लागेको छ ।मियाँ माथि विमानस्थलको भीआईपी कक्षलाई दुरुपयोग गरेर ठगी गरेको आरोपीलाई भगाएको आरोपमा गत आइतबार आयोगको कार्यालय अगाडि विरोध प्रदर्शन गरिएको थियो ।अपराध गर्ने व्यक्तिलाई संरक्षण दिने र प्रहरीबाट फुत्काउन प्रपन्च गर्ने पनि अपराधि भएको भन्दै आयोगका अध्यक्ष मियाँको विरोधमा राष्ट्रिय एकता अभियानले प्रदर्शन गरेका थिए । प्रदर्शनको नेतृत्व अभियानका संयोजक विनय यादबले गरेको थियो ।ठगीको आरोप लागेका सुनसरीका ३० वर्षीय रिजवान आलमलाई शुक्रबार विमानस्थलबाट भगाएको आरोप उनी माथि लागेको छ । प्रदर्शनकारीहरुले ‘जेहादी प्रबद्र्धक मुस्लिम आयोग खारेज गर, अपराधी भगाउने समीम मियालाई कारवाही गर, नेपाललाई जेहादी आश्रय केन्द्र बनाउन पाईदैन, इस्लामिक अतिवाद...
कुख्यात अपराधी भगाउने मुस्लिम आयोगका अध्यक्ष अन्सारी छानविनमा, सरकारले माग्यो राजीनामा

कुख्यात अपराधी भगाउने मुस्लिम आयोगका अध्यक्ष अन्सारी छानविनमा, सरकारले माग्यो राजीनामा

अपराध, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
काठमाण्डौ, २२ भाद्र –सरकारले संवैधानिक पदको दुरुपयोग गर्दै कुख्यात अपराधी भगाउने र संरक्षण गर्ने मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीको राजीनामा माग गरेको छ । अन्सारीका गतिविधि शंकास्पद रहेको भन्दै सुरक्षा निकायले प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाणको ध्यानाकर्षण गराएका छन् । त्यसपछि बालुवाटारले अन्सारीको राजीनामा मागेको बालुवाटार स्रोतले जनाएको छ । अन्सारीले हालै अन्तर्राष्ट्रिय विमानस्थलको भिआइपी कक्ष दुरुपयोग गरेर ठगी मुद्दाका फरार अभियुक्तलाई भगाएका थिए । दुबईबाट नेपाल आएका अभियुक्त सुनसरीका रिजवान आलमलाई शुक्रबार बिहान अन्सारीले योजनाबद्ध रूपमा भगाएपछि नेपालको सुरक्षामै प्रश्न उठेको छ । अन्तर्राष्ट्रिय समुदायको मूल्यांकनमा रहेको नेपालको सुरक्षामा प्रश्न उठ्नेगरी अन्सारी कुख्यात अपराधी भगाउने गरी काममा संलग्न भएपछि सरकारले राजीनामा दिन भनेको हो । य...
चिनियाँ आपराधिक संञ्जाल नेपालमा बढ्याे

चिनियाँ आपराधिक संञ्जाल नेपालमा बढ्याे

अपराध, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, १० भाद्र – नेपालमा चिनियाँ आपराधिक सञ्‍जाल र अवैध व्यापारको तीव्र वृद्धि भएको छ। केही समयअघि काठमाडौं, रुपन्देहीलगायतका जिल्लामा एक शंकास्पद कल सेन्टरमा छापा मारेर ठगीमा संलग्‍न चिनियाँ नागरिकलाई पक्राउ गरेको छ। रुपन्देहीको तिलोत्तमा–२ जानकीनगर क्षेत्रमा रहेको ब्लु स्काई बिजनेस सोलुसन नामको कल सेन्टरमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोलीले साउन १० गते छापा मारेको थियो। त्यसैगरी साउन ८ गते काठमाडौंको कोटेश्‍वरमा छापा मारेको थियो। ठमेलमा पनि कल सेन्टर सञ्‍चालनमा रहेको सूचनापछि छापा मार्दै चिनियाँ र नेपाली पक्राउ परेका थिए। प्रहरीका अनुसार अब चिनियाँहरूले नेपाललाई अवैध व्यापार र ठगी अपराधको ट्रान्जिट प्वाइन्ट बनाएका छन्। यसबाहेक चिनियाँहरूको आपराधिक सञ्जालले वन्यजन्तुको तस्करीलाई बढावा दिएको छ। अफ्रिकाको कंगोबाट टर्की हुँदै नेपाल ल्याएको चिनियाँ नागरिकब...
भारत पुगेकाे ११ किलाे चरेससहित ३ जना नेपाली पक्राउ

भारत पुगेकाे ११ किलाे चरेससहित ३ जना नेपाली पक्राउ

अपराध, आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
कपिलवस्तु , ९ भाद्र – जिल्ला कृष्णनगर हुँदै भारत जानेक्रममा लगभग एघार किलाे चरेससहित ३ जना नेपालीलाई एसएसबीले पक्राउ गरेकाे छ। राति १०:४५ काे समयमा नेपाल सिमा पार गरि भारत पुगेका ३ जना नेपाली नागरिकसहित कुल १० किलाे ८६० ग्राम चरेस पक्राउ परेकाे भारतीय एसएसबीले जनाएको छ । गस्तीदल सहायक कमांडेट पंकज साहाकाे नेतृत्वमा नेपाल-भारत सिमाकाे पिल्लर ५६७ हुँदै भारत प्रवेशकाे क्रममा गुल्मीका ४२ बर्षीय वीर बहादुर र वागलुंङकी दुई महिला ३० बर्षिय अखिमला घर्ती र खर्कमाला बुढा मगरलाई डाग स्काव्यडकाे मद्दतले पक्राउ गरिएकाे हाे। खानतलासीकै क्रममा पक्राउ परेका तीनै जनासंग नागरिकता भेटिएकाे छ भने चरेसलाई हिमाचल प्रदेशकाे कुल्लु जिल्लामा पुर्याउने उद्देश्य रहेकाे एसएसबीले मुचुल्कामा उल्लेखित गरेकाे छ। कमांडेंट अशोक बिस्वास बढनी पुगेर चरेस पक्राउ परेकाे घटनाबारे थप अनुसन्धान हुँदै गरेकाे बताउनुभयाे ।...
चिनियाँ अदालतद्वारा अर्बपति सिआओलाई १३ वर्ष जेल सजाय

चिनियाँ अदालतद्वारा अर्बपति सिआओलाई १३ वर्ष जेल सजाय

अपराध, आस्था, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, ९ भाद्र – चीनको सांघाइस्थित एक अदालतले चिनियाँ मूलका क्यानेडियन अर्बपति सिआओ जिआनहुआलाई ठगी तथा सम्पत्ति हिनामिना गरेको आरोपमा १३ वर्षको जेल सजाय तोकेको छ । साथै उनको टुमरो होल्डिङ्स कम्पनीलाई ८ दशमलब १ अर्ब अमेरिकी डलर जरिवाना तोकेको छ । सिआओ र उनको कम्पनी कम्पनीमाथि सार्वजनिक निक्षेपहरू गैरकानुनी रूपमा शोषण गर्ने, सम्पत्तिको हिनामिना तथा दुरुपयोग गर्ने र कोषको अवैध प्रयोग एवं घुसखोरीको आरोप लगाइएको छ । शुक्रबार उनीमाथि ८ दशमलब १ अर्ब अमेरिकी डलर जरिवाना अदालतले सुनाएको छ । साथै उनले वित्तीय व्यवस्थापन सम्बन्धी कानुनको गम्भीर उल्लंघन गरेको र राज्यको वित्तीय सुरक्षामा चोट पुगेको अदालतको फैसलामा भनिएको छ ।...
अपराधमा चिनियाँ कनेक्सन बढ्दो

अपराधमा चिनियाँ कनेक्सन बढ्दो

अपराध, आर्थिक, आस्था, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, ९ भाद्र – देशभर भएका अपराधको संख्यामा ३५.१ प्रतिशतले वृद्धि भएको छ। २०७८ सालको पहिलो ३ महिनामा देशभर ९ हजार ७ सय १६ अपराधका घटना दर्ता भएकोमा यस वर्षको पहिलो ३ महिनामा १३ हजार १ सय २७ अपराधको घटना दर्ता भएको छ। साउन ११ गते काठमाडौंको ठमेलस्थित ज्याठामा रहेको भियना होटलको पार्किङबाट ४ जना चिनियाँ नागरिक पक्राउ परेका छन्। पक्राउ परेका उनीहरूको साथबाट प्रहरीले २६ वटा ल्यापटप, ४७२ वटा आइफोन, २० वटा एनसेल कम्पनीको सिमकार्ड, २० वटा स्मार्ट सिमकार्ड, करिब २ लाख बराबरको रिचार्ज कार्ड प्रहरीले बरामद गरेको थियो। प्रहरी परिसर काठमाडौंका प्रवक्ता दिनेशराज मैनालीका अनुसार पक्राउ परेका चिनियाँ नागरिकमाथि थप अनुसन्धान भइरहेको छ। उनीहरू पुर्पक्षका लागि थुनामा छन्। यस्तै, यही साउन ९ गते काठमाडौंको तीनकुनेस्थित कल सेन्टरबाट नेपाल प्रहरीले एक चिनियाँ, ४ भारतीयसहित ४१ जना प्रक्राउ गरेको थ...
अपराध शृङ्खला रोक्न चुनौतीको पहाड

अपराध शृङ्खला रोक्न चुनौतीको पहाड

अपराध, आस्था, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, सूचना-प्रबिधि
काठमाण्डौ, ९ भाद्र –प्रविधिको दुरुपयोग गरी मुलुकमा नयाँनयाँ प्रकृतिका अपराध भइरहेका छन् । विदेशमा बसेर नेपालमा आपराधिक क्रियाकलाप सञ्चालन गर्ने समूह पनि सक्रिय भइरहेको केही घटनाले पुष्टि गरेको छ । बैंकिङ प्रणाली नै ह्याक गराएर रकम निकासा गर्ने नयाँ खालका अपराध पनि देखिँदै आएको छ । विश्वव्यापी भएको प्रविधिको प्रयोगसँग सामाजिक सञ्जालका माध्यमबाट ठगी, अपहरणलगायतका घटना बढ्दो छ । वैदेशिक रोजगारीका नाममा मानव बेचविखनका घटना देखिँदै आएको छ । खासगरी ठगी, तस्करी, हुण्डी, असुली, लेनदेनबाट सिर्जित आर्थिक अपराध, मानव बेचविखन तथा लागुऔषध ओसारपसार, गम्भीर सङ्गठित र ट्रान्सनेशनल अपराध लैङ्गिक हिंसा र कम्पयुटरका माध्यमबाट हुने जुनसुकै प्रकृतिको साइबर अपराध नियन्त्रणमा सुरक्षाकर्मीसामु चुनौतीको पहाड बन्न पुगेको छ । यसरी अपराधको शृङ्खला बढ्दो क्रममा रहे पनि त्यस चुनौतीलाई सामना गर्ने सामथ्र्यक...
चिनियाँ कम्पनी कालोसूचीमा

चिनियाँ कम्पनी कालोसूचीमा

अपराध, आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाडौं, ८ भाद्र - नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड बसेको खुमलटारस्थित घरका धनी शारदाप्रसाद अधिकारीको कम्पनी शैलुङ कन्स्ट्रक्सन कालोसूचीमा परेको छ । कम्पनीले हात पारेको विभिन्न निर्माणका ठेक्का अलपत्र पारेपछि तीन वर्ष प्रतिबन्ध लगाइएको हो । सडक सुधार तथा विकास आयोजना निर्देशनालयको सिफारिसमा भक्तपुर नगरकोट सिपाघाट, बालाजु, त्रीशुली छहरे विदुर सडकका काम अलपत्र पारेपछि शैलुङ प्रतिबन्धमा परेको हो । सार्वजनिक खरिद अनुगमन कार्यालय ताहाचलले कालो सूचीमा राखिएको सूचना नै आज प्रकाशित गरेको छ । शैलुङका मुख्य व्यक्ति अनुप अधिकारी रहेको उल्लेख छ जो शारदाप्रसाद अधिकारीका छोरा हुन् । चिनियाँ कम्पनी जोङडिङ इन्टरनेशनल इन्जिनियररिङ लिमिटेड पनि कालो सूचीमा परेको छ । उक्त कम्पनीले हेटौंडा भरतपुर बर्दघाट २२० केभी प्रसारण लाइन आयोजना अलपत्र पारेपछि नेपाल विद्युत प्राधिकरणको सिफारिसमा ३ वर्षका ...
दाङमा बिहानै टिपरमा आगजनी, ८ जना बन्दकर्ता प्रहरी नियन्त्रणमा

दाङमा बिहानै टिपरमा आगजनी, ८ जना बन्दकर्ता प्रहरी नियन्त्रणमा

अपराध, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
दाङ, ७ भाद्र –दाङमा आज बिहानै एउटा टिपरमा आगजनी भएको छ। घोराही–लमही सडकखण्ड अन्तरगत घोराहीको बबई खोला पुल नजिकै कुइरेपानी जंगलमा रा १ ख १६९४ नम्बरको टिपरमा आगजनी भएको हो। बिहान साढे ४ बजेतिर उक्त टिपरमा आगजनी भएको जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले बताए। प्रहरीले टिपरका चालक र सहचालकलाई नियन्त्रणमा लिएको छ। चालक राप्ती गाउँपालिकाका २८ बर्षीय अरुण चौधरी र सहचालकलाई नियन्त्रणमा लिएर सोधपुछ गरिएको उनले बताए। चालक र सहचालकले पाँच जनाको समूहमा आएका बन्दकर्ताले टिपर आगो लगाएर भागेको बताएका छन्। तर प्रहरीले घटना शंकास्पद रहेको बताएको छ। उक्त टिपर बिग्रेर मर्मत गर्न दुई दिन अघि मात्रै ग्यारेजमा लगिएको थियो। जिल्ला प्रहरी प्रवक्ता डिएसपी राजन गौतमले चालक र सहचालकले टिपरमा आगजनी भएको खबर प्रहरीलाई नदिएको बताए। ‘अर्कै गाडीका चालकहरूले प्रहरीलाई खबर गरेका हुन्,’ उनले भने। चालकले टिप...