
काठमाण्डौ, ९ भाद्र – चीनको सांघाइस्थित एक अदालतले चिनियाँ मूलका क्यानेडियन अर्बपति सिआओ जिआनहुआलाई ठगी तथा सम्पत्ति हिनामिना गरेको आरोपमा १३ वर्षको जेल सजाय तोकेको छ ।
साथै उनको टुमरो होल्डिङ्स कम्पनीलाई ८ दशमलब १ अर्ब अमेरिकी डलर जरिवाना तोकेको छ ।

सिआओ र उनको कम्पनी कम्पनीमाथि सार्वजनिक निक्षेपहरू गैरकानुनी रूपमा शोषण गर्ने, सम्पत्तिको हिनामिना तथा दुरुपयोग गर्ने र कोषको अवैध प्रयोग एवं घुसखोरीको आरोप लगाइएको छ ।
शुक्रबार उनीमाथि ८ दशमलब १ अर्ब अमेरिकी डलर जरिवाना अदालतले सुनाएको छ । साथै उनले वित्तीय व्यवस्थापन सम्बन्धी कानुनको गम्भीर उल्लंघन गरेको र राज्यको वित्तीय सुरक्षामा चोट पुगेको अदालतको फैसलामा भनिएको छ ।
