Monday, June 29सत्यम खबर
Shadow

अपराध

सहकारी ठगमाथि कडा रुपमा प्रस्तुत हुँदै सरकार, त्रासमा रवि लामिछाने

सहकारी ठगमाथि कडा रुपमा प्रस्तुत हुँदै सरकार, त्रासमा रवि लामिछाने

अपराध, आर्थिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
काठमाण्डौ, ८ श्रावण – सरकार मिटरब्याज र सहकारी ठगीमा संलग्नमाथि कडा रुपमा प्रस्तुत हुने भएको छ। मिटरब्याज र सहकारी ठगीका कारण लाखौँ जनताको अर्बाै पैसा डुबेपछि सरकारले एक्सन लिन थालेको हो। प्रधानमन्त्री केपी शर्मा ओलीले मिटरब्याज, सहकारी, लघुवित्त क्षेत्र, क्रिप्टो करेन्सीको प्रयोग तथा हुन्डीलगायत माध्यमबाट भएका ठगीका घटनामाथि अनुसन्धान गरी दोषीलाई कारबाहीको दायरामा ल्याउने प्रतिबद्धता व्यक्त गरेका हुन्। प्रतिनिधिसभाको सोमबारको बैठकमा कांग्रेस सांसद धनराज गुरुङको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले त्यस्ता किसिमका आर्थिक पक्षसँग जोडिएका घटना बढ्दै गएकाले विद्यमान स्रोतसाधन र उपलब्ध जनशक्तिलाई प्रभावकारी रूपमा परिचालन गरी अनुसन्धान गरिने बताए। प्रधानमन्त्री ओलीले सहकारी ठगी प्रकरणमा एक्सन लिने जनाउ दिएपछि रास्वपा सभापति रवि लामिछाने त्रसित भएका छन्। पूर्वगृहमन्त्रीसमेत रहेका ...
पूर्वराज्यमन्त्री रायको बर्बर हत्या: सर्लाहीमा शोक र आक्रोश, अभियानले निकाल्यो बिज्ञप्त

पूर्वराज्यमन्त्री रायको बर्बर हत्या: सर्लाहीमा शोक र आक्रोश, अभियानले निकाल्यो बिज्ञप्त

अपराध, प्रदेश २, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
सर्लाही, ७ श्रावण - सर्लाहीको रतनपुरमा आइतबार राति पूर्वराज्यमन्त्री रामचन्द्र रायको घरमै हत्या भएको छ। रायको घरमै धारिलो हतियार प्रयोग गरी उनको निर्मम हत्या गरिएको हो। रायको रगतले लतपतिएको शव देखेपछि स्थानीय बासिन्दाहरूले तुरुन्तै प्रहरीलाई खबर गरे। रायको साथमा रहेका रामउजैन रायका अनुसार, राति तीन जना अपरिचित व्यक्ति उनलाई भेट्न आएका थिए र उनीहरूसँगै सुतेका थिए। हत्यापश्चात उनीहरू फरार भएको रामउजैनले बताए। प्रहरीले घटनास्थल नजिकैको बाँसघारीबाट उखु काट्ने घरेलु हतियार बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार, यही हतियारले रायको हत्या गरिएको छ। घटनाको जानकारी पाए लगत्तै जिल्ला तथा प्रदेश प्रहरी कार्यालयका अधिकारीहरू घटना स्थलमा पुगेका थिए। प्रहरी उपरीक्षक रवीन्द्रबहादुर सिंहले घटना बारे सुक्ष्म अनुसन्धान भइरहेको बताएका छन्। उनले भने, ‘गए राति टाउकोमा घरेलु हतियार प्रयोग गरे...
ब्लु डायमन्ड सोसाइटीको अनियमितताबारे अख्तियारले थाल्यो छानबिन

ब्लु डायमन्ड सोसाइटीको अनियमितताबारे अख्तियारले थाल्यो छानबिन

अपराध, आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
काठमाण्डौ, ६ श्रावण – यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको नाममा दातृ निकायबाट प्राप्त अनुदानमा अनियमितता भएको उजुरी माथि छानबिन सुरु भएको छ ।नील हिरा समाज (ब्लु डायमन्ड सोसाइटी, यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरूको महासंघ नेपाल (एफएसजीएमएन) क्रुजएड्स नेपाल, मितिनी नेपाल, क्वेयर ग्रुप, क्याम्पेन फर चेन्ज संस्थाहरूले अनुदान रकममा गरेको अनियमितताबारे छानबिन सुरु भएको हो ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यी संस्थाहरूको अपारदर्शी कामको छानबिन गर्ने निर्णय गत जेठ २८ गते नै गरेको जानकारी दिएको छ । आयोगका सूचना अधिकारी देवी प्रसाद थपलियाले छानबिनको निर्णय गरेर महिला,बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा फाइल पठाइएको जानकारी दिए ।मन्त्रालयका सचिवलाई लेखी पठाउने निर्णय आयोगले गरेको थपलियाले बताए । अख्तियारबाट छानबिनका लागि फाइल प्राप्त भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले यी संस्थाहरूको अनियम...
स्पष्ट र वर्तमान खतरा: चीनको ह्याकिङ खतराले खडा गर्यो विश्वव्यापी सुरक्षा चुनौती

स्पष्ट र वर्तमान खतरा: चीनको ह्याकिङ खतराले खडा गर्यो विश्वव्यापी सुरक्षा चुनौती

अपराध, आर्थिक, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार, सूचना-प्रबिधि
काठमाण्डौ, ४ असार – चिनियाँ ह्याकिङको डरले मानिस र देशको मनको शान्ति भंग गरिरहेकै छ र यसपटक विश्वले सामना गरिरहेको चुनौतीलाई अष्ट्रेलिया सरकारले उजागर गरिदिएको छ । बेइजिङ अधिकारीहरुद्वारा समर्थित साइबर सुरक्षा फर्महरु २०२२ मा अज्ञात अस्ट्रेलियाली नेटवर्कहरु को पासवर्ड र प्रयोगकर्ता नामहरुको चोरी गरिरहेक अष्ट्रेलियाले आरोप लगाएको छ । अष्ट्रेलियाली साइबर सेक्युरिटी सेन्टरले पिआरसी राज्य प्रायोजित साइबर समूहले पहिले अस्ट्रेलिया र संयुक्त राज्य अमेरिका लगायत विभिन्न देशहरूमा संगठनहरूलाई लक्षित गरेको बताएको छ। रिपोर्टले भन्यो: एपीटी ४० ले बारम्बार अष्ट्रेलियाली नेटवर्कहरू साथै यस क्षेत्रका सरकारी र निजी क्षेत्र नेटवर्कहरूलाई लक्षित गरेको छ र तिनीहरूले हाम्रा नेटवर्कहरूमा खडा गर्ने खतरा जारी छ। ‘यस सल्लाहकारमा वर्णन गरिएको ट्रेडक्राफ्ट नियमित रूपमा अष्ट्रेलियाली नेटवर्कहरू विरुद्ध अवलोकन ग...
पाकिस्तानमा खालिस्तान लडाकुहरूको यस्तो छ ‘कालो’ वास्तविकता, सुनको पिंजडामा बाधिन बाध्य

पाकिस्तानमा खालिस्तान लडाकुहरूको यस्तो छ ‘कालो’ वास्तविकता, सुनको पिंजडामा बाधिन बाध्य

अपराध, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, ३० असार – सन् १९४७ मा यसको स्थापना भएदेखि नै भारतसँग पाकिस्तानको उकालो प्रतिद्वन्द्वी निरन्तर र घातक रहेको छ। भारतलाई अस्थिर देख्ने उनको चाहना भारतलाई कमजोर बनाउने निरन्तर प्रयासमा प्रकट भएको छ, जसलाई सबैभन्दा स्पष्ट रूपमा यसको ‘ब्लिड इन्डिया विथ हजार कट’ रणनीतिमा मूर्त रूप दिइएको छ। यस चलिरहेको षड्यन्त्रको एक स्पष्ट कोग भनेको खालिस्तानी लडाकुहरूको तैनाथी हो, जसले १९८० को दशकदेखि पाकिस्तानको षड्यन्त्रमा भूमिका खेल्दै आएका छन्। पाकिस्तानको इन्टर-सर्भिसेज इन्टेलिजेन्स (आईएसआई) ले लगातार सिख उग्रवादको शोषण गर्न खोजेको छ या त यी विद्रोहीहरूलाई हतियार र विस्फोटक पदार्थहरूसहित भारतमा पठाएर वा उनीहरूलाई नराम्रो योजनाहरू डिजाइन गर्न र शरण दिएर कार्यान्वयन गर्छ । लोकप्रिय विश्वासको विपरित, तथापि यी सिख लडाकुहरू पाकिस्तानमा भव्य जीवन बिताइरहेका छैनन् बरु सुनको पिंजरामा बाँधिएका छन्, ति...
चुनावी र्यालीका क्रममा ट्रम्पमाथि गोली प्रहार

चुनावी र्यालीका क्रममा ट्रम्पमाथि गोली प्रहार

अपराध, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, ३० असार – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि चुनावी भाषण गरिरहेको अवस्थामा गोली प्रहार भएको छ । पेन्सिल्भेनियाको बटलरमा ट्रम्पको र्‍यालीमा गोली चलेपछि अमेरिकी गुप्तचर सेवाका एजेन्टहरूले स्टेजबाट बाहिर निकालेका थिए । ट्रम्पलाई बाहिर निकाल्ने क्रममा उनको कानबाट रगत आएको देखिएको थियो । सुरक्षा निकायले जारी गरेको विज्ञप्ति अनुसार ट्रम्प सुरक्षित रहेको बताएका छन् । यस घटनाको चौतर्फी निन्दा भइरहेको छ । राष्ट्रपति जो बाइडेन, उपराष्ट्रपति कमला ह्यारिसले घटनाको निन्दा गरेका छन् । गोली प्रहार गर्ने व्यक्तिलाई घंतास्थलमै सुरक्षाकर्मीले गोली हानेका थिए । र उनको मृत्यु भएको बताइएको छ । ट्रम्पले एक विज्ञप्ति जारी गर्दै आफ्नो कानको उपल्लो भागमा गोली लागेको र आफु सुरक्षित रहेको बताउदै अमेरिकी सुरक्षाकर्मीलाई धन्यवाद दिएका छन् । नेपाल पाना...
“सुरक्षित गर्भपतन सेवा” को नाममा बालबालिका बेचबिखन गर्ने महतोका काला कर्तुतको थप खुलासा

“सुरक्षित गर्भपतन सेवा” को नाममा बालबालिका बेचबिखन गर्ने महतोका काला कर्तुतको थप खुलासा

अपराध, आर्थिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
काठमाडौं, ३० असार – सुन्दै अचम्म लाग्ने घटना काठमाडौंको कलंकी चोकमा सुरक्षित गर्भपतन सेवा भन्दै बालबालिका बेचबिखन गर्ने गरेको खुलासा भएको छ ।बालबालिका बेचबिखनमा संलग्न रहेका रामसुन्दर महतो समाचार प्रकाशित भएपछि आफ्ना कर्तुहरू लुकाउन विभिन्न शक्ति केन्द्रदेखि गुन्डासम्मलाइ बचाइ दिन हारगुहारमा लागेको स्रोतले बतायो ।यो आम नागरिकको चासोको विषय बनेको छ । यस्तै चासो युक्त अपराध पूर्ण कार्य नेपालकै संघीय राजधानी काठमाडौंमै दिनदहाडै हुनुले बालबालिका असुरक्षि रहेको एक जना अभिभावकले बताएका छन् । काठमाडौंमै दिनदहाडै बालबालिका बेचबिखन गर्नुले प्रहरी प्रशासनमाथि पनि प्रश्न खडा भएको छ । समाचार प्रकाशित भएको यतिका दिनसम्म पनि आरोपित प्रहरीको अनुसन्धानको घेरामा नआउनुले शंका उत्पन गरेको छ । यस्तो गम्भीर कुरामा समाचार प्रकाशित भएपनि प्रहरीले चासो नदेखाउनुले के प्रशासनको यस्तै ढिला सुस्तिले सर्वसाधारण...
खुकुरी प्रहारबाट एक जनाकाे मृत्यु

खुकुरी प्रहारबाट एक जनाकाे मृत्यु

अपराध, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
शुक्रवार राती अन्दाजी १० बजेतिर अज्ञात व्यक्तिले खुकुरी प्रहार गर्दा गम्भीर घाइते कबडियाको भेरी अस्पताल नेपालगन्जमा उपचारको क्रममा मृत्यु भएको बताइएको छ । खुकुरी प्रहार गर्ने अज्ञात व्यक्ति फरार रहेकाले खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । कबडिया माथि कसले खुकुरी प्रहार गर्यो भन्ने बारे अनुसन्धान भैइरहेको र घटनाबारे थप विवरण आउन बाँकी रहेकाे बाँके प्रहरीले जनाएको छ। यो समेत बाँकेमा लगातार तीन दिनमा तीन घटना घटेको छ भने प्रहरी प्रशासन मौन बसेको देखिन्छ ।...
यादवलाई निर्घात कुटपिट, प्रहरी मुखदर्शक बन्दै

यादवलाई निर्घात कुटपिट, प्रहरी मुखदर्शक बन्दै

अपराध, आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २७ असार - राप्ती नदिबाट चोरी निकासी गरि नदिजन्य बस्तु ओसार-पसार गर्ने क्रममा स्थानीयले प्रहरीलाई खबर गर्दा २७ बर्षे मोहनप्रसाद यादव माथी राप्तीसोनारी २ का शमिर बिष्ट लगायत ८ जनाको समुहले (बाँके) को कम्दी मिलन चोकभन्दा १५० मिटर पुर्व पट्टी रहेको टायर बनाउने पसल अगाडि निर्घात कुटपिट गरिएको पीडित पक्षले जानकारी दिएकाे छ । समिर बिष्टले प्रहरीलाई खबर गरि मेरो टिप्पर किन पक्राइस, तेरो ब्यबस्था गर्छु, बेलाबेला भन्ने गरेको अडियो रेकर्ड समेत रहेको पीडितकाे भनाई छ। हिजो असार २६ गते बुधबार यादव माथी इट्टा र बोक्सिंङ्ग प्रहार गर्दा गम्भीर घाइते अबस्थामा रहेका यादबको नेपालगन्ज स्थित न्यूरो अस्पतालको icu कक्षमा उपचार भैरहेको छ । राप्ती नदीबाट नदिजन्य बस्तुहरुको दोहन गर्ने समिर बिष्ट लगायतको ८ जनाको समुहले स्टोक प्रमाणीकरण नगरी नदिकिनारमा घाटगद्दी गरि राखिएका नदिजन्य बस्तु प्रहरी कै मिलो...
भाडाको फ्ल्याटबाट तस्करी- करोडौँको सुनचाँदी र ५८ लाख बरामद, सुन पगाल्ने मेशिन पनि भेटियो

भाडाको फ्ल्याटबाट तस्करी- करोडौँको सुनचाँदी र ५८ लाख बरामद, सुन पगाल्ने मेशिन पनि भेटियो

अपराध, आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
काठमाण्डौ, २४ असार – ललितपुरमा अवैध रुपमा सुनचाँदीको कारोबार गरिरहेको अवस्थामा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । ललितपुर महानगरपालिका-१४ ताल्छिखेलस्थित एक निर्माणाधीन घरको तेस्रो तलामा अवैध शंकास्पद कारोबार भइरहेको सूचनाका आधारमा प्रहरी वृत्त सातदोबाटोको टोलीले छापा मारेको थियो । उक्त घरमा छापा मार्ने क्रममा प्रहरीले भारतीय नागरिक युवराज विभुतेले भाडामा लिएको फ्ल्याटबाट ६ जना समातिएका हुन् । प्रहरीले खानतलासीका क्रममा पक्राउ परेकाहरूलाई सोधपुछ गर्दा काठमाडौं र ललितपुरका अन्य स्थानमा पनि फ्ल्याट भाडमा लिएर अवैध कारोबार गरेको भेटिएको छ । प्रहरीले उक्त घरबाट १ किलो ५८७.५१ ग्राम अवैध सुन पनि बरामद गरेको छ । त्यसैगरि उक्त घरबाट १ किलो १५३.२२ ग्राम चाँदी पनि बरामद भएको छ । बरामद उक्त धानु परीक्षण गर्दा असली सुनचाँदी पुष्टि भएको प्रहरीले जनाएको छ । उक्त घरबाट अवैध सुनचाँदीसँगै...