Sunday, February 9सत्यम खबर
Shadow

सहकारी ठगमाथि कडा रुपमा प्रस्तुत हुँदै सरकार, त्रासमा रवि लामिछाने

काठमाण्डौ, ८ श्रावण – सरकार मिटरब्याज र सहकारी ठगीमा संलग्नमाथि कडा रुपमा प्रस्तुत हुने भएको छ। मिटरब्याज र सहकारी ठगीका कारण लाखौँ जनताको अर्बाै पैसा डुबेपछि सरकारले एक्सन लिन थालेको हो।

प्रधानमन्त्री केपी शर्मा ओलीले मिटरब्याज, सहकारी, लघुवित्त क्षेत्र, क्रिप्टो करेन्सीको प्रयोग तथा हुन्डीलगायत माध्यमबाट भएका ठगीका घटनामाथि अनुसन्धान गरी दोषीलाई कारबाहीको दायरामा ल्याउने प्रतिबद्धता व्यक्त गरेका हुन्।

प्रतिनिधिसभाको सोमबारको बैठकमा कांग्रेस सांसद धनराज गुरुङको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले त्यस्ता किसिमका आर्थिक पक्षसँग जोडिएका घटना बढ्दै गएकाले विद्यमान स्रोतसाधन र उपलब्ध जनशक्तिलाई प्रभावकारी रूपमा परिचालन गरी अनुसन्धान गरिने बताए।

प्रधानमन्त्री ओलीले सहकारी ठगी प्रकरणमा एक्सन लिने जनाउ दिएपछि रास्वपा सभापति रवि लामिछाने त्रसित भएका छन्।

पूर्वगृहमन्त्रीसमेत रहेका लाामिछाने आफैँ सहकारी ठगी प्रकरणमा संलग्न व्यक्ति हुन्। उनीमाथि पोखरा र बुटवलमा सहकारी ठगीको आरोप छ। तर, उनी गृहमन्त्री रहेकाले प्रहरीले अनुसन्धान अगाडि बढाउन सकेको थिएन। अब पदबाट बाहिरिएसँगै आफूमाथि छानबिन हुनसक्ने भएकाले रवि त्रासमा छन्। नेपाल पाना

Leave a Reply

Your email address will not be published. Required fields are marked *