लोकप्रिय अभिनेता पल शाहको क्रेजले तातियो नेपालगन्ज महोत्सव
नेपालगन्ज, १० माघ - लोकप्रिय अभिनेता पल शाहको आगमनले नेपालगन्ज महोत्सवमा थाम्नै नकिने भिड देखिएको छ । नेपालगन्जमा जारी आठौं प्रादेशिक घरेलु कृषि, सूचना प्रविधि, पर्यटन तथा औद्योगिक प्रदर्शनी एवं व्यापार महोत्सवको दशौं दिन महोत्सवमा आउनुभएको लोकप्रिय अभिनेता शाहको प्रस्तुतीमा थाम्नै नसकिने भिड देखिएको थियो ।
महोत्सबमा अभिनेता शाहलार्ई हेर्न ठुलो संख्यामा दर्शकहरू टिकट काटेर आएका थिए । नेपालगन्ज महोत्सवमा शाहको उपस्थितीले पनि महोत्सवको उमंग बैग्लै देखिएको थियो । महोत्सवमा पल शाहले नमस्ते नेपालगन्ज मात्रै के भन्नुभएको थियो महोत्सव स्थलमा खटिएका सुरक्षाकर्मीले भिड थाम्नै सकेका थिएनन् । महोत्सव आवलोकन गर्न आएका दर्शकहरु शाहको आगमन हुनासाथ चिच्याउदै नाच्न थालेका थिए ।
अभिनेता शाहको भरखरै मात्र सार्वजनिक भएको लोकप्रिय म्युजिक भिडीयो बुझेन मायाले प्यार गरेको बोलको प्रस्तुतीमा महोत्सवका...









