Thursday, January 29सत्यम खबर
Shadow

राजनीति

खगेन्द्र सुनारको उम्मेदवारी खारेजीको मांग गर्दै ज्ञापन पत्र

खगेन्द्र सुनारको उम्मेदवारी खारेजीको मांग गर्दै ज्ञापन पत्र

आस्था, धार्मिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १४ माघ – देशभरी रास्वपा नेता खगेन्द्र सुनारको ‘गाई खान पाउन पर्छ’ भन्ने सन्दर्भको भिडियो भाईरल भईरहेको अवस्थामा अहिले देशभरीबाट सनातनी हिन्दू धर्मावलम्बीहरुले बिरोध जनाउँदै बिरोधका गतिविधि सार्वजनिक भईरहेका छन् । यसैक्रममा बाँकेमा रहेको विश्व हिन्दू परिषद नेपालले प्रमुख निर्वाचन अधिकृतलाई खगेन्द्र सुनारको उम्मेदवारी खारेजी सम्बन्धमा ज्ञापन पत्र बुझाएको छ । ज्ञापन पत्र बुझाउने क्रममा विश्व हिन्दू परिषद नेपालका बाँके अध्यक्ष रामशंकर द्विवेदी, अधिवक्ता रामकुमार दीक्षित, कृष्णादेवी पाण्डे, मघई सिंह सरदारलगायत एक दर्शन बढी व्यक्तिहरुद्वारा निर्वाचन आयोग कार्यालय बाँके पुगी निर्वाचन प्रमुखलाई ज्ञापन पत्र बुझाईएको छ । ज्ञापन पत्रमा ‘उपर्युक्त सम्बन्धमा नेपालको संविधान, २०७२ को धारा ९ (३) मा “गाई“ राष्ट्रिय जनावर हुने भनी संवैधानिक प्रावधान रहेको छ । यसै गरी मुलुकी देवानी संहित...
हिन्दू जनजागरण अभियानको अध्यक्षमा श्याम बस्नेत र सचिवमा सन्तोष सिलवाल

हिन्दू जनजागरण अभियानको अध्यक्षमा श्याम बस्नेत र सचिवमा सन्तोष सिलवाल

आस्था, धार्मिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
भक्तपुर, ११ माघ – हिन्दू धर्म, संस्कृति तथा मूल्य–मान्यताको संरक्षण र समाजमा सकारात्मक चेतना फैलाउने उद्देश्यसहित “हिन्दू जनजागरण अभियान” को औपचारिक घोषणा गरिएको छ। उक्त अभियान हिन्दुत्व कर्तव्यसमिति अन्तर्गत सञ्चालन गरिनेछ। हिन्दुत्व कर्तव्यसमितिको बैठकले श्यम बस्नेत ज्यूको संयोजकत्वमा ३१ सदस्यीय कार्यसमिति गठन गर्दै अभियानको घोषणा गरेको हो। समितिमा विभिन्न क्षेत्रका अनुभवी तथा समाजसेवी व्यक्तिहरूको सहभागिता रहने जनाइएको छ। अभियानका सचिव सन्तोष सिलवाल ले जानकारी दिँदै भन्नुभयो कि, “हिन्दू धर्म र संस्कृतिको रक्षा, युवामा चेतना अभिवृद्धि, सामाजिक सद्भाव र नैतिक मूल्यको प्रवद्र्धन हाम्रो मुख्य उद्देश्य हो। यस अभियानमार्फत हामी समाजमा सकारात्मक परिवर्तन ल्याउने प्रयास गर्नेछौँ।” उहाँका अनुसार, अभियानले केवल धार्मिक पक्ष मात्र होइन, सामाजिक उत्तरदायित्वलाई पनि प्राथमिकतामा राख्नेछ। ...
विपन्न समुदायमाथि वित्तीय घात, उनीहरुको नामको कर्जा दुरुपयोग !

विपन्न समुदायमाथि वित्तीय घात, उनीहरुको नामको कर्जा दुरुपयोग !

आर्थिक, आस्था, प्रदेश ५, बिचार, राजनीति, विचार/अन्तर्वार्ता, समाज
रमेश कुमार बोहोरा मितिः २०८२ माघ ८ गते, शुक्रबार काठमाडौं । नेपालका बैंक तथा वित्तीय संस्थाहरुमा लगानीयोग्य निक्षेप ७४ खर्ब रुपैयाँको हाराहारीमा छ । यो रकम मुलुकको कुल गार्हस्थ उत्पादनभन्दा धरै बढी हो । अहिले चलायमान हुने समय कुरेर २५ खर्बभन्दा बढी रुपैयाँ बसिरहेको छ । अथाह निक्षेप जम्मा भैरहँदा लगानी प्रवाहमा आएको न्यूनताले बैंकिंग जगतमा हलचल मच्चिएको छ । नेपाल राष्ट्र बैंकले हप्तैपिच्छे रकम खिचिरहेको छ । कर्जा प्रवाह हुने सम्भावना न्यून भैरहँदा अर्को तथ्य पनि बाहिरिएको छ कि प्रवाहित कर्जा कुन वर्गमा बढी भयो ।बैंकहरुबाट ५० खर्ब रुपैयाँ हाराहारीमा कर्जा प्रवाह गरेका छन् । तर, पछिल्ला वर्षहरूमा बैंक तथा वित्तीय संस्थाबाट विपन्न वर्गतर्फ प्रवाह हुने कर्जा निरन्तर घट्दै गएको तथ्य बाहिरिनु गम्भीर संकेत हो । अर्थतन्त्र सुधार हुँदै गएको तथ्यांकले निराशा हुन नदिए पनि विपन्न समुदायमा प्रवाहित ...
बाँकेको ३ वटै निर्वाचन क्षेत्रबाट ६० जनाको उम्मेदवारी दर्ता

बाँकेको ३ वटै निर्वाचन क्षेत्रबाट ६० जनाको उम्मेदवारी दर्ता

आस्था, प्रदेश ५, राजनीति, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ७ माघ – बाँके जिल्लामा रहेको तीन निर्वाचन क्षेत्रमा ६० जना उम्मेदवारीहरुले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । बाँकेका तीन निर्वाचन क्षेत्रमा ६० जनाको उम्मेदवारी दर्ता भएको स्रोतले जनाएको छ । जस मध्ये क्षेत्र नम्बर २ मा २२ जनाको उम्मेदवारी दर्ता भएको छ । दर्ता उम्मेदवारहरुमा पार्टीगत र स्वतन्त्र गरेर २२ जनाले उम्मेदवारी दर्ता गराएको स्रोतले जनाएको छ । जस मध्ये ३ जनाको स्वतन्त्र उम्मेदवारी दर्ता भएको बताए । यसैगरी क्षेत्र नम्बर १ मा १६ जना उम्मेदवारहरुले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । भने क्षेत्र नम्बर ३ मा २२ जना उम्मेदवारहरुले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । जस मध्ये ५ जना स्वतन्त्र उम्मेदवार रहेका छन् भने २ जनाको उम्मेदवारी होल्डमा राखिएको स्रोतले जनाएको छ । निर्वाचन आयोगले मंगलबार विहान १० बजेदेखि साँझ ५ बजेसम्म समय तोकेर दलहरुलाई मनोनयनको ब्यवस्था मिलाएको थियो...
२५ वर्ष पछि उद्योग व्यापार प्रतिनिधि बोर्ड रुपैडिहाको चुनाव सम्पन्न

२५ वर्ष पछि उद्योग व्यापार प्रतिनिधि बोर्ड रुपैडिहाको चुनाव सम्पन्न

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
रुपैडिहा, ५ माघ – नेपालगन्जको सिमानासंग जोडिएको रुपैडिहा बजारमा व्यापारीहरुको संगठन उत्तर प्रदेश उद्योग व्यापार प्रतिनिधि बोर्डको बहुप्रतिक्षित चुनाव २५ वर्षपछि शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । कडा प्रतिस्पर्धा वीच सम्पन्न चुनावको आइतवार राती घोषित परिणाम अनुसार अध्यक्ष पदमा शैलेश जायसवाल (कार) ले ४६५ मत प्राप्त गर्दै विजयी भए भने उनको निकटतम प्रतिद्वन्द्वी योगेन्द्र शर्मा (लक) ले ३३२ मत प्राप्त गरे ।,त्यस्तै महासचिव पदमा सन्तोष अग्रवाल (काइट) ले ४९९ मत प्राप्त गरी विजयी भए। शाहिद हाशमी (मोटरसाइकल) ले २८९ मत प्राप्त गरे । कोषाध्यक्ष पदमा सोनु कौशल (वाच) ले ४६४ मत प्राप्त गरी विजयी भए भने गुलाम वारिस (हवाइजहाज) ले ३३० मत प्राप्त गरेर पराजित भए । कोषाध्यक्ष सहित ११ सदस्य पदका लागि छब्बीस जना उम्मेदवारहरू मैदानमा थिए । निर्वाचित सदस्यहरुमा ऋषभ कौशल (कैंची) ५६९, शिवम गुप्ता (तीर) ५...
हिन्दू राष्ट्र निर्माणको संकल्पसहित राष्ट्रिय एकता दल घोषणा

हिन्दू राष्ट्र निर्माणको संकल्पसहित राष्ट्रिय एकता दल घोषणा

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
काठमाण्डाै, २५ पाैष - हिन्दू राष्ट्र निर्माण, राष्ट्रिय स्वाभिमान र सांस्कृतिक पुनर्जागरणको मूल नारासहित राष्ट्रिय एकता दलको औपचारिक घोषणा सभा आज काठमाडौँमा भव्य रूपमा सम्पन्न भएको छ। विनय यादवको अध्यक्षतामा गठित उक्त दलको घोषणा सभामा दलका नेता डा. श्याम नारायण लाभले दलको औपचारिक घोषणा पत्र तथा प्रतिज्ञापत्र सार्वजनिक गर्नुभएको थियो। घोषणा सभालाई सम्बोधन गर्दै अध्यक्ष विनय यादवले नेपाल केवल भौगोलिक सीमाभित्र सीमित राष्ट्र नभई हजारौँ वर्ष पुरानो सनातन हिन्दू–बौद्ध सभ्यताबाट निर्मित जीवित राष्ट्र भएको स्पष्ट पार्नुभयो। “ऋषिमुनिहरूको तपस्या, वीर पूर्वजहरूको बलिदान र विविध संस्कृतिको जगमा उभिएको नेपाल आज सांस्कृतिक अतिक्रमण, वैचारिक भ्रम र राष्ट्रिय आत्मविश्वासको संकटबाट गुज्रिरहेको छ,” उहाँले भन्नुभयो। अध्यक्ष यादवले राष्ट्रिय एकता दलको मूल सिद्धान्त ‘संघीय हिन्दू गणतन्त्र’ भ...
डुडुवाको १९औँ गाउँसभा सम्पन्न

डुडुवाको १९औँ गाउँसभा सम्पन्न

अवधी, आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
डुडुवा, २५ पाैष - बाँके डुडुवा गाउँपालिकाको १९औँ गाउँसभा बसेको छ । आज शुक्रबार बसेको गाउँसभाले अर्धवार्षिक प्रगति समिक्षा र बजेट तथा कार्यक्रम संशोधन गरेको छ । सभामा अध्यक्ष नरेन्द्रकुमार चौधरीले अर्धवार्षिक प्रगति र चालु आर्थिक वर्षको संशोधन बजेट तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । अध्यक्ष चौधरीले डुडुवामा निमार्णाधिन स्टेचु अफ शिव, पिकनिक स्पट, होमस्टे संचालन, सांस्कृतिक प्रबद्र्धन र ज्येष्ठ नागरिकलाई न्यानो सामाग्री वितरण लगायतका कार्यक्रमको करिब रु तीन करोड बढीको बजेट थप गरि शंसोधन गरेको प्रस्तुत गर्नुभयो । कार्यक्रम प्रस्तुत गर्दै अध्यक्ष चौधरीले शिक्षा, स्वास्थ्य, कृषि, पशु, स्वरोजगार, विपत, बन तथा बातावरण, लघुउद्यम विकास कार्यक्रम, विकास निर्माण, संस्थागत विकास क्षेत्रबाट उपलब्ध प्रगतिबारे जानकारी गराउनु भएको थियो । उहाँले पालिकाले बेतहनी स्वास्थ्य चौकीमा स्थापन...
‘दाता’ को भ्रम र ‘उल्टो सहयोग’ को यथार्थ: नेपाल कसको ऋणी ?

‘दाता’ को भ्रम र ‘उल्टो सहयोग’ को यथार्थ: नेपाल कसको ऋणी ?

आर्थिक, आस्था, प्रदेश ५, बिचार, राजनीति, विचार/अन्तर्वार्ता, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाज
सुनिल बाबु पन्त मितिः २०८२ पौष २३ गते, बुधबार नेपालको विकास बहस सधैँ एउटा बिन्दुमा ठोक्किन्छ— 'वैदेशिक सहायता'। हामीलाई दशकौँदेखि एउटै भाष्य सिकाइएको छ: पश्चिमा शक्तिहरू र ठूला अर्थतन्त्र भएका देशहरू हाम्रा 'दाता' हुन्, उनीहरूले दिएको अनुदान र ऋणले हाम्रो देश चलिरहेको छ। तर, के यो सम्बन्ध साँच्चै एकतर्फी परोपकार हो? तथ्याङ्कको गहिराइमा पस्ने हो भने दृश्य अर्कै देखिन्छ। नेपालले जति सहायता प्राप्त गर्छ, त्यसको तुलनामा भिसा शुल्क, महँगो शिक्षा र 'बौद्धिक पलायन' (Brain Drain) मार्फत नेपालले ती देशहरूलाई गर्ने 'उल्टो सहयोग' कयौँ गुणा बढी छ। १. सहायताको आवरणमा ऋणको व्यापार, नेपालले वार्षिक करिब १ अर्ब अमेरिकी डलरको विकास सहायता (ODA) प्राप्त गर्छ। तर, यसको आधाभन्दा बढी हिस्सा ऋण हो। यो त्यस्तो ऋण हो, जसले नेपालको सार्वजनिक ऋणको भार मात्र बढाउँदैन, बरु हाम्रा राष्ट्रिय नीतिहरूमा दाताका सर्त...
राष्ट्रिय एकता दलको औपचारिक घोषणा सभा पुस २५ गते काठमाडौँमा

राष्ट्रिय एकता दलको औपचारिक घोषणा सभा पुस २५ गते काठमाडौँमा

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, १६ पौष – नेपालको राष्ट्रिय पहिचान, सामाजिक सद्भाव र दीर्घकालीन स्थायित्वलाई केन्द्रमा राख्दै स्थापना हुन गइरहेको राष्ट्रिय एकता दल ले आफ्नो औपचारिक घोषणा सभा आगामी २०८२ साल पुस २५ गते शुक्रबार काठमाडौँमा आयोजना गर्ने भएको छ। दलले जारी गरेको जानकारीअनुसार राजनीति केवल सत्ताको अभ्यास मात्र नभई राष्ट्रको इतिहास, संस्कृति र भविष्यप्रतिको गम्भीर उत्तरदायित्व हो भन्ने मान्यताका साथ राष्ट्रिय एकता दलको स्थापना गरिएको हो। संघीय हिन्दु गणतन्त्रको अवधारणा, नेपाली मौलिक धर्म–संस्कृति तथा सभ्यताको संरक्षण, र राष्ट्रिय एकताको सुदृढीकरणलाई दलको मूल ध्येयका रूपमा अघि सारिएको छ। दलका अनुसार यी मूल्यहरू कुनै एक समुदाय वा वर्गको पक्षमा नभई नेपालको ऐतिहासिक निरन्तरता, सामाजिक सन्तुलन र राष्ट्रिय आत्माको संरक्षणसँग प्रत्यक्ष रूपमा जोडिएका विषय हुन्। वर्तमान राजनीतिक, सामाजिक र राष्ट्रिय आ...
अन्तरालमा संगीतसहित बीपीका कविता प्रस्तुत हुने

अन्तरालमा संगीतसहित बीपीका कविता प्रस्तुत हुने

आस्था, कला/साहित्य, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १४ पौष – नेपालगन्जमा पाश्र्वसंगीत सहित कविता प्रस्तुतिको कार्यक्रम आयोजना हुने भएको छ । अन्तरालले कवि बीपी अस्तुका एक दर्जनबढी कविताहरू पाश्र्व संगितसहित प्रस्तुत गर्ने कार्यक्रम आयोजना गर्न लागेको हो । उक्त कार्यक्रम पुस १९ गते शनिबार आयोजना हुनेछ । प्रभावकारी र एकाग्रतापूर्ण वातावरणमा कविता प्रस्तुतिले कार्यक्रमलाई स्मरणीय बनाउने गरी तयारी भैरहेको अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले जानकारी दिए । नेपालगन्ज सुर्खेत रोडस्थित वेष्टर्न मलमा रहेको अन्तराल हलमा हुने उक्त कार्यक्रममा सशुल्क सहभागिताको व्यवस्था गर्न लागिएको पनि शाहले जानकारी दिए । अन्तराल डेढ दशक बढी समयदेखि सन्चार, कला, साहित्य, गीतसंगीत, खेलकुद, ईभेन्ट म्यानेजमेन्ट र पर्यावरणका क्षेत्रमा काम गर्दै आएको संस्था हो । कवि अस्तु साहित्य र पत्रकारिताका सशक्त कलम चलाउँछन् । ‘मैले कविता लेख्न सिकेको शहरमै...