Wednesday, April 29सत्यम खबर
Shadow

CoVid19

कोरोनाका नाममा नेपाली व्यापारीलाई दु:ख नदिन चीनलाई नेपालको पत्र

कोरोनाका नाममा नेपाली व्यापारीलाई दु:ख नदिन चीनलाई नेपालको पत्र

CoVid19, आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, २२ भाद्र –विगत ३० महिनादेखि नेपालसँगको सीमामा चीनले आंशिक र पूर्ण प्रतिबन्ध लगाउँदै चीनलाई नेपाल सरकारले पत्र पठाएको छ। उद्योग मन्त्रालयले परराष्ट्रमार्फत विगत तीन सातादेखि पूर्णरुपमा ठप्प पारेको नाका खुलाउनका लागि आग्रह गर्दै चिनियाँ दूतावासलाई पत्र पठाएको हो। सन् २०१९ को डिसेम्बर अन्तिममा चीनको वुहानमा देखिएको कोरोना प्रकोपले महामारीको रुप लिएपछि चीनले नेपालतर्फका नाकामा अघोषित नाकाबन्दीलाई निरन्तरता दिएको हो। कोरोना महामारी सामान्य बन्दै गए पनि नेपालसँगको सीमा नाका नखोलेपछि नेपाल सरकारले पटक-पटक नाका सहज गरिदिन आग्रह गर्दै आएको थियो। चीनले नाका ठप्प पारेपछि नेपाली व्यापारीले तीज, दसैं र जाडोयामलाई केन्द्रित गरी ल्याएका अर्बौं रकम बराबरका सामान चिनियाँ क्षेत्रमै अड्किएका छन्। नेपालीले चीनबाट विशेषगरी लुगाकपडा, भाँडाकुँडा, इलेक्ट्रिकल सामान र हाइड्रोका सामान ल्याउने ग...
चीनमा कोरोना संक्रमणका कारण २ करोड मानिसको जनजीवन प्रभावित

चीनमा कोरोना संक्रमणका कारण २ करोड मानिसको जनजीवन प्रभावित

CoVid19, प्रदेश ५, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, २२ भाद्र –कोरोनाको डर पहिलेको तुलनामा कम भएपनि चीनमा भने अझै डर कायमै छ । चीन सरकारले बिहीबार एक प्रमुख सहरमा पूर्ण लकडाउन लगाएको छ । करिब २१ लाख जनसंख्या भएको सहर चेङ्दुमा कोरोनाका बढ्दो केसलाई ध्यानमा राखेर यो कडा कदम चालिएको हो । सरकारले चार दिन लकडाउन गरेर न्यूक्लिक एसिड परीक्षण गर्ने जनाएको छ । सांघाईमा एक महिनाको लागि यस्तै लकडाउन लगाइएको थियो। लकडाउन को नियम के छचेङ्दु दक्षिणपश्चिम चीनको सिचुआन प्रान्तको राजधानी र ठूलो शहर हो। बुधबार यहाँ 106 जनामा ​​कोरोनाका नयाँ केसहरू देखा परेका थिए, जसमध्ये 51 जनामा ​​लक्षण नै थिएन। सहरमा ३ सय ८१ उच्च जोखिम क्षेत्र पहिचान गरिएको छ । ग्लोबल टाइम्सको रिपोर्ट अनुसार लकडाउनको समयमा परिवारका सदस्य दिनमा एक पटक मात्र बाहिर निस्कन पाउँछन् । तर, उनको न्यूक्लिक परीक्षणको रिपोर्ट पनि नेगेटिभ हुनुपर्छ । रद्द गरिएका उडानहरूसरकारले चार द...
चिनियाँ सरकारद्वारा हिमालय एयरलायन्सको उडानमा रोक

चिनियाँ सरकारद्वारा हिमालय एयरलायन्सको उडानमा रोक

CoVid19, आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, ५ भाद्र –काठमाडौंबाट साउन १७ गते काठमाडौंबाट कुन्मिङका लागि उडेको हिमालय एयरलायन्समा सबार १५ जना यात्रुमा कोरोना संक्रमण देखिएपछि चिनियाँ सरकारले हिमालय एयरलायन्सको उडानलाई रोक लगाएको छ ।काठमाडौंबाट साउन १७ गतेको उडानमा गएका ९ विद्यार्थी र ६ चिनियाँ गरी १५ जना यात्रुमा कोरोना संक्रमण देखिएपछि चीनले काठमाडौंबाट कुन्मिङका लागि हुने हिमालय एयरलायन्सका चारवटा उडानमा रोक लगाएको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणका सहायक प्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार साउन १७ गतेको उडानमा नेपालबाट गएका यात्रुमध्ये ९ नेपाली विद्यार्थी र ६ चिनियाँ नागरिकको विमानस्थलमै भएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपछि सिभिल एभिएसन अथोरिटी अफ चीनले भदौ महिनाको ७, १४, २१ र २८ गतेका उडानमा रोक लगाएका छन् ।यति एयरलायन्स सँगको सहकार्यमा चिनियाँ लगानीमा नेपालमा स्थापना भएको हिमालय एयरलायन्सलाई...
असफल हुँदै चीनको शून्य कोभिड नीति

असफल हुँदै चीनको शून्य कोभिड नीति

CoVid19, आस्था, प्रदेश ५, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
बेइजिङ, ३० सावन – चीनको कोभिड शून्य नीति असफल हुँदै गएको छ । पछिल्लो समयमा नयाँ क्षेत्रहरू विशेष गरी तिब्बत र हाइनानका पर्यटन केन्द्रहरू कोरोनाभाइरस संक्रमणलको चपेटामा परेका छन् भने आकस्मिक रुपमा गरिएको लकडाउनका कारण ती क्षेत्रमा हजारौं पर्यटक अलपत्र परेका छन् । पुराना संक्रमित क्षेत्र हटस्पट बनिरहेका बेला कोरोना भाइरसको संक्रमण नयाँ क्षेत्रमा फैलिरहेको छ । सार्वजनिक आवागमनमा प्रतिबन्ध लगाइएकाले जीविकोपार्जनमा असर गरेको छ । एशियन लाइट इन्टरनेसनलका अनुसार मानिसहरूलाई असहाय बनाउँदै कोरोनाभाइरस संक्रमण चीनका नयाँ क्षेत्रमा फैलिरहेको छ । आकस्मिक रुपमा गरिएको लकडाउनका कारण अहिले हजारौं पर्यटक अलपत्र परेका छन् । विडम्बनाको कुरा के हो भने २०२१ को सुरुमा चीन कोभिड–१९ बाट मुक्त भएको घोषणा गर्ने पहिलो देश बनेको थियो । कोभिडका कारण पूर्वी चीनदेखि पश्चिम चीनका विभिन्न क्षेत्रमा लकडाउन घोष...
चीनमा देखियो जनावरबाट मानिसमा सर्ने नयाँ भाइरस

चीनमा देखियो जनावरबाट मानिसमा सर्ने नयाँ भाइरस

CoVid19, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, २८ सावन – चीनमा जनावरबाट उत्पन्न नयाँ प्रकारको हेनिपाभाइरस देखिएको छ । भाइरसबाट अहिलेसम्म सानडोङ र हेनान प्रान्तमा मानिसहरूलाई संक्रमित गरेको सरकारी सञ्चारमाध्यमले जनाएको छ । पूर्वी चीनका ज्वरोका बिरामीहरूको थ्रोट स्वाब नमूनाहरूमा उक्त भाइरस फेला परेको ग्लोबल टाइम्सले जनाएको छ । यो भर्खरै पत्ता लागेको हेनिपाभाइरस ज्वरोका केससँग सम्बिन्धत रहेको यस भाइरसको अध्ययनमा भाग लिने विद्वानहरूले बताएका छन् । यो भाइस जनावरबाट आएको हुन सक्ने उनीहरुको भनाइ छ । संक्रमित व्यक्तिहरूमा ज्वरो, थकान, खोकी र वाकवाकी जस्ता लक्षण देखिने गरेका छन् । हेनिपाभाइरसको लागि हाल कुनै खोप वा उपचार छैन । यो संक्रमणबाट अहिलेसम्म चीनम ३५ जना संक्रमित भएको जनाइएको छ । अहिले विश्वभर महामारीको स्वरुप लिएको कोभिड १९ सर्वप्रथम चीनको वुहान प्रान्तबाट उत्पत्ति भएको थियो । एजेन्सी...
चीनमा फेरि नयाँ सङ्क्रमण फैलियाे

चीनमा फेरि नयाँ सङ्क्रमण फैलियाे

CoVid19, आस्था, प्रदेश ५, विदेश, समाचार
काठमाण्डौ, २८ सावन – चीनमा फेरि नयाँ भाइरसको सङ्क्रमण देखिएको छ । जनावरबाट उत्पन्न नयाँ प्रकारको हेनिपाभाइरसको सङ्क्रमण देखिएको ग्लोबल टाइम्सले जनाएको छ । यो भाइरसको सङ्क्रमण अहिलेसम्म सानडोङ र हेनान प्रान्तमा देखिएको र ३५ जना मानिस सङ्क्रमित भएका खबरमा उल्लेख छ । ज्वरोका बिरामीको घाँटीको स्वाब परीक्षण गर्दा सङ्क्रमण पुष्टि भएको हो । सङ्क्रमित भएका उनीहरु जनावरको सम्पर्कमा रहेका भनिएको छ । यो सङ्क्रमण जनावरबाटै सरेको हुन सक्ने अनुमान गरिएको छ । सङ्क्रमित व्यक्तिमा ज्वरो आउने, थकान, खोकी र वाकवाकी जस्ता लक्षण देखिने गरेको छ । ल्यान्ग्या हेनिपाभाइरससमेत भनिने हेनिपाभाइरसको अहिलेसम्म कुनै खोप वा औषधि बनेको छैन । सङ्क्रमितहरुलाई मिल्दोजुल्दो रोगको औषधिमार्फत उपचार गरिने छ । चीनमा यसअघि सन् २०१९ को डिसेम्बरमा कोरोना भाइरसको सङ्क्रमण देखिएको थियो । एजेन्सी...
चीनको वुहानमा ४ जनामा कोरोना संक्रमण देखिएपछि लकडाउन

चीनको वुहानमा ४ जनामा कोरोना संक्रमण देखिएपछि लकडाउन

CoVid19, प्रदेश ५, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौं, १४ साउन – चीनको वुहान सहरमा चारजनामा कोरोना संक्रमण भेटिएपछि फेरि लकडाउन गरिएको छ । सन् २०२० मा कोरोना भाइरसको पहिलो संक्रमित वुहानमा नै भेटिएको थियो । त्यसपछि वुहानको विश्वभर नै चर्चा चलेको थियो। हाल वुहानको जिआङ्जिया क्षेत्रमा चार जनामा ​​कोरोनाको संक्रमण पुष्टि भएको छ। तर ती चारै जनामा कुनै पनि लक्षण भने देखिएको छैन। लकडाउनपछि उक्त क्षेत्रका मानिसहरूलाई तीन दिनसम्म घरभित्रै बस्न निर्देशन दिइएको छ । जियाङ्शियामा करिब १० लाख मानिस बस्छन्। चीनले कोभिड भाइरससँग लड्न ‘जिरो कोभिड’ रणनीति अपनाइरहेको छ। यसअन्तर्गत ठूलो मात्रामा कोभिड परीक्षण, कडा आइसोलेसन र स्थानीय लकडाउन जस्ता कदमहरू चालिएका छन्। यसो गर्दा चीनमा कोभिडबाट मृत्यु हुनेको संख्या अन्य देशको तुलनामा धेरै कम छ। चीनले लिएको ‘जिरो कोभिड’ रणनीतिको विरोध बढ्दै गएको छ। १२ लाख जनसंख्या भएको वुहान सहरमा नियमित रुपमा...
७५ देशमा पुग्यो मंकिपक्स, विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा

७५ देशमा पुग्यो मंकिपक्स, विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा

CoVid19, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, ८ साउन –विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले मंकिपक्स विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको छ। द न्युयोर्क टाइम्सका अनुसार डब्लुएचओ प्रमुख टेड्रोस अडानोम गेब्रेएससले शनिबार मंकिपक्सलाई ‘पब्लिक हेल्थ इमर्जेन्सी अफ इन्टरनेशनल कन्सर्न’ घोषणा गरेका हुन्। मंकिपक्सलाई विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गर्ने कि नगर्ने भन्नेबारे डब्लुएचओको विज्ञ समूह सहमतिमा पुग्न सकेको थिएन। विज्ञ समूह विभाजित भएपछि गेब्रेएससले स्वास्थ्य आपतकाल घोषणा गरेका हुन्। डब्लुएचओको यो घोषणासँगै अब मंकिपक्सको नियन्त्रणका लागि अन्तर्राष्ट्रिय समुदायले आपसमा संयोजन गरी काम गर्नुपर्नेछ। ‘हामीले कमै थाहा पाएका नयाँ माध्यमबाट तीव्र गतिमा संसारभरि फैलिरहेको यो संक्रमण स्वास्थ्य आपतकाल घोषणा गर्नुपर्ने सबै अवस्थामा पुगेको छ,’ गेब्रेएससले भनेका छन्। केही विज्ञहरूले भने डब्लुएचओले हतार-हतारमा मंकिपक्सलाई ...
सीमानाकामा बिताएको एक वर्ष

सीमानाकामा बिताएको एक वर्ष

CoVid19, आस्था, प्रदेश ५, बिचार, समाज
मितिः २०७९ साउन ७ गतेप्रतिभा ढकालविश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड –१९)को चपेटाबाट नेपाल पनि अछुतो रहन सकेन । लामो नाकाबन्दी पश्चात नेपालको पूर्विद्वार काँकरभिट्टा नाकामा नेपाल रेडक्रस सोसाइटीको ‘Covid-19 Response Program’ अन्तर्गत मिति २०७८ असार २३ गतेबाट सामाजिक सेवा अन्तर्गत स्वयम्सेवकका रूपमा निरन्तर रूपमा एक वर्षसम्म अविछिन्न रूपमा कार्यसम्पादन गर्दै गर्दा भेटिएका वा पाइएका अनुभवहरूलाई सम्झिँदै गर्दा थप अनुभव र सूचाङ्कहरूको बोध भएर आउँछ । भयावह प्राणघातक महामारी केही सहज हँुदै गर्दा जुन जिम्मेवारी पाइयो त्यो आफ्नो लागि गौरवकै विषय भए पनि चुनौति पनि उत्तिकै रहेको महशुस गर्दै अत्यन्तै होसियारीका साथ स्वास्थ्य मापदण्ड अपनाउँदै कार्य सम्पादन गर्नुपर्ने स्थितिलाई अत्मसाथ गर्नै प¥यो । नाकामा वारिपारी गर्ने संख्या अघिल्लो समयभन्दा पछिल्लो समयमा क्रमश बढ्दै गएको पाइयो । त्यसै ...
चीनको सियान सहरमा फेरि लकडाउन

चीनको सियान सहरमा फेरि लकडाउन

CoVid19, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
बेइजिङ, २२ असार – कोभिडको ओमिक्रोन सवभेरियन्टबाट जोगिन चीनको पुरानो सहर सियानका केही भागमा फेरि लकडाउन गरिएको छ । १ करोड ३० लाख जनसंख्या भएको सियानका व्यापारिक गृह, विद्यालय र रेस्टुरेन्ट एक साताका लागि बन्द हुने भएका हुन् । गत वर्षको अन्त्यमा ऐतिहासिक सहर सियानमा एक महिना लामो तालाबन्दी गरिएको थियो । शनिबारदेखि सहरमा १८ ओटा नयाँ केस भेटिएका थिए । आधिकारिक सूचनाअनुसार द्रुत रूपमा फैलिरहेको ओमिक्रोन सबभेरियन्टका कारण काेभिड संक्रमण बढेका हुन् । यो भेरियन्ट यसअघि अमेरिका र बेलायतमा देखिएको थियो । सियानमा सात दिन अस्थायी नियन्त्रणको विधि लागू गरिएको उक्त सहरका अधिकार झाङ सिउदोङले जानकारी दिए । उक्त कदमले ‘समाजलाई सकेसम्म शान्त हुन, गतिशीलता कम गर्न र क्रस–संक्रमणको जोखिम घटाउन अनुमति दिने’ बताइएको छ । सरकारको सूचनाअनुसार, पब, क्याफे र बारलगायतका सार्वजनिक मनोरञ्जन स्थल बन्द हुनेछ...