Wednesday, April 29सत्यम खबर
Shadow

चिनियाँ सरकारद्वारा हिमालय एयरलायन्सको उडानमा रोक

काठमाण्डौ, ५ भाद्र –काठमाडौंबाट साउन १७ गते काठमाडौंबाट कुन्मिङका लागि उडेको हिमालय एयरलायन्समा सबार १५ जना यात्रुमा कोरोना संक्रमण देखिएपछि चिनियाँ सरकारले हिमालय एयरलायन्सको उडानलाई रोक लगाएको छ ।
काठमाडौंबाट साउन १७ गतेको उडानमा गएका ९ विद्यार्थी र ६ चिनियाँ गरी १५ जना यात्रुमा कोरोना संक्रमण देखिएपछि चीनले काठमाडौंबाट कुन्मिङका लागि हुने हिमालय एयरलायन्सका चारवटा उडानमा रोक लगाएको हो ।


नेपाल नागरिक उड्डयन प्राधिकरणका सहायक प्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार साउन १७ गतेको उडानमा नेपालबाट गएका यात्रुमध्ये ९ नेपाली विद्यार्थी र ६ चिनियाँ नागरिकको विमानस्थलमै भएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपछि सिभिल एभिएसन अथोरिटी अफ चीनले भदौ महिनाको ७, १४, २१ र २८ गतेका उडानमा रोक लगाएका छन् ।
यति एयरलायन्स सँगको सहकार्यमा चिनियाँ लगानीमा नेपालमा स्थापना भएको हिमालय एयरलायन्सलाई चीनले एक महिना अघि मात्रै सातामा एक दिन मंगलबार काठमाडौं–कुन्मिङ उडान अनुमति दिएको थियो । चीनले ‘कोभिड शून्य’ को नीति लिएकाले विमानस्थलमै हरेक यात्रुको पीसीआर परीक्षण गर्दै आएको छ ।
एउटा उडानमा १० जना भन्दा बढी यात्रुमा कोरोना देखिएपछि उसले कारबाही स्वरूप थप उडान माथि रोक लगाएको छ । चीनले विमानस्थलमा हुने परीक्षणमा कोरोना देखिएमा बिरामीले १४ दिन निजी खर्चमै क्वारेन्टाइन र १६ दिन घर वा तोकिएको स्थानमा बस्नुपर्ने नियम बनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *