महासंघद्वारा ज्ञापन–पत्र बुझाईयो
नेपालगन्ज ४, कार्तिक– विभिन्न मागहरुलाई लिएर नेपाल पत्रकार महासंघ बाँके शाखाले जिल्ला प्रशासन कार्यालय बाँकेमार्फत सूचना प्रशारण तथा प्राविधि मन्त्रालयलाई ज्ञापन पत्र बुझाएको छ ।आज मंगलबार नेपाल पत्रकार महासंघ बाँके शाखा अध्यक्ष ठाकुरसिंह थारुले प्रमुख जिल्ला अधिकारी बाँके रामबहादुर कुरुम्बा“गलाई उक्त ज्ञापन पत्र बुझाएका हुन ।
ज्ञापन पत्रमा मुलुक लामो समयदेखि कोरोनाको महामारीको चपेटामा छ । यसबाट संचार माध्यमहरु पनि अछुतो रहेनन् । सरकारले कोरोना महामारी नियन्त्रणका लागि २०७६ चैत्र ११ गतेदेखि लकडाउन ग¥यो । लकडाउन र बन्दाबन्दीका बिचमा पनि संचार माध्यमहरुले आफ्नो दायित्व निरन्तर निर्वाह गर्दै आईरहेका छन् । लकडाउनका बेला सवारी साधन, हुलाक कार्यालय, कुरियर सबै बन्द भए पछि यहाँका प्रकाशकहरुले पत्रपत्रिकाहरुको पिडिएफ फाईल ईमेल मार्फत प्रेस काउन्सिलमा बुझाएका छन् । त्यसको प्रमाण प्रेस काउन्स...







