मिथिला क्षेत्रमा घन्किने झिझिया गीत लोप हुँदै
जनकपुरधाम : मिथिला क्षेत्रमा घन्किने झिझिया गीत र त्यसको तालमा जादुमय तरिकाले नाच्ने नृत्यांगनाको समूह अब देखिन छाडेको छ। ‘तोहरेलागि झिझिया बनैली हो बरमबाबा!’ यस्ता गीतको रागले सुनसान रातमा बस्तीका सडक हुँदै ग्रामदेवता (ब्रम्हस्थान) स्थलमा पुगेर बडा दशैँं पर्वमा मिथिलानीहरूले (मिथिलाका नारी) सुरिलो भाखामा गाउँदै फनफनी आफूलाई घुमाएर नाचेको देखाउने गरेका यो प्राचीन तान्त्रिक नृत्य अब मिथिलाञ्चलबाट हराउँदै गएको छ।
असुर प्रवृतिविरुद्ध सात्विक प्रवृति र असत्यमाथि सत्यको विजयका रूपमा मनाइने दशैँं पर्वमा खासगरी मिथिला क्षेत्रको प्रमुख आकर्षण नै विगतमा झिझिया नृत्य रहने गरेको थियो। ‘दशैँं लागेपछि प्रत्येक रात बस्तीका महिला सहभागी हुने झिझिया नृत्य पछिल्ला केही वर्षयता सुनिन र देखिन छाडेको छ’ जनकपुर १४ का सुनिता सिंह बताउँछिन, 'अब त बरु हामीले बुझ्दै नबुझ्ने भाषाका गीत टोल बस्तीमा सुनिने गरिएको ...









