Wednesday, April 29सत्यम खबर
Shadow

शिक्षा/स्वास्थ्य

जानकी गाउँपालिकाको बजेट पारित

जानकी गाउँपालिकाको बजेट पारित

आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार
जानकी, असार ३० – जानकी गाउँपालिकाको आर्थिक वर्ष २०७७÷०७८ को बजेट पारित भएको छ । गत असार १० गते उपाध्यक्ष भूमिसरा धितालले बजेट अधिवेशन तथा आठौं गाउँसभामा प्रस्तुत गरेको बजेट आज मङ्गलबार बसेको सभाले पारित गरेको हो । गाउँपालिका अध्यक्ष अस्वस्थ भएका कारण उपाध्यक्ष धितालको सभाध्यक्षमा बसेको गाउँसभामा प्रमुख प्रशासकीय अधिकृत हरिबहादुर खत्रीले निर्णायर्थ पेश गर्नुभएको बजेट सर्वसहमतिले पास भएको थियो । गाउँसभामा बजेटको वारेमा वडा नं. १ का अध्यक्ष मोहम्मद रजा राई, वडा नं.३ का अध्यक्ष बिन्देश्वरी बर्मा, वडा नं.४ का अध्यक्ष बिश्रामकुमार बर्मा, वडा नं. ५ का अध्यक्ष रमेश बर्मा, वडा नं. ६ का अध्यक्ष सुरेश यादव, कार्यपालिका सदस्य धर्मा थापा, राजकुमार धोबी र टीकाराम सुनारले भाग लिँदै सुझाव दिनुभएको थियो । गाउँसभामा सभासद्ले राखेको जिज्ञासा गाउँपालिका कार्यवाहक अध्यक्ष धिताल र प्रमुख प्रशासकीय अधिकृत खत्...
खजुरा गाउँपालिकाको सामाजिक परीक्षण

खजुरा गाउँपालिकाको सामाजिक परीक्षण

आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
खजुरा, ३० असार बाँकेको खजुरा गाउँपालिकाको सामाजिक परीक्षण प्रारम्भिक प्रतिवेदन प्रस्तुतीकरण र छलफल गरिएको छ । खजुरा गाउँपालिकाको आयोजना र बास नेपालगन्जको सहजीकरणमा मंगलबार खजुरामा प्रतिवेदन प्रस्तुतीकरण र छलफल गरिएको हो । बासका निर्देशक हेमराज भट्टले सन्दर्भ सामाग्री अध्ययन र समीक्षा, अन्तरवार्ता, स्थलगत अवलोकन, समूह केन्द्रत छलफल, बर्हिगमन अभिमत संकलन, नागरिक प्रतिवेदनपत्र, सूचनाहरुको संकलन तथा विशलेषणको विधि र प्रक्रिया प्रयोग गरी तयार भएका प्रारम्भिक प्रतिवेदन प्रस्तुत गरेपछि छलफल भएर अन्तिम प्रतिवेदनका लागि सुझाव दिइएको छ । प्रतिवेदनले समग्रमा खजुराको कार्यसम्पादन शैली जनप्रतिनिधि र कर्मचारीको समन्वयमा राम्रो भएको देखाएको छ । जनसहभागिताको कमी, सूचना पाटी कतिपय ठाउँमा नराखेको, हरेक वडामा विषयगत प्राविधिक नहुनु, दरबन्दी अनुसार कर्मचारीमा कमी जस्ता केही कुराहरु बाहेक कानून निर्माणदेखि व...
१ सय १६ जना मंगलबार थपिए कोरोना संक्रमित

१ सय १६ जना मंगलबार थपिए कोरोना संक्रमित

प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार
नेपालगन्जः पछिल्लो २४ घण्टामा देशभर १ सय १६ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । यो सँगै नेपालमा कोरोनाबाट संक्रमितको संख्या १६ हजार ९ सय ४५ पुगेको छ । त्यस्तै, मंगलवार मात्र ३४ जना कोरोनाबाट निको भएर घर फर्केका छन् । हालसम्म कोरोना संक्रमणबाट निको भएर घर फर्कनेहरूको संख्या १० हजार ३ सय २८ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।...
बैज्ञानिक महाबिर पुनलाई ब्रिटिस स्कुलको सहयोग

बैज्ञानिक महाबिर पुनलाई ब्रिटिस स्कुलको सहयोग

प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार
बाँके फागुन ८ गते । वैज्ञानिक क्षेत्रमा खोज अनुशन्धान गर्ने स्वदेशी विद्यार्थीलाई सहयोग गर्ने उद्धेश्यका साथ राष्ट्रिय आविस्कार केन्द्र खोलेको भन्दै विद्यार्थीहरुलाई निकै प्रेणादायी बिचार बैज्ञानिक पुनले राखेका थिए। विदेशमा उच्च ज्ञान हासिल गरेका विदेशको आकर्षक जागिर सुख सयल सबैलाई लत्याएर विदेशमा आर्जेको ज्ञानलाई देश विकाशमा उपयोग गरौ भनी देश फर्केर पनि आबिस्कार केन्द्र स्थापनाका लागि निरन्तर लागिरहेका प्रसिद्ध अवार्ड म्यागासेस बिजेता हाल राष्ट्रिय आबिष्कार केन्द्रका अध्यक्ष डा.महाबिर पुनलाई ब्रिटिस ईंग्लिश स्कुल नेपालगन्जले सहयोग गरेको छ। बिधालयको अनुरोधमा महाबिर पुन बिधालय पुगेका थिए महाबिर पुनलाई देख्दा विद्यार्थीहरुले थपडी बजाई भब्य स्वागत गरेका थिए र विद्यार्थीहरु चकित परेका थिए । महाबिर पुनले आफ्नो आबिस्कार केन्द्रका बारेमा र विद्यार्थीहरुलाई पढाईका साथा साथै आफू ...
बाँकेका सबै पालीकाका प्रमूख ले हात्तीपाइले रोगविरुद्धको औषधि खाएर सुरु गरे अभियान

बाँकेका सबै पालीकाका प्रमूख ले हात्तीपाइले रोगविरुद्धको औषधि खाएर सुरु गरे अभियान

प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार
नेपालगञ्ज माघ २५ गते । बाँके जिल्लामा हात्तीपाइले रोग निवारणकालागि आम औषधि सेवन कार्यक्रम शनिबारबाट सुरु भएको छ । नवौँ पटक औषधि खुवाउँदा समेत हात्तीपाईले रोग नियन्त्रण नभएपछि बाँकेमा दशौँ पटक हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउन लागिएको डुडुवा गाँउपालिकाका उपाध्यक्ष सहिदा बानोले बताउनुभयो । आगामी फागुन ५ गतेसम्म संचालन हुने अभियानको पहिलो दिन शनिबार एक कार्यक्रमका बिच बाँकेको डुडुवा गाउँपालिका को वडा नम्बर ४ को मोलहुपुर्वाबाट सुरु गरिएको अभियानको पालिकाका उपाध्यक्ष बानोले औषधि खाएर सुरु गर्नु भएको थियो । अभियानको सुभारम्भमा डुडुवाको बिभिन्न वडाहरुमा जन प्रतिनिधिहरु, शिक्षक, बिधार्थीहरुले संयुक्त रुपमा हात्तीपाईले रोग विरुद्धको औषधि सेवन गरेका छन । डुडुवाको मोलहुपुर्वा परिसरमा स्थापना गरीएको बुथमा उपाध्यक्षले औषधि सेवन गरी अभियान सुभारम्भ भएको घोषणा गर्नु भएको थियो । मोलहुपुर्वा गाउँमा अभि...
हात्तिपाईले रोग विरुद्धको औषधी सेवन कार्यक्रम सुरु

हात्तिपाईले रोग विरुद्धको औषधी सेवन कार्यक्रम सुरु

प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार
बाँके माघ २५ गते । बाँके लगायत देशका विभिन्न जिल्ला हरुमा शनिवार देखी हात्तिपाईले रोग विरुद्धको औषधी सेवन कार्यक्रम सुरु गरीएको छ । माघ २५ गतेदेखी फागुन ७ गते सम्म अभियानको रुपमा यो कार्यक्रम सन्चालन गरीएको छ । शनिवार २४ गते पहीलो दिन विभिन्न पालीका हरुमा बुथ निर्माण गरी औषधी खुवाउने कार्य भइरहेको छ, भने भोली बाट घरघरमा गएर स्वास्थ्य स्वयंम सेवक हरुले औषधी खुवाउने छन । बाँकेका ८ वटै स्थानीय तहले यो अभियान लाई साथ दिएर लागेका छन । यदी कसैले हात्तिपाईले रोग विरुद्धको औषधी सेवन गर्दैनन् उसलाई पालीका बाट हरेक सेवा सुबिदा बाट बन्चित गर्ने निर्णय समेत गरी सकेको छ । बाँकेमा नवौ पटक यो औषधी खुवाउदा पनी यो प्रकोप कम नभएपछी दशौ पटक औषधी खुवाउन परेको जनस्वास्थ्य अधिकृत अंगत बहादुर शाही ले बताए । उनले भने हात्तिपाईले औषधी सेवनमा नकारात्मक टिकाटिपनी उठाएर यो औषधी सेवन नगरी दिँदा प्रकोप निवनीकरण गर्न कठ...
बाल विवाह रोकथाम सम्बन्धि सडक नाटक

बाल विवाह रोकथाम सम्बन्धि सडक नाटक

प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाज
बाँके,१० असोज । समाजमा भईरहेको बढदो बाल बिवाह न्युनीकरणका लागि जानकी गाउँपालिकामा बाल विवाह रोकथाम सम्बन्धि सडक नाटक गरिएको छ । बिदालयका बिद्यार्थीहरुले आ आफना टोल समुदायमा बाल बिवाह बिरुद्ध चेतना फैलाउन सक्ने उद्धेश्यले बिद्यालय स्तरीय सडक नाटक गरिएको हो । त्रिवेणी विकास समाज, कोहलपुर बाँके र संस्थागत विकास संजाल ललितपुरको साझेदारी गाउँपालिकाको वडा नं ३, ४ र ६ अन्तर्गत संचालित “सर्वाङ्गिण विकासका लागि महिला तथा बालिकाहरुको सशक्तिकरण परियोजना ” द्धारा गठित बाल अधिकार चेतना क्लबद्धारा सडक नाटक प्रर्दशन गरिएको हो । ने.रा.मा.वि. भाटनपुर, गनापुरको प्राङ्गणमा बाल विवाह अन्त्य गर्नुपर्छ भन्ने शिर्षकमो भव्यताका साथ नाटक प्रस्तुत गरेका त्रिवेणी विकास समाजका प्रतिनिधि मिश्रीलाल यादवले बताए । कक्षा ८, ९ र १० मा अध्ययनरत बालबालिकाहरु आवद्ध रहेको सो क्लबले नाटक प्रस्तुतिकरणका लागि त्रिवेणी विकास समा...
नरैनापरमा धुमधामका साथ बाल दिवस मनाईयो

नरैनापरमा धुमधामका साथ बाल दिवस मनाईयो

प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाज
बाँके,२९ भदौ । राष्ट्रिय बाल दिवसको अवसरमा नरैनापुर गाउँपालिकाले आज बिभिन्न कार्यक्रमको आयोजना गरी मनाएको छ । गाउँपालिकाको समन्वयमा जय किसान माध्यमिक विद्यालय गँगापुरले बृहत कार्यक्रमको आयोजना गरि मनाएको छ । ‘सुनिश्चित बाल अधिकार,समृद्ध नेपालको आधार’ भन्ने मूल नाराका सहित आयोजना गरिएको बाल दिवसको अवसरमा विद्यालयले विभिन्न कार्यक्रम गरी मनाएको होे । उक्त कार्यक्रममा यसै शैक्षिक सत्रदेखि सञ्चालनमा आएको प्लस २ अन्र्तगत कक्षा ११ का विद्यार्थीहरुलाई विद्यालय पोशाक समेत वितरण गरिएको थियो भने शनिवार भलीबल खेलमा विजयी भएका खेलाडी विद्यार्थीहरुलाई पुरुस्कार वितरण तथा बिदालय हातामा बृक्षरोपण गरि मनाईएकोबिद्यालय ब्यवस्थापन समिति अध्यक्ष बृजेन्द यादवले बताएका छन । बाल दिवस कार्यक्रमलाई प्रमुख अतिथिको आसन बाट सम्बोधन गर्दै नरैनापुर गाउँपालिका प्रमुख ईस्तियाक अहमद शाहले अगामी दिनमा बालबालिकाहरुको श...
प्रजनन स्वास्थ्य सम्बन्धी तालीम सञ्चालनमा जोड

प्रजनन स्वास्थ्य सम्बन्धी तालीम सञ्चालनमा जोड

प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाज
बाँके,२६ साउन । प्रजनन स्वास्थ्य तथा जीवन उपयोगी सीप हरेक समुदायको किशोर किशोरीहरुलाई आवस्यक भएकोले राज्यस्तरबाट नै हरेक समुदायका किशोर किशोरी हरुलाई प्रजनन स्वास्थ्य तथा यौनिकता बारे तालीम सँचालन गर्नुपर्ने एक तालीममा सहभागी भएका वक्ताहरुले जोड दिएका छन । त्रिबेणी बिकास समाज बाँकेले बाँकेको कोहलपुरमा आयोजना गरेको साथी शिक्षकहरुको क्षमता अभिबृद्धि गर्नका लागि यौन तथा प्रजनन स्वास्थ्य र अधिकार सचेतीकरण तालीमका सहभागीहरुले सो कुरामा जोड दिएका हुन । तालीममा सहभागी भएका किशोरकिशोरीहरुले प्रजनन स्वास्थ्यकोे ज्ञानले अपरिपक्व रहेको उमेरका युवायुवतीमा परिपक्वता ल्याउने बताएका थिए । महिनावारी, र शारिरिक परिवर्तनका बेला किशोरकिशोरीहरुमा उत्पन्न हुने नकारात्मक भावना र हीनताबोध लगायतको समस्याको सामना गर्न सक्षमता प्रदान गरेको सहभागीहरुको भनाई रहेको थियो । किशोर किशोरीहरुमा साथी शिक्षक सीपको बिकास ...
स्वास्थ्य तथा पोषण  सम्बन्धी  गोष्ठी सम्पन्न

स्वास्थ्य तथा पोषण  सम्बन्धी  गोष्ठी सम्पन्न

प्रदेश ५, शिक्षा/स्वास्थ्य
बाँके, १८ चैत्र । बाँकेको सबै स्थानिय तहले स्वास्थ्य तथा पोषणमा सुधार ल्याउन नया रणनितिका साथ अगाडि बढने प्रतिबद्धता जनाएका छन । बाँकेको नेपालगञ्जमा सुआहारा,२ कार्यक्रमले  आयोजना गरेको जिल्ला स्तरीय स्वास्थ्य तथा पोषण  सम्बन्धी २ दिने कार्यशाला गोष्ठीमा सहभागी आठै स्थानिय तहका सरोकारवालाहरुले स्वास्थ्य सम्बन्धी योजना समेत बनाएका छन । दुई दिने गोष्ठीमा सुआहाराले लागु गरेको गुणस्तरीय स्वास्थ्य सेवाका लागि आफनेै पहल (साथ) र सामुदायिक प्राप्ताँक बोर्ड, पोषिलो खाना प्रदर्शनी, जीवनको महत्वपुर्ण अवसर मनाउने , सीघ्र कुपोषण एकीकृत ब्यवस्थापन (आईमाम कार्यकम्र) सहयोगी सहजकर्ता , भन्छिन आमाका बारेमा छलफल गरिनुका साथै स्वास्थ्य र पोषणको बारेमा समीक्षा गरिएको थियो । कार्यक्रममा सुआहारा लागु भएदेखिको कार्यक्षेत्र भित्रको उपलब्धी तथा सिकाईको बारेमा समेत छलफल र प्रस्तुतिकरण गरिएको थियो । कार्...