
प्रजनन स्वास्थ्य सम्बन्धी तालीम सञ्चालनमा जोड
बाँके,२६ साउन । प्रजनन स्वास्थ्य तथा जीवन उपयोगी सीप हरेक समुदायको किशोर किशोरीहरुलाई आवस्यक भएकोले राज्यस्तरबाट नै हरेक समुदायका किशोर किशोरी हरुलाई प्रजनन स्वास्थ्य तथा यौनिकता बारे तालीम सँचालन गर्नुपर्ने एक तालीममा सहभागी भएका वक्ताहरुले जोड दिएका छन । त्रिबेणी बिकास समाज बाँकेले बाँकेको कोहलपुरमा आयोजना गरेको साथी शिक्षकहरुको क्षमता अभिबृद्धि गर्नका लागि यौन तथा प्रजनन स्वास्थ्य र अधिकार सचेतीकरण तालीमका सहभागीहरुले सो कुरामा जोड दिएका हुन ।
तालीममा सहभागी भएका किशोरकिशोरीहरुले प्रजनन स्वास्थ्यकोे ज्ञानले अपरिपक्व रहेको उमेरका युवायुवतीमा परिपक्वता ल्याउने बताएका थिए । महिनावारी, र शारिरिक परिवर्तनका बेला किशोरकिशोरीहरुमा उत्पन्न हुने नकारात्मक भावना र हीनताबोध लगायतको समस्याको सामना गर्न सक्षमता प्रदान गरेको सहभागीहरुको भनाई रहेको थियो ।
किशोर किशोरीहरुमा साथी शिक्षक सीपको बिकास ...