Thursday, November 21सत्यम खबर
Shadow

स्वास्थ्य सेवा प्रवाहको संयुक्त अनुगमन

बाँके १३ असोज । बाँकेको जानकी गाउँपालिका अन्र्तगत इन्द्रपुर र बेलभार स्वास्थ्य चौकीले प्रवाह गर्ने सेवा सुविधाका बारेमा श्क्रवार संयुक्त अनुगमन गरिएको छ । सो क्रममा स्वास्थ्य चौकीले प्रवाह गर्ने विभिन्न स्वास्थ्य सेवाहरुको गुणस्तरियता तथा प्रभावकारिताका बारेमा अनुगमन टोलीले जानकारी लिएको थियो ।
गाउँपालिकामा संचालित मातृ नवजात शिशु तथा बालस्वास्थ्य परियोजना अन्र्तगत गरिएको अनुगमनमा जानकी गाउँपालिका भरिमा ९ प्रतिशत महिलाहरु घरमा बच्चा जन्माउने गरेको बताइएको थियो ।
स्वास्थ्य सचेतनाको अभावमा महिलाहरु स्वास्थ्य संस्थामा नजानु, समयमा गर्भवती जाँच नगराउने, महिलाहरुले पोषणयुक्त खाना नखानले आमा र बच्चाको मृत्यु हुने गरेको छ ।
गत आर्थिक वर्ष २०७४। ०७५ मा गाउँपालिकाको गनापुरमा १३७, साईगाउमा ११७ र बेलभार स्वास्थ्य चौकीमा ८० जना महिलाले सुरक्षित बच्चा जन्माएको गाउँपालिकाका स्वास्थ्य संयोजक गिरबहादुर गुरुङ्गले बताए ।
उनका अनुसार गतवर्ष २ जना र नया आर्थिक वर्षको साउन महिनामा मात्र २ आमाको मृत्यु भएको छ । उक्त गाउँपालिकामा कुल ६ वटा स्वास्थ्य संस्थामध्ये ३ वटामा मात्र प्रसुती केन्द्र रहेको स्वास्थ्य शाखाले जनाएको छ ।
स्वास्थ्य सचेतनाको अभावमा समुदायमा आमा र नवजात शिशुको समेत मृत्यु बढने गरेको स्वास्थ्य संस्थाहरुले बताएका छन । अनुगमन टोलीमा जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका परिवार नियोजन अधिकृत बसन्त गैरे, गाउँपालिका स्वास्थ्य शाखा संयोजक गिरबहादुर गुरुङ्ग, सहसंयोजक दलबहादुर राना, बाँके युनेस्को क्लबका सचिव बुधेश जायसवाल, कार्यक्रम अधिकृत रोसन थापा रहेका थिए ।
परियोजना अन्र्तगत युनेस्कोले बाँकेका १० वटा स्वास्थ्य संस्था र विद्यालयलाई भौतिक पुर्वाधार निमार्ण तथा मर्मत, मातृ शिशु अन्र्तगत विभिन्न सामाग्री प्रदान गरेको छ ।
उक्त सहयोगले स्वास्थ्य सेवा प्रवाहमा सहजता, प्रभावकारिता र गुणस्तरियतामा बृद्धि भएको स्वास्थ्य चौकीले जनाएका छन । शुक्रवार गरिएको अनुगमनको आधारमा प्रतिवेदन तयार गरि तत्काल सुधार गर्नका लागि पहल गरिने सम्बद्धहरुले बताएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *