Thursday, November 21सत्यम खबर
Shadow

स्वास्थ्य तथा पोषण  सम्बन्धी  गोष्ठी सम्पन्न

बाँके, १८ चैत्र । बाँकेको सबै स्थानिय तहले स्वास्थ्य तथा पोषणमा सुधार ल्याउन नया रणनितिका साथ अगाडि बढने प्रतिबद्धता जनाएका छन । बाँकेको नेपालगञ्जमा सुआहारा,२ कार्यक्रमले  आयोजना गरेको जिल्ला स्तरीय स्वास्थ्य तथा पोषण  सम्बन्धी २ दिने कार्यशाला गोष्ठीमा सहभागी आठै स्थानिय तहका सरोकारवालाहरुले स्वास्थ्य सम्बन्धी योजना समेत बनाएका छन ।

दुई दिने गोष्ठीमा सुआहाराले लागु गरेको गुणस्तरीय स्वास्थ्य सेवाका लागि आफनेै पहल (साथ) र सामुदायिक प्राप्ताँक बोर्ड, पोषिलो खाना प्रदर्शनी, जीवनको महत्वपुर्ण अवसर मनाउने , सीघ्र कुपोषण एकीकृत ब्यवस्थापन (आईमाम कार्यकम्र) सहयोगी सहजकर्ता , भन्छिन आमाका बारेमा छलफल गरिनुका साथै स्वास्थ्य र पोषणको बारेमा समीक्षा गरिएको थियो ।

कार्यक्रममा सुआहारा लागु भएदेखिको कार्यक्षेत्र भित्रको उपलब्धी तथा सिकाईको बारेमा समेत छलफल र प्रस्तुतिकरण गरिएको थियो । कार्यक्रममा उपस्थिति हरेक स्थानिय तहका स्वास्थ्य सँयोजकहरुले आ आफनो गाउँपालिका तथा नगरपालिका, उपमहानगरपालिका अन्र्तगतका  स्वास्थ्य निकायको उपलब्धीका बारेमा समेत जानकारी गराएका थिए ।

युएसआईडीको आर्थिक सहयोगमा जिल्ला समन्वय समिति बाँकेको निमन्त्रणामा  सञ्चालन गरिएको कार्यक्रममा स्थानिय तहका प्रमुख,उपप्रमुख, प्रशाशकीय अधिकृत, स्वास्थ्य सँयोजक उपसँयोजक र स्वास्थ्य र पोषण सम्बन्धी काम गर्ने जिल्लाका अन्य सरोकार वाला निकायका प्रतिनिधिहरुको सहभागिता रहेको  थियो भने सुआहारा का वरिष्ठ स्वास्थ्य प्रबन्धक मिनराज ज्ञवाली,सुआहारा लिन्केज अफिसका प्रबन्धक कृष्णबन्धु अधिकारी तथा सुआहारा २ का जिल्ला सँयोजक ईन्द्र बहादुर आउजीले सहजीकरण गरेका थिए ।

जिल्ला समन्वय समिति बाँकेका सभापति अजय कुमार श्रीवास्तवको अध्यक्षतामा भएको कार्यक्रममा सुआहारा २ कार्यक्रमका साझेदार सँस्था भेरी वातावरणीय बिशिष्टता समुह (बी ग्रुप)का अध्यक्ष राजकुमार क्षेत्रीले स्वागत मन्तब्य राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *