Thursday, February 5सत्यम खबर
Shadow

हात्तीपाइले विरुद्धा औषधी खुवाउन नेपालगन्ज उपमहानगरमा महाभारतः प्रमुख न्यौपाने

नेपालगन्ज, २२ माघ – नेपालगन्ज उपमहानगरपालिकामा हात्तीपाइले विरुद्धा औषधी खुवाउन महाभारत भएको छ । उपमहानगरमा १६ औँ पटक खुवाउँदा समेत मुक्त हुन नसकेपछि स्वास्थ्यकर्मीहरुलाई महाभारत जस्तै भएको हो ।

बाँके जिल्लामा २०६७ सालदेखि सुरु भएको हात्तीपाइले रोग विरुद्धाको औषधी १६ औँ पटक सेवन गर्दा समेत निवारण हुन सकेको छैन । नेपालगन्ज उपमहानगरपालिकामा हात्तीपाइले (लिम्फेटिक फाइलेरियासिस) रोग उन्मूलनका लागि सञ्चालन हुँदै आएको सामूहिक औषधि सेवन कार्यक्रम एक दशकभन्दा बढी समय बितिसक्दा पनि अपेक्षित सफलतामा पुग्न सकेको छैन । सरकार, दाता निकाय, स्वास्थ्यकर्मी र स्वयंसेवकको ठूलो लगानी र प्रयास हुँदाहुँदै पनि नागरिकस्तरमा औषधि सेवनको दर न्यून रहँदा यो अभियान अहिले ‘महाभारत’ जस्तै लामो र जटिल बन्दै गएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नेतृत्वमा नेपालगन्ज उपमहानगरपालिका, स्वास्थ्य कार्यालय बाँके तथा अन्तर्राष्ट्रिय दाता संस्थाको सहकार्यमा हरेक वर्ष हात्तीपाइले विरुद्ध औषधि खुवाइँदै आएको छ । तर आवश्यक ८० प्रतिशतभन्दा माथिको सहभागिता कुनै पनि वर्ष हासिल हुन नसक्दा रोगको संक्रमण चक्र तोड्न कठिन भएको नेपालगन्ज उपमहानगरपालिका वडा नं. ६ का शहरी स्वास्थ्य केन्द्रका प्रमुख नवराज न्यौपानेको भनाई छ ।

बाँके जिल्ला हात्तीपाइले जोखिमयुक्त जिल्ला मध्ये एक हो । यही कारण करिब २०६७ सालदेखि यहाँ नियमित रूपमा सामूहिक औषधि सेवन कार्यक्रम सञ्चालन हुँदै आएको छ । नेपालगन्ज उपमहानगरपालिकाका सबै वडामा घरदैलो कार्यक्रममार्फत औषधि खुवाइन्छ ।
हरेक वर्ष अभियान सञ्चालन हुँदा पनि “यो अन्तिम पटक हो” भन्ने अपेक्षा पूरा हुन सकेको छैन । संक्रमण दर न्यून हुँदै गए पनि औषधि सेवनको निरन्तरता नपुग्दा कार्यक्रम दोहोरिरहनु परेको स्वास्थ्य कार्यालय बाँकेको कार्यालय प्रमुख सुनिता पौडेलले जानकारी गराईन ।

बाँकेको नेपालगन्ज उपमहानगरपालिका, डुडुवा गाउँपालिका, नरैनापुर गाउँपालिका र वैजनाथ गाउँपालिकाको ४ नं. वडा लगाएर यस बर्ष २ लाख १६ हजार सेवन कर्तालाई औषधी सेवन गराउने उद्देश्य रहेको प्रमुख पौडेलले जानकारी गराईन ।

उनले भनिन् लक्ष्य पुरा गर्नका लागि ८० प्रतिशत सेवनकर्ताले सेवन गरे लक्ष्य पुरा भएको मान्न सकिन्छ तर यस बर्ष अपेक्षा राखिएको छ गत बर्ष भन्दा यो बर्ष केही आम मानिसहरुमा चेतना भएको देखिन्छ । स्वास्थ्य कार्यालय बाँकेका अनुसार नेपालगन्ज उपमहानगरपालिकामा हात्तीपाइले विरुद्ध सञ्चालन गरिएको औषधि सेवन अभियानमा वडागत रूपमा सहभागिता सन्तोषजनक देखिएको छैन ।

उपलब्ध विवरण अनुसार वडा नम्बर १ मा लक्षित ८ हजार २ सय जनामध्ये ३ हजार ६ सय जनाले मात्रै औषधि सेवन गरेका छन्, भने ४ हजार ६ सय जना औषधि सेवनबाट बाहिरिएका छन् । यस वडामा औषधि सेवन गर्नेको प्रतिशत ४३ रहेको छ ।

वडा नम्बर २ मा लक्षित ७ हजार ९ सय जनामध्ये ३ हजार २ सय जनाले औषधि सेवन गरेका छन् । ४ हजार ७ सय जनाले औषधि सेवन नगरेका छन्, जसका कारण यहाँ औषधि सेवन दर ४१ प्रतिशतमा सीमित भएको छ । वडा नम्बर ३ मा लक्षित ९ हजार ५ सय जनामध्ये ४ हजार १ सय जनाले औषधि सेवन गरेका छन् भने ५ हजार ४ सय जनाले सेवन गरेका छ्रनन् । यस वडाको औषधि सेवन दर ४३ प्रतिशत रहेको छ ।

त्यस्तै, वडा नम्बर ४ मा लक्षित १० हजार २ सय जनामध्ये ४ हजार ८ सय जनाले औषधि सेवन गरेका छन् भने ५ हजार ४ सय जनाले सेवन नगरेका छन् । यहाँ औषधि सेवन दर ४७ प्रतिशत पुगेको छ । वडा नम्बर ५ मा लक्षित ११ हजार जनामध्ये ५ हजार २ सय जनाले औषधि सेवन गरेका छन् र ५ हजार ८ सय जनाले औषधि सेवन नगरेका छन् । यस वडामा औषधि सेवन दर पनि ४७ प्रतिशत नै रहेको छ ।

वडा नम्बर ६ मा लक्षित ९ हजार ८ सय जनामध्ये ४ हजार ३ सय जनाले औषधि सेवन गरेका छन् भने ५ हजार ५ सय जनाले सेवन नगरेका छन् । यहाँ औषधि सेवन दर ४४ प्रतिशत रहेको छ । वडा नम्बर ७ मा लक्षित ८ हजार ७ सय जनामध्ये ३ हजार ९ सय जनाले औषधि सेवन गरेका छन् भने ४ हजार ८ सय जनाले औषधि सेवन नगरेका छन् । यस वडामा औषधि सेवन दर ४५ प्रतिशत छ ।
सबैभन्दा धेरै जनसंख्या रहेको वडा नम्बर ८ मा लक्षित १२ हजार ५ सय जनामध्ये ६ हजार १ सय जनाले औषधि सेवन गरेका छन् भने ६ हजार ४ सय जनाले सेवन गरेका छैनन् । यस वडामा औषधि सेवन दर ४९ प्रतिशत पुगेको छ, जुन नेपालगन्ज उपमहानगरपालिका भित्र कै उच्च दरमध्ये एक हो ।

वडा नम्बर ९ मा लक्षित १० हजार ८ सय जनामध्ये ४ हजार ९ सय जनाले औषधि सेवन गरेका छन् भने ५ हजार ९ सय जनाले सेवन नगरेका छन् । यहाँ औषधि सेवन दर ४५ प्रतिशत रहेको छ । वडा नम्बर १० मा लक्षित ९ हजार ३ सय जनामध्ये ४ हजार जनाले औषधि सेवन गरेका छन् भने ५ हजार ३ सय जनाले औषधि सेवन नगरेका छन् । यस वडामा औषधि सेवन दर ४३ प्रतिशत । वडा नम्बर ११ देखि २३ सम्मका वडाहरूमा करिब १ लाख ३० हजार जनसंख्या लक्षित गरिएकोमा करिब ५५ हजार जनाले मात्रै औषधि सेवन गरेका छन् ।

करिब ७५ हजार जनाले औषधि सेवन नगरेका छन्, जसका कारण यी वडाहरूमा औसत औषधि सेवन दर करिब ४२ प्रतिशतमा सीमित रहेको छ । समग्रमा हेर्दा नेपालगन्ज उपमहानगरपालिकाका कुनै पनि वडामा हात्तीपाइलेविरुद्ध औषधि सेवन दर ५० प्रतिशत नाघ्न सकेको छैन, जसले अभियानको प्रभावकारितामाथि गम्भीर प्रश्न उठाएको छ ।

यस्तै डुडुवा गाउँपालिका र नरैनापुर गाउँपालिकामा समेत उपब्धि हुन सकेको छन् । तर अन्य पालिकामा भन्दा नेपालगन्ज उपमहानगरपापिलकामा सबैको नजर परेको छ । शिक्षित व्यपारी लगायतका जनचेतना भएका मानिसहरुको बासोबास भएको शहरमा लक्ष्य पुरा नहुनु दुर्भाग्य रहेको स्थानीय रामकुमार वर्माले बताए । उनले भने, पश्चिम नेपाल कै ठुलो शहरमा लापरवाहीको चांग रहेका छ । जहाँ शिक्षाको व्यपार हुन्छ त्यही अशिक्षितहरु बासोबास छ भन्दा केही फरक पर्दैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *