
८१ लाख बढीमा निर्माण गरेका तीनवटा संगितमय सुलभ शौचालय मेयर राणाद्वारा उद्घाटन
नेपालगञ्ज । नेपालगन्ज उपमहानगरपालिकाको धम्बोझी चोक नजिकै अत्याधुनिक सुविधा सम्पन्न सार्वजनिक शौचालयको सोमवार उद्घाटन गरिएको छ । नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा. धवल सम्शेर राणाले नेपालगन्जको धम्बोझीमा स्वंचालित सार्वजनिक शौचालयको उद्घाटन गर्नुभएको हो । निर्माण भएको लामो समय भैसक्दा पनि सुचारु हुन नसकेको उक्त शौचालयलाई सोमवार एक कार्यक्रमका विच मेयर राणाले रिवन काटेर उद्घाटन गर्नुभएको छ । संगीतमय स्वचालित शौचालयको उद्घाटन गर्दै नेपालगञ्ज उप–महानगरपालिकाका प्रमुख डा. राणाले स्वचालित शौचालय संचालनमा आउनु मात्रै उपलब्धी नभएको भन्दै यसको सहि सदुपयोगमा जोड दिनुभयो । शौचालयलाई सफा राख्नु आफैमा चुनौतीपूर्ण हुने भन्दै प्रमुख राणाले सबैको साथ आवश्यक भएको बताउनुभयो । नगरको वडा नं. १२ स्थित रहेको उक्त शौचालयमा जाँदा ढोका आफै खुल्ने, हात देखाएपछि सावुन पानी आफै, र चर्पीमा बस्दा धुन बज्ने समेत रहेक...