Thursday, November 21सत्यम खबर
Shadow

उपयुक्त स्थान नै प्रदेश नं ५ को राजधानी बन्ने ः सभामुख घर्ती

सत्यम खबर
बाँके,२१ असोज । प्रदेश नं ५ का सभामुख पुर्ण घर्तीले बाँकेको कोहलपुरमा आयोजित एक कार्यक्रममा अब राजधानीको बहस शुरु भएको बताएका छन् । कोहलपुर नगरपालिका भित्रका संघसंस्था,नागरिक समाजका प्रतिनिधि,बिभिन्न राजनीतिक दलका नेता कार्यकर्ता सँगको छलफलका क्रममा सभामुखले राजधानीको बहस शुरु भएको बताएका हुन् ।
छलफलमा सहभागीले सरकार ,नेकपा पार्टी र प्रदेश नं ५ का सन्दर्भमा जिज्ञासा राखेका थिए । सभामुख घर्तीले राजधानी भौगोलिक सुगमता,प्रशासनिक सुगमता,वातावरणिय अनुकुलता र सुरक्षाको दृष्टिकोणले उपयुक्त स्थान नै प्रदेश नं ५ को राजधानी बन्ने दाबी गरे ।
सभामुख पुर्ण घर्तीले अबको समाजवाद कस्तो हो ? नेकपा भित्र बहस शुरु भएको पनि खुलासा गरे । नेकपा कोहलपुरका नेता खिल प्रसाद भुषालले नेकपा ठुलो पार्टी तथा दुई तिहाईको सरकार भन्ने जस्ता कुरालाई इंगित गर्दै हामीलाई आकारले नखाओस् भन्दै संगठन र सरकार बारे सचेत हुन आग्रह गरे ।
अर्का नेता तेजप्रसाद चापागाईले बाँके जिल्ला भित्रका क्षेत्रिय कार्यालय अन्यत्र सारिनु गलत भएको जिकिर गरे । पार्टी र सरकार बारे बोल्दै सभामुख घर्तिले अहिले सम्पुर्ण राजनीतिक दल र जनताको मुख्य कार्यभार भनेको संविधानको रक्षा गर्नु रहेको बताउदै संविधानको रक्षा गर्न नसके धर्म निरपेक्षता,संघियता र गणतन्त्र जोखिममा पर्ने बताए ।
नयाँ कानून ,नया संरचना मा प्रदेश सरकार रहेकाले सरकार सुस्त गतिमा देखिएको भन्दै अब सरकारको उपस्थिति जनताले गर्न पाउने गरि सरकार अघि बढेको बताए ।प्रदेश नं ५ मा मोनो रेल संचालन सम्बन्धी सर्भे को काम भईरहेको पनि सभामुख घर्तीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *