Friday, January 16सत्यम खबर
Shadow

मौसम

बाताबरण संरक्षणको लागि पदयात्रा प्रेस नोट

बाताबरण संरक्षणको लागि पदयात्रा प्रेस नोट

मौसम, समाचार
नेपालगन्ज, २४ चैत – हाल नेपाल भरी नै प्रदुशनको कारण बाताबरण गम्भिर असर पुगेको छ । यो असर पर्नको एक कारण मध्ये अत्याधिक रुपमा सवारी साधनको प्रयोग पनि हो । निजी सवारी साधन बाहक र अनाबश्यक यात्राको न्यूनिकरण गर्ने उद्देश्यका साथ भक्तपुर टुर्सले नियमित रुपमा पदयात्रा गर्ने गरेको छ ।यसै सन्दर्भमा नयाँ बर्ष २०७८ को अवसरमा सहरबासी नेपालीहरुलाई कम मात्रमा सवारी साधनमा यात्रा गर्ने सन्देश प्रवाह गर्न बैशाक १ गते ३३ पोखरी पदयात्राको आयोजना गरिएको छ । करीब ३३ हजार फीट लामो उक्त पद यात्रा सामान्य मानिसले ३ घन्टा ३३ मिनेट मा पुरा गर्ने गरेको छ । फोटोः गुगल पदयात्रा बिहान साढे सात बजे भक्तपुरको माहेश्वरी मन्दिरबाट सुरु हुनेछ । उक्त दिन भीड हुन नदिन दश दश जनाको समूहले एक एक मिनेटको अन्तरालमा यात्रा प्रारम्भ गर्नेछ । उक्त पदयात्रामा भक्तपुरका ३३ वटा साना ठुला पोखरीहरुको अवलोकन गर्न सकिन्छ ।यो यात्रा...
मौसमः तराईमा हुस्सु, पाहाडमा कुहिरो

मौसमः तराईमा हुस्सु, पाहाडमा कुहिरो

मौसम, समाचार
नेपालगन्ज, २ माघ – दक्षिण पूर्वी अरब सागरमा कायम रहेको न्युन चापीय क्षेत्रको प्रभावका कारण देशभर चिसो बढेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ भने देशका तराईका भू–भागमा बाक्लो हुस्सुरकुहिरो लागेको छ ।आज दिउँसो प्रदेश नं १, सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेशका धेरै भू–भागहरूमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू–भागमा आंशिक बदली रहनेछ । सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च हिमाली भू–भागका एक दुई स्थानमा हल्का हिमपात र प्रदेश नं १ एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । यस्तै, रातीसम्म प्रदेश १ र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका अन्य भू–भागहरुमा आंशिक बदली रहने देखिन्छ । गण्डकी प्रदेशका उच्च हिमाली भू–भागका एक दुई स्थानमा हल्का हिमपात र प्रदेश नं १ एक दुई स्थानमा हल्का वर्षाको सम्भावना...
उपत्यका र नेपालगन्जलाई अस्वस्थ वायुले एक्कासी कसरी ढाक्यो ?

उपत्यका र नेपालगन्जलाई अस्वस्थ वायुले एक्कासी कसरी ढाक्यो ?

प्रदेश ५, मौसम, शिक्षा/स्वास्थ्य, समाचार
पोखरा, २२ पौष – मौसममा आएको परिवर्तनसँगै मुलुकभर प्रदूषणको मात्रा बढेको पाइएको छ । मंगलबार उपत्यका र नेपालगन्जको वायु मानव स्वास्थ्यमा गम्भीर असर पुर्याउनेसम्मको स्तरमा पुगेको हो ।मंगलबार राति ९ बजे वायु गुणस्तर मापन केन्द्रले दिएको तथ्यांकअनुसार भैंसेपाटीमा अत्यधिक अस्वस्थ वायु रहेको पाइएको छ । वन तथा वातावरण मन्त्रालयअन्तर्गत वातावरण विभागले सञ्चालन गरेको वायुको गुणस्तर अनुगमन संयन्त्रले अत्यधिक जोखिमयुक्त वायु रहेको भैंसेपाटीको पार्टीकुलर म्याटर (पीएम) २÷५ को मात्रा २१९ दशमलव ३८ माइक्रोग्राम प्रतिघनमिटर रहेको थियो । यस्तै त्यसभन्दा कम वायु रहेको सहरका रूपमा नेपालगन्ज रहेको वातावरण विभागले जनाएको छ । विभागले दिएको तथ्यांकअनुसार नेपालगन्जमा पीएम २÷५को मात्रा १८९ दशमलव ६ माइक्रोग्राम प्रतिघनमिटर मापन गरिएको छ ।विभागले दिएको तथ्यांकअनुसार ‘रेड जोन’मा रहेका सहरहरूमा विराटनगर, जनकपुर, ...
वायु प्रदूषण : ५ बुँदे अपील जारी गर्दै स्वास्थ्य मन्त्रालयले भन्यो, ‘केही दिन मर्निङ वाक नगर्नू’

वायु प्रदूषण : ५ बुँदे अपील जारी गर्दै स्वास्थ्य मन्त्रालयले भन्यो, ‘केही दिन मर्निङ वाक नगर्नू’

मौसम, समाचार
काठमाण्डाै, २२ पाैष - स्वास्थ्य मन्त्रालयले मौसममा केहीदिनदेखि आएको परिवर्तनका कारण वायु प्रदूषण बढेको भन्दै मर्निङ वाक नगर्न आग्रह गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले एक अपिल जारी गर्दै यस्तो आग्रह गरेका छन् । “केही दिनदेखि मौसममा आएको परिवर्तनसँगै काठमाडौं उपत्यकाभित्रको वायु प्रदूषण निकै बढेको छ,” उनले भनेका छन्, “यसले श्वासप्रश्वासमा कठिनाईलगायत विविध स्वास्थ्य समस्याहरु देखा पर्दछ । वायु प्रदूषणका कारण जनस्वास्थ्यमा पर्नसक्ने प्रभावहरुलाई मध्यनगर गरी नेपाल सरकारले मापदण्डहरु तोक्न सक्ने व्यवस्था जनस्वास्थ्य सेवा ऐन २०७५को दफा ४० मा गरिएको छ । उक्त व्यवस्थाअनुसार मापदण्डहरु तोकी नसकिएको र हालको वायु प्रदुषणको अवस्थालाई मध्यनजर गरी आकस्मिकरुपमा निम्नअनुसारका काम गर्नुहुन सरोकारवाला सबैमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय हार्दिक अपिल गर्दछ ।” १–मर्निङवाकमा ज...
आगामी तीन दिनको मौसम कस्तो रहला ?

आगामी तीन दिनको मौसम कस्तो रहला ?

मौसम, समाचार
काठमाण्डौ, १७ पौष – जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार आज देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।यसैगरी, महाशाखाले आज बिहानको मौसमको अवस्थाबारे जानकारी दिँदै सुदूरपश्चिम प्रदेश लगायत कर्णाली, लुम्बिनी, गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको जनाएको छ । आगामी तीन दिनको मौसम पूर्वानुमानःपौष १७ गते (शुक्रबार)दिउँसोः प्रदेश १ र सुदूरपश्चिम प्रदेश का पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।रातिः प्रदेश १, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका पहाडी भूभाग साथै सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।पौष १८ गते (शनिबार)दिउँसोः लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा ...
‘लुम्बिनी र गण्डकी प्रदेशमा आंशिक बदली हुने’

‘लुम्बिनी र गण्डकी प्रदेशमा आंशिक बदली हुने’

प्रदेश ५, मौसम, समाचार
काठमाण्डौ, १६ पौष – पश्चिमी वायुको सामान्य प्रभावका कारण देशभरको तापक्रम घट्दो क्रममा रहेको छ । आज सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान महाशाखाले जनाएको छ । फाईल फोटो आज दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने अनुमान गरिएको छ । त्यस्तै, तापक्रममा हल्का गिरावट आई चिसो बढ्न सक्ने हुनाले त्यसबाट बच्ने उपाय अपनाउनसमेत महाशाखाको अनुरोध छ ।साथै तराईका अधिकांश भू–भागहरूमा तथा पहाडका केही भू–भागहरूमा बिहानीपख हुस्सु तथा कुहिरोको कारण वायुको पारदर्शितामा कमी हुन गई सडक तथा हवाई यातायात प्रभावित हुन सक्नेसमेत महाशाखाले जनाएको छ ।...
हिल्साको तापक्रम माइनस १५ डिग्री सेल्सियस

हिल्साको तापक्रम माइनस १५ डिग्री सेल्सियस

मौसम, समाचार, समाज
हुम्ला, १० पौष – हुम्लाको नाम्खा गाउँपालिकासँग जोडिएको चीनसँगको सीमाक्षेत्र हिल्साको कर्णाली नदीमा बरफ जमेपछि हिल्सामा रहेका सुरक्षाकर्मी र घर कुरुवालाई समस्या भएको छ ।चिसो अत्याधिक बढेको हिल्सामा हाल तापक्रम माइनस १५ डिग्री सेल्सियस पुगेको छ । नाम्खा–५ अन्तर्गत पर्ने हिल्सा क्षेत्रको कर्णाली नदीमा बरफ जमेर पानी नदेखिने भएको सीमा सुरक्षाका लागि बस्दै आएका हिल्सा (बिओपी) का इन्चार्ज सशस्त्र प्रहरी निरीक्षक सुरज केसीले बताए । Jomsom bazaar blanketed in snow, in Mustang, on Saturday. उनका अनुसार नदीमा पानी नदेखिएर बरफले सेताम्मे देखिने गरेको छ । यो क्षेत्रमा यतिखेर घाम नलाग्ने भएका कारण चौबिसै घण्टा नदीमा बरफ जम्ने गरेको छ ।नदीमा जमेको बरफमाथि चाहेमा वारपार गर्नसमेत सकिने भएको छ । चिसोका कारण नाकामा बस्दै आएका सशस्त्र प्रहरी र घर कुरुवा व्यक्तिहरुलाई बाहिर निस्किनसमेत समस्या भएको केसीले...
आगामी तीन दिनको मौसम : तराईमा हुस्सु र कहिरो, पहाडमा बर्षाको सम्भावना

आगामी तीन दिनको मौसम : तराईमा हुस्सु र कहिरो, पहाडमा बर्षाको सम्भावना

मौसम, समाचार
नेपालगन्ज, ५ पौष – काठमाडौँ र जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा उत्तर पश्चिमी वायुको प्रभाव रहेको छ ।हाल पुर्वी तराईका केही स्थानमा साथै मध्य र पश्चिमी तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो लागेको छ साथै प्रदेश १, गण्डकी तथा सदुरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहेको छ भने बाकि भूभागमा मौसम सामान्यतया सफा रहेको छ । आगामी तीन दिनको मौसम पूर्वानुमानपौष ५ गते (आइतबार) दिउँसो : प्रदेश नं १ र गण्डकी प्रदेशका भूभागहरुमा आंशिक बदली रही बाँकि भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।राती : कर्णाली प्रदेश, सुदुर पश्चिम प्रदेश तथा गण्डकी प्रदेशका भूभागहरुमा आंशिक बदली रही बाँकि भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।पौष ६ गते (सोमबार) दिउँसो : कर्णाली प्रदेश, सुदुर पश्चिम प्रदेश, लुम्बिनी प्रदेश तथा गण्डकी प्रदेशका भूभागहरुमा आंशिक देखि सामान्य बदली रही बाँ...
शीतलहर छल्न परालको सहारा

शीतलहर छल्न परालको सहारा

प्रदेश २, मौसम, समाचार, समाज
सीतापुर (सिरहा), ५ पौष – परालले छाएको सानो छाप्रो । एकातिर काठ र अर्कातिर परालकै बोझाले बारबेर गरेर चिसो भुइँमा बनाइएको डसना । त्यसमाथि पातलो सुकुल ओछ्याइको छ । नजिकै चिथ्रा परेका पुराना कपडा जोडेर बनाइएको ओढ्ने राखिएको छ । यो सिरहाको लक्ष्मीपुरपतारी गाउँपालिका–६ सीतापुरका परमेश्वर पासवानको ओछ्यान हो। गत वर्ष शीतलहरमा यस्तै ओछ्यानमा कठ्यांग्रिएर उनकी पत्नी माकोदेवी पासवानको मृत्यु भएको थियो । यसपटकको शीतलहर कसरी कटाउने चिन्ताले उनलाई सताएको छन् ।सुकुमबासी परमेश्वरसँग एकसरो लुगाका भरमा शीतलहर कटाउनुपर्ने बाध्यता छ । उनका लागि जाडोको सहारा घुर हो । तीन दिनदेखि चलेको शीतलहरका कारण परमेश्वरसँगै सुकुमबासी बस्तीका अन्य पनि आत्तिएका छन् । ऐलानी जग्गामा फुसको छाप्रो बनाएर परमेश्वरको परिवार बस्दै आएको छ। जेनतेन ओत लाग्ने ठाउँमा घुर बालेर जाडो छल्दै आएका उनलाई शीतलहरले निकै अत्याएको छ । उनले ...
आगामी तीन दिनसम्म कुन क्षेत्रको मौसम कस्तो रहला ? हेर्नुस् मौसम पूर्वानुमान

आगामी तीन दिनसम्म कुन क्षेत्रको मौसम कस्तो रहला ? हेर्नुस् मौसम पूर्वानुमान

मौसम, समाचार
काठमाण्डौ, २ पौष – काठमाण्डौ र जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कुनै उल्लेखनिय मौसमी प्रणाली छैन ।हाल पूर्वी तथा पश्चिमी नेपालको तराई भूभागमा हुस्सुरकुहिरो लागिरहेको छ ।– आगामी तीन दिनको मौसम पूर्वानुमान : पौष २ गते (बिहीबार)दिउँसो : प्रदेश नं १ तथा गण्डकी प्रदेशको पहाडी भूभागहरुमा आंशिक बदली रही बाँकि भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।राती : देशका पहाडी भूभागहरुमा आंशिक बदली रही बाँकि भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।पौष ३ गते (शुक्रबार)दिउँसो : देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकि भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।राती : प्रदेश नं १, लुम्बिनी प्रदेश तथा गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।पौष ४ गते (शनिबार)दिउँसो : प्रदेश नं १,बागमती प्रदेश तथा गण्डकी प्रदेशका भूभागहरुमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान...