Tuesday, October 22सत्यम खबर
Shadow

‘लुम्बिनी र गण्डकी प्रदेशमा आंशिक बदली हुने’

काठमाण्डौ, १६ पौष – पश्चिमी वायुको सामान्य प्रभावका कारण देशभरको तापक्रम घट्दो क्रममा रहेको छ । आज सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान महाशाखाले जनाएको छ ।

फाईल फोटो


आज दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने अनुमान गरिएको छ । त्यस्तै, तापक्रममा हल्का गिरावट आई चिसो बढ्न सक्ने हुनाले त्यसबाट बच्ने उपाय अपनाउनसमेत महाशाखाको अनुरोध छ ।
साथै तराईका अधिकांश भू–भागहरूमा तथा पहाडका केही भू–भागहरूमा बिहानीपख हुस्सु तथा कुहिरोको कारण वायुको पारदर्शितामा कमी हुन गई सडक तथा हवाई यातायात प्रभावित हुन सक्नेसमेत महाशाखाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *