Sunday, November 24सत्यम खबर
Shadow

मौसमः तराईमा हुस्सु, पाहाडमा कुहिरो

नेपालगन्ज, २ माघ – दक्षिण पूर्वी अरब सागरमा कायम रहेको न्युन चापीय क्षेत्रको प्रभावका कारण देशभर चिसो बढेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ भने देशका तराईका भू–भागमा बाक्लो हुस्सुरकुहिरो लागेको छ ।
आज दिउँसो प्रदेश नं १, सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेशका धेरै भू–भागहरूमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू–भागमा आंशिक बदली रहनेछ । सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च हिमाली भू–भागका एक दुई स्थानमा हल्का हिमपात र प्रदेश नं १ एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।


यस्तै, रातीसम्म प्रदेश १ र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका अन्य भू–भागहरुमा आंशिक बदली रहने देखिन्छ । गण्डकी प्रदेशका उच्च हिमाली भू–भागका एक दुई स्थानमा हल्का हिमपात र प्रदेश नं १ एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *