Friday, January 16सत्यम खबर
Shadow

मौसम

चन्द्रमाबाट माटो र टुंगोको नमूना लिएर फर्कियो चिनियाँ अन्तरिक्ष यान

चन्द्रमाबाट माटो र टुंगोको नमूना लिएर फर्कियो चिनियाँ अन्तरिक्ष यान

मौसम, यता पनि, विदेश
काठमाण्डौ, २ पौष – चन्द्रमाको सतहबाट माटो र टुंगाको नमूना लिएर चिनियाँ अन्तरिक्ष यान पृथ्वीमा फिर्ता भएका छन् ।चिनियाँ अन्तरिक्ष यान ‘चाङ ई–५’ बिहीबार बिहान साढे १ बजे मंगोलियामा अवतरण गरेको बीबीसीले जनाएको छ । तस्वीर : बीबीसी उक्त यानले चन्द्रमाको सतहबाट २ किलोग्राम ढुंगा र माटोको नमूना पनि ल्याएको छ ।चन्द्रमाको सतहबाट ढुंगा र माटोको नमूना झण्डै ४० वर्षपछि ल्याइएको हो ।यसअघि रूसको लुना–२४ नामक मिसनले सन् १९७६ मा चन्द्रमाको सतहबाट २०० ग्राम माटो लिएर फर्किएको थियो । त्यसअघि अमेरिकाको अपोले अन्तरिक्ष यानले पनि चन्द्रमाको सतहबाट ढुंगा लिएर फर्किएको थियो ।...
चिसो र शितलहरबाट बच्न प्रशासनले गर्नुपर्ने तयारीबारे ध्यानाकषर्ण

चिसो र शितलहरबाट बच्न प्रशासनले गर्नुपर्ने तयारीबारे ध्यानाकषर्ण

प्रदेश ५, मौसम, समाचार, समाज
नेपालगन्ज १ पौष – अहिले चिसोको मौसम शुरु भईसकेको छ । तराईको बाँके जिल्लामा पनि हरेक वर्ष चिसोले प्रत्यक्ष प्रभाव पार्ने गर्दछ । चिसो र शितलहरले यस क्षेत्रका विद्यालय, दैनिक मजदुरी गर्ने श्रमिक, बालबालिका तथा जेष्ठ नागरिक, असाहय तथा गरिबहरु बढी प्रभावित हुने गर्दछन् । यसैक्रममा बाँकेमा चिसो तथा शितलहरबाट बच्ने उपाय तथा पुर्व तयारी र योजनाका बारेमा बाँके प्रशासनको ध्यानकार्षण गराइएको छ । सूचना र मानवअधिकार अनुसन्धान केन्द्रका अध्यक्ष अधिबक्ता विश्वजित तिवारी नेतृत्वको नागरिक अगुवाहरुको टोलीले आज प्रमुख जिल्ला अधिकारी तथा जिल्ला आपतकालिन कार्य संचालन केन्द्रका संयोजक रामबहादुर कुरुम्बाङ्गलाई उक्त ध्यानाकर्षण पत्र प्रदान गरिएको छ ।चिसोबाट बच्ने उपाय तथा व्यवस्थापन र आमनागरिकको जिवन रक्षाका लागि तयारी तथा कार्यक्रम, विभिन्न सरोकारवाला निकायले चिसो तथा शितलहरका कारण मानव जीवनमा पर्न सक्ने...
मुलुकभर चिसो बढ्यो, यस्तो छ कारण

मुलुकभर चिसो बढ्यो, यस्तो छ कारण

मौसम
काठमाडौं, १२ मंसिर – पश्चिमी वायुको प्रभावले केही दिनयता प्रभावित मौसम शनिबारदेखि सुधार हुँदै जाने भएको छ । आज रातिदेखि पश्चिमी वायुको प्रभाव क्रमशः हटेर जाने भएकाले शनिबारदेखि देशभर मौसम सफा हुनेछ ।उक्त प्रणाली पश्चिम भूभागबाट बाहिरिने क्रम शुरु भइसकेकाले वर्षा हुने सम्भावना कमै रहेको मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो । मौसम सफा भएसँगै तापक्रम पनि निरन्तर घट्ने क्रम शुरु हुनेछ । आकाशमा बादल नभएर खुला हुनु, उत्तर पश्चिमी वायु बहनुजस्ता कारणले चिसो बढ्ने बताइएको छ । हाल देशका प्रदेश नं १ र २, वाग्मती र गण्डकीका अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ । प्रदेश नं १ र २, वाग्मती र गण्डकीमा आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रही बाँकी भूभागमा मौसम सामान्यतया सफा हुनेछ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उप...