चीनमा आँधीले तीन लाख मानिस विस्थापित
काठमाण्डौ, ११ श्रावण – चीनमा आएको गेमी आँधीका कारण करिब तीन लाख मानिस विस्थापित भएका छन् । विस्थापितलाई शुक्रबार चिनियाँ अधिकारीले सुरक्षित स्थानमा स्थानान्तरण गरेका छन् । हावाहुरीसँगै परेको वर्षाले पूर्वी चीनमा बिहीबार सार्वजनिक यातायात स्थगित भएका थिए भने ताइवानमा पाँच जनाको मृत्यु भएको छ ।
आठ वर्षमा ताइवानमा आएको सबैभन्दा शक्तिशाली आँधीका कारण बिहीबार ताईवानका केही सहरी भागहरूमा बाढी र डुबानको समस्या आएको छ ।
फिलिपिन्सको ताइवानतर्फ जाने बाटोमा आँधी र वर्षाका कारण ठाउँ ठाउँमा पहिरो गएको छ भने यसका कारण २० जनाको मृत्यु भएको छ ।
फिलिपिन्सको मनिलामा बिहीबार १४ लाख लिटर तेल बोकेको ट्याङ्कर समुद्रमा डुबेपछि इन्धनको प्रदूषण फैलिनबाट रोक्ने पहलहरू गरिएको छ ।
उक्त ट्याङ्कर बिहीबार बिहान चीनको पूर्वी फुजियान प्रान्तमा जाने क्रममा दुर्घटना भएको सरकारी सञ्चार माध्यमले जनाएको छ ।
चि...









