विराटनगर, २६ पौष – जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीले चुनाव गराउनका लागि नभई निरंकुशता लाद्नलाई संसद विघटन गर्दै निर्वाचन घोषणा गरेको आरोप लगाएका छन् ।
जसपाले शनिबार विराटनगरमा आयोजना गरेको जनप्रदर्शनलाई सम्बोधन गर्दै अध्यक्ष यादवले भने, ‘ओलीको चिन्तन निरंकुश पञ्चायतको भन्दा रत्तिभर फरक छैन । यो निर्वाचनका लागि होइन, तानाशाही, सर्वसत्तावाद र निरंकुशता लाद्न घोषणा गरिएको हो ।’
उनले ओली र उनका सहयोगीले चुनाव नगराउने पनि ठोकुवा गरेका छन् ।
‘संसद विघटन हुनेबित्ति कै सरकार कामचलाउ बन्छ’, उनले भने ‘तर, त्यही काम चलाउ हैसियतको सरकार धमाधम मन्त्री थप्छ । यति अनैतिक र असंवैधानिक काम गर्नेले चुनाव गराउनेभन्दा कसैले पत्याउँदैन’, उनले भने ‘ओली अहिले प्रवृत्ति र चरित्रको रूपमा देखा परेको छ । यसको विरोध हुनुपर्छ ।’
संसद विघटनको कदम खारेजीको माग गर्दै यादवले संविधान संशोधनले मात्रै अबको समस्या समाधान हुने दाबी पनि दोहो¥याएका छन् ।