कोरोना माथि आस्था भारी, माताको जयकाराले गुंजियो नेपालगन्ज
नेपालगन्ज, २ कार्तिक – नेपालगन्जको सुप्रसिद्ध शक्तिपीठ माता बागेश्वरी मंदिर रहेको यस नगर लगायत गाउँ गाउँमा शारदीय नवरात्रको रमझम शुरु भएको छ ।कोरोना कहरको बावजूद पनि श्रद्धालुहरुको जमघट भएको देख्न सकिन्छ । माता बागेश्वरीको पावन दर्शन गर्नका लागि बिहानैदेखि श्रद्धालु लामबद्ध बस्न शुरू गरेका थिए । यस अवसरमा बाँके, नेपालगन्ज क्षेत्र माता बागेश्वरीको जयकाराले से गूंजिएको छ ।
श्रद्धालुहरुको आस्थाको केन्द्र माता दुर्गाको विभिन्न पण्डाल शारदीय नवरात्रको लागि विशेष रूपले रंगबिरंगी फूलहरुले बिजुलीबत्तीले सजाइएको छ । घटस्थापनाको दिन विभिन्न स्थानहरुबाट बागेश्वरी मन्दिर पुगेका श्रद्धालुहरुको भारी भीड देखियो । शक्ति पीठमा सुरक्षाको पुख्ता प्रबन्ध गरिएको छ ।
बाँके जिल्लामा शारदीय नवरात्रको रमझम शनिबारबाट शुभारम्भ भएको छ । कोरोनाले गर्दा चैत नवरात्र हुन पाएको थिएन । यो कोरोना कालको बीच पहि...









