
नेपालगन्ज, ९ भाद्र – जय श्री राम शक्ति दल केन्द्र लाठी समितिले प्रत्येक वर्ष दसैँ मूर्ति विसर्जनको दिन हुने सडक प्रदर्शन खेलको लागि प्रशिक्षण शनिबारबाट शुभारम्भ गरेको छ ।
प्रमुख अतिथि विश्व हिन्दु परिषद नेपालगन्जका अध्यक्ष नवीनकुमार कसौधन, विशिष्ट अतिथि क्लबका संरक्षक विजयकुमार वैश्य तथा खेलका मुख्य प्रशिक्षक राजकुमार आर्यद्वारा द्वीप प्रज्वलन गरी विधिपूर्वक पूजा अर्चना गरी प्रशिक्षण कार्यक्रमको समुद्घाटन गरिएको थियो ।
जय श्रीराम शक्ति दल केन्द्र लाठी समितिका नवनिर्वाचित अध्यक्ष सुजीतकुमार कसौधनको अध्यक्षतामा भएको उक्त कार्यक्रममा क्लबले आफ्नो कार्यसमिति विस्तार गर्दै उपाध्यक्षमा उमेशकुमार वैश्य, कोषाध्यक्षमा पवन कमल, सचिवमा विशु गुप्ता वैश्यलाई चयन गरेको छ ।
यसैगरी सदस्यहरु क्रमश दिव्यंश वैश्य, आकाश गुप्ता, अनुज गुप्ता, दिपु वैश्य (राजु), रितेश वैश्य, राजु गुप्ताका साथै क्लबले आयोजना गरेको उक्त कार्यक्रममा आफ्नो नवनिर्वाचित सम्पूर्ण कार्यसमिति लगायत उपस्थित सम्पूर्ण अतिथि सहायोगी र पुराना खेलाडीहरुलाई सम्मान गरेको थियो ।
सम्मानित हुनेहरुमा क्रमश प्रमुख अतिथि नवीनकुमार वैश्य, विशिष्ट अतिथि विजयकुमार वैश्य, प्रशिक्षक राजकुमार आर्य, पूर्व अध्यक्ष राजकुमार वैश्य, उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष नन्दलाल वैश्य, प्रेस सेन्टर नेपालगन्जका सचिव आकाश कसौधन, कृष्णगोपाल वैश्य, नानु लखेर, सुशील कमल, पुरुषोतम वैश्य, निखिल वैश्य, विनोद गुप्ता, वीरेन्द्र सिंहलगायत नेपालगन्ज बाँकेका विभिन्न लाठी क्लबका प्रतिनिधिहरुलाई सम्मान गरिएको थियो ।
उक्त समुद्घाटन कार्यक्रम शनिबार नेपालगन्ज वडा नं ८ स्थित श्री महाकाली मन्दिर परिसरमा आयोजना गरिएको थियो ।