Wednesday, September 30सत्यम खबर
Shadow

खेल

खेलकुदमा राजनिती नगरौं : मन्त्रीअथक

खेलकुदमा राजनिती नगरौं : मन्त्रीअथक

आस्था, खेल, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, २२ भाद्र – युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले खेल क्षेत्रमा राजनीती नगर्न आग्रह गर्नु भएको छ । नेपाल भलिबल संघको नवौं चुनावी साधारण सभाको उद्घाटन गर्दै मन्त्री अथकले सहमतीबाट संघको नयाँ नेतृत्व चयन गर्न समेत आग्रह गर्नु भएको छ ।काठमाडौंको बबर महलस्थित कार्की ब्याङक्वेटमा आज बुधबार देखी सुरु भएको भलिबल संघको साधारणसभाको उद्घाटन गर्दै मन्त्री अथकले खेल क्षेत्रको संस्थागत विकासका लागि स्थापना भएका खेल संघहरु खेलकुद मै केन्द्रित हुनुपर्ने धारणा राख्नु भएको हो । खेल क्षेत्रको संस्थागत बिकासको अभिभारा बोकेका खेल संघमा देखिएको राजनैतिक विचलनतर्फ ईगित गर्दै मन्त्री अथकले भन्नुभयो, “तपाईहरु खेलकुदमा केन्द्रित हुनु होस, राजनिति गर्ने त विभिन्न पार्टी छदैंछन नि”नेपालमा खेलकुदलाई सामान्य क्रियाकलापका रुपमा मात्र हेर्ने प्रवृत्तिले खेलकुद क्षेत्रको विकासमा चुनौती थपिएको ब...
साफ महिला च्याम्पियनसिपको पहिलो खेलमा भुटानलाई हराउँदै नेपाल बिजयी

साफ महिला च्याम्पियनसिपको पहिलो खेलमा भुटानलाई हराउँदै नेपाल बिजयी

आस्था, खेल, प्रदेश ५, समाचार
काठमाण्डौ, २२ भाद्र – युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले काठमाण्डौंमा आयोजना गरीएको छैठौं महिला साफ च्याम्पियनसिप २०२२ को उद्घाटन गर्नु भएको छ । मंगलबारदेखी काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु भएको प्रतियोगिताको मन्त्री अथकले उद्घाटन गर्नुभएको हो ।प्रतियोगिता उद्घाटनका लागि पुर्वनिर्धारित समय (बेलुका ५ः३०) मा ठुलो वर्षा भएपनि मन्त्री अथकले निरन्तर वर्षा कै बिचमा प्रतियोगिताको उद्घाटन गर्नु भएको थियो । खेलाडी तथा अफिसीयलसँगै मैदानमा पुग्नु भएका मन्त्री अथकले वर्षाको प्रवाह नगरी झिज्दै प्रतियोगिताको उद्घाटन गर्दा दर्शकहरुले हुटिङ गरेर समर्थन जनाएका थिए । मन्त्री अथकले खेल रेफ्रीलाई बल हस्तान्तरण गरेर प्रतियोगिता उद्घाटन गरेसँगै मंगलबारदेखी प्रतियोगिता अन्तर्गतका खेलहरु ख्ेलाउन सुरु गरीएको छ । जस अन्तर्गत प्रतियोगिताको उद्घाटन खेल नेपाल र भुटान बिच सम्पन्न भएक...
खेलकुद मन्त्री अथकले महिला साफको उद्घाटन गर्ने

खेलकुद मन्त्री अथकले महिला साफको उद्घाटन गर्ने

आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौं, २१ भाद्र – युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले काठमाण्डौंमा हुने महिला साफ च्याम्पियनसिप २०२२ को उद्घाटन गर्ने भएका छन् ।काठमाडौंको दशरथ रंगशालामा मंगलबार हुने उद्घाटन समारोहमा मन्त्री अथकले सहभागीता जनाउनुहुने भएको छ । एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईले उद्घाटन सत्रमा मन्त्री अथकलाई दिएको निम्तो स्वीकार गर्नुभएको हो । एन्फाका अनुसार आज मंगलबार साँझ ५ः३० बजे सुरु हुने उद्घाटन खेलमा आयोजक नेपालले भुटानसँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगितामा सहभागी हुन सबै टोली नेपाल आइपुगेका छन् ।...
रंगशालाका लागि आवश्यक बजेट ब्यवस्थापन गर्ने प्रतिवद्धता

रंगशालाका लागि आवश्यक बजेट ब्यवस्थापन गर्ने प्रतिवद्धता

आस्था, खेल, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौं, २७ सावन – युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक)ले बाराको जीतपुरमा रहेको सिमरा रंगशालाको अवलोकन÷निरिक्षण गर्नुभएको छ । मधेष प्रदेश अन्तर्गत जितपुर सिमरा उपमहानगरपालिकामा रहेको उक्त मैदानको निरिक्षणका लागि बिहिबार सिमरा पुग्नुभएका मन्त्री अथकले मैदानको भौतिक संरचना र निर्माण पक्षको बारेमा समेत जानकारी लिनु भएको छ । करिब १४ बिगाहा क्षेत्रफलमा फैलीएको सिमरा रंगशालाको निर्माणधिन प्याराफिटको अनुगमन गर्दै मन्त्री अथकले बाँकी रहेको निर्माण कार्यलाई चाँडै अगाडी बढाईने बताउनुभयो । काठमाण्डौंदेखी सबैभन्दा नजिकको दुरीमा रहेको सिमरा रंगशाला निर्माण सम्पन्न भए राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका प्रतियोगिताहरु सञ्चालनमा सहजता हुने बताउँदै मन्त्री अथकले उक्त रंगशालाको विशेष महत्व रहेको उल्लेख गर्नुभयो । “रंगशाला निर्माणका लागि स्थानियस्तरबाट भएको प्रयास स्रहानिय छ, यसको पू...
बालपार्क निर्माण कार्य रोक्का, सबैको समन्वयमा निर्माण कार्य गर्ने प्रतिबद्धता जाहेर

बालपार्क निर्माण कार्य रोक्का, सबैको समन्वयमा निर्माण कार्य गर्ने प्रतिबद्धता जाहेर

आर्थिक, आस्था, खेल, धार्मिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २४ साउन – केही दिन अगाडी बागेश्वरी मन्दिरको पुर्वतर्फ रहेको खाली जग्गा संरक्षण गर्ने गरी बालपार्क निर्माण सुरु गरिएको कार्य आज नेपालगन्ज उपमहानगरपालिका उपमेयर कमरुद्दीन राईको निर्देशनमा रोकिएको छ ।उक्त खाली जग्गा संरक्षण गर्न निर्माण हुन लागेको बालपार्क, रेष्टुरेन्टलगायतको कार्य उद्घाटन गरिएकै दिनदेखि लगातार रुपमा त्यसको विरोध हुँदै आईरहेको विषयमा आज दिउँसो नागरिक समाजका अगुवा, कानुन विदहरु, नेपाल शिवसेनाका प्रतिनिधि, विश्व हिन्दु परिषदका प्रतिनिधि, सञ्चारकर्मीलगायतको सहभागितामा बैठक बसी निर्माण कार्य रोकिएको छ । बागेश्वरी मन्दिरको पुर्वतर्फको खाली जग्गामा सि.नं. ०३५१४५००७ को कि.नं. २ मा १ कठ्ठा २ धुर र कि.नं. ३ मा ३ कठ्ठा १ धुर जग्गा रहेको छ । यसैगरी सि.नं. ०३५१४५००२ को कि.नं. २१ मा ५ कठ्ठा ९ धुर जग्गा रहेको छ ।गत आईतबार नगर प्रमुख विष्टले शिलान्यास गरेका ५ कठ्ठा ९ धुर ज...
बागेश्वरी परिसरमा बाल पार्कको निर्माण सुरु

बागेश्वरी परिसरमा बाल पार्कको निर्माण सुरु

आस्था, कला/साहित्य, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार
नेपालगन्ज, २२ साउन – बागेश्वरी मन्दिरको पुर्वतर्फ रहेको खाली जग्गामा बाल पार्क (चिल्ड्रेन पार्क)को निर्माण सुरु भएको छ ।करिब ६ करोड रुपियाँ लागत अनुमान रहेको सो वाल पार्कको आईतबार नेपालगन्ज उप–महानगरपालिकाका प्रमुख प्रशान्त विष्टले शिलान्यास गर्नुभयो । यहि पुस ५ गतेभित्र निर्माण सम्पन्न गर्ने गरि एक करोड ८२ लाख रुपियाँमा उच्च कोटी गोरखनाथ बजरङ्ग जेभीले निर्माणको जिम्मा पाएको छ । भवन निर्माणको शिलान्यास गरेपछि नगर प्रमुख विष्ट, उपप्रमुख कमरुद्धिन राई र निमित्त प्रमुख प्रशासकीय अधिकृत गोर्खबहादुर थापाले समयभित्रै गुणस्तरयुक्त काम गर्ने निर्माण कम्पनीलाई आग्रह गर्नुभयो ।करिब ५.५ कट्ठा जग्गामा पहिलो चरणमा रेष्टुरेन्ट,पार्किङ, फुटपाथ, सटर सहित बालपार्कका लागि आधारभुत काम हुनेछ । डिपिआर अनुसार आधुनिक संरचना सहितको वाल पार्क र दुईतल्ले रेष्टुरेन्ट निर्माण गरिनेछ । यसको निर्माण सम्पन...
भारतको प्रो-कबड्डी लिगमा नेपालका खेलाडी १० लाख भारूमा आबद्ध

भारतको प्रो-कबड्डी लिगमा नेपालका खेलाडी १० लाख भारूमा आबद्ध

आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
काठमाण्डौ, २२ साउन –भारतको चर्चित कबड्‌डी लिग प्रो-कबड्डीमा नेपालका दुई खेलाडी आबद्ध हुन सफल भएका छन्। नवौं सिजनका लागि शुक्रबार र शनिबार अक्सन भएको थियो। अक्सनमार्फत नेपालका नागेश्वर थारू र लालमोहर यादवलाई बैंगलुरू बुल्सले टिममा आबद्ध गरेको हो।दुवै जना १०-१० लाख भारूमा टिममा आबद्ध भएका हुन्। यसअघि लालमोहरले गत सिजनको लिगमा पनि बैंगलुरूबाटै लिग खेलेका थिए। बैंगलुरुमा गत सिजन नेपालका अर्का खेलाडी सञ्जय श्रेष्ठ पनि आबद्ध भएका थिए। प्रो कबड्डी लिगमा बैंगलुरूसहित १२ टिम आबद्ध छन्। नवौं सिजन केही महिनापछि हुने तय छ। नवौं सिजनका लागि दुई दिन अक्सन गर्दै १२ टिमले खेलाडी भित्र्याएका छन्। जसमा अमिरहुसेन बास्तोमी सर्वाधिक रकममा आबद्ध भएका छन्। उनलाई हरियणाले ६५ लाख १० हजार भारूमा टिममा भित्र्याएको छ। सेतोपाटी...
विदेशमा सिकेको सिप नेपालमा सदुपयोग गरौं : मन्त्री अथक

विदेशमा सिकेको सिप नेपालमा सदुपयोग गरौं : मन्त्री अथक

आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, २२ साउन – युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक)ले युवा जनशक्तीलाई नेपाल मै रोक्नुपर्ने बताउनु भएको छ । पछिल्लो समय युवाहरु बिदेशिने क्रम बढीरहेको तर्फ ईगित गर्दै मन्त्री अथकले युवा शक्तिलाई स्वदेशमै रोक्न सरकारले प्रयास गरीरहेको बताउनुभएको हो । राष्ट्रिय युवा परिषद् अन्तर्गतको रिटर्नी युवा सञ्जालले शनिबार काठमाण्डौंमा आयोजना गरेको “बैदेशीक रोजगारबाट फर्केका युवाहरुको अवस्था, समस्या र सम्भाब्यता” सम्बन्धि छलफल कार्यक्रममा बोल्दै मन्त्री अथकले विदेशबाट फर्किएका युवाहरूलाई स्वरोगार र उत्पादनमा जोड्नुपर्ने बताउनुभयो । उहाँले स्वदेश मै केही गर्ने वातावरण सिर्जना गर्न सरकार प्राथमिकतापूर्वक लागिरहेकाले बिदेशमा सिकेको सिप नेपालमा सदुपयोग गर्न युवाहरुलाई आग्रह समेत गर्नुभयो । विभिन्न कालखण्डमा परिस्थितीवश बिदेशीएका युवाहरुलाई स्वदेशमै फर्कने वातावरण बनाउन सरकार लागि...
नवौं खेलकुदका लागि अर्थ मन्त्रालयसँग थप बजेट माग गर्ने निर्णय

नवौं खेलकुदका लागि अर्थ मन्त्रालयसँग थप बजेट माग गर्ने निर्णय

आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौं, १४ साउन – युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई तिब्र बनाउन निर्देशन दिनुभएको छ । निर्धारित मितिमै प्रतियोगिता संचालनकालागि हरेक दिन छलफल तथा अन्तरक्रिया गरीरहनुभएका मन्त्री अथकले शुक्रबार युवा तथा खेलकुदसँग सम्बन्धित विषयगत समितिको वैठक बोलाएर युद्धस्तरमा प्रतियोगिताको तयारीमा जुट्न निर्देशन दिनुभएको हो । नवौं राष्ट्रिय प्रतियोगितालाई केन्द्रमा राखेर आयोजना गरीएको बैठकले विभिन्न पाँच बुँदे निर्णय पारीत गरेको छ । सिंहदरबारस्थित मन्त्रालयको हलमा सञ्चालन गरीएको बैठकले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी तथा प्रभावकारीताकालागि हरेक प्रदेशमा आवश्यकता र उपलब्धताका आधारमा प्रशिक्षक तथा जनशक्ति उपलब्ध गराउने निर्णय गरेको छ । राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालनका लागि प्रदेशमा विनियोजित बजेट अपुग देखिएकाले प्रदेशक...
निष्कृय जनशक्तीलाई चलायमान गराउन मन्त्री अथकको निर्देशन

निष्कृय जनशक्तीलाई चलायमान गराउन मन्त्री अथकको निर्देशन

आस्था, खेल, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौं, १४ साउन – बैठक अघिको अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री अथकले देशभर निस्कृय अवस्थामा रहेका खेलकुदसँग सम्बन्धित जनशक्तीलाई चलायमान गराउन राष्ट्रिय खेलकुद परिषदलाई निर्देशन दिनुभएको छ ।राज्यको सेवा सुविधा लिएर निस्कृय बसेका कर्मचारीलाई नवौं राष्ट्रिय प्रतियोगितामा सदुपयोग गर्नुपर्ने बताउँदै मन्त्री अथकले सक्रिय रुपमा काममा लगाउन निर्देशन दिनुभएको हो । उहाँले नवौं राष्ट्रिय खेलकुदका लागि प्रदेशको तयारी अघि बढाउन सम्बद्ध प्रदेशका मन्त्री तथा सदस्य सचिवलाई आग्रह समेत गर्नुभएको थियो । संघ, प्रदेश र स्थानीय तह बीच (समन्वय तथा अन्तरसम्बन्ध) ऐन २०७७ मा व्यवस्था भए अनुसार युवा तथा खेलकुदसँग सम्बन्धित विषयगत समितिको वैठक बसेको हो । युवा तथा खेलकुद मन्त्री अथकको अध्यक्षतामा बसेको बैठकमा प्रदेशका मन्त्रीहरु, युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. दामोदर रेग्मी, राष्ट्रिय खेलकुद परि...