Wednesday, September 30सत्यम खबर
Shadow

खेल

मन्त्री अथकद्धारा मुलपानी रंगशालाको अनुगमन

मन्त्री अथकद्धारा मुलपानी रंगशालाको अनुगमन

आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौं, ३ साउन – युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक)ले निर्माणाधिन मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको अनुगमन गर्नु भएको छ । निरिक्षणका लागि सोमबार बिहान मुलपानी पुग्नु भएका मन्त्री अथकले निर्माणाधिन रंगशालाको निर्माण कार्य युद्धस्तरमा अघि बढाउन निर्देशन दिनु भएको छ । आगामी २ वर्ष भित्रै सम्पन्न हुने गरी निर्माण कार्य अगाडी बढाउन निर्देशन दिदैं मन्त्री अथकले गुणस्तरियताका लागि प्राविधिक पाटोलाई समेत ख्याल गर्नुपर्ने बताउनुभयो ।मन्त्रालयका सचिव डा. दामोदर रेग्मी र राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङसहित रंगशालाको निरिक्षणमा पुग्नु भएका मन्त्री अथकले खेलकुदलाई उद्योगको रुपमा विकास गर्नुपर्ने बताउँदै त्यसका लागि सबै खेलप्रेमीको इमान्दार प्रयासको आवश्यकता रहेको बताउनु भएको थियो । अनुगमन तथा निरक्षणका क्रममा मन्त्री अथकले त्यहाँ अभ्यासरत खेलाडीहरुसँ...
राष्ट्रिय एथलेटिक्स सुरु, मन्त्री अथकद्धारा उद्घाटन

राष्ट्रिय एथलेटिक्स सुरु, मन्त्री अथकद्धारा उद्घाटन

आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, १० असार - नेपाल एथलेटिक्स संघको आयोजनामा ४४ औं राष्ट्रिय एथलेटिक्स प्रतियोगिता शुक्रबारदेखी सुरु भएको छ । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले शुक्रबार काठमाण्डौ स्थित दशरथ रंगशालामा राष्ट्रिय एथलेटिक्स प्रतियोगिताको उद्घाटन गर्नुभएको छ । तिन दिनसम्म हुने प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री अथकले राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गरी तयारी गर्न खेलाडीहरुलाई आग्रह गर्नुभयो । प्रतियोगिताले उत्कृष्ठ खेलाडी उत्पादनमा महत्वपूर्ण भुमिका खेल्ने विश्वास ब्यक्त गर्दै मन्त्री अथकले उत्कृष्ठ प्रदशर्नका लागि सम्पूर्ण खेलाडीहरुलाई शुभकामना समेत दिनुभयो । नेपाल एथलेटिक्स एसोसियशनद्धारा आयोजित प्रतियोगितामा ३१ स्वर्णका लागि सात प्रदेश र तीन विभागीय टोली (आर्मी/प्रहरी/सशस्त्र) गरी १० टिमका २ सय ४० खेलाडीले प्रतिस्प्रर्धा गर्ने आयोजकले जनाएको छ ।...
बाँके भलिबलको नेतृत्वमा चन्द

बाँके भलिबलको नेतृत्वमा चन्द

आस्था, खेल, प्रदेश ५, समाचार, समाज
नेपालगन्ज, ८ असार - बाँके जिल्ला भलिबल संघको अधिवेशनले चिरन्जीवी चन्दको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । बुधवार भएको अधिवेशनले नयाँ नेतृत्व चयन गरेको हो । चन्द यसअघि उपाध्यक्ष थिए । संघको उपाध्यक्षमा रीता कोइराला, महासचिव यमनारायण महतो, कोषाध्यक्ष सुमनसिंह बस्नेत सर्वसहमत निर्वाचित भएका छन् । सदस्यहरुमा पुर्ण खत्री, चन्द्र राना, डिबी तामाङ, डिबी बस्नेत र मनिराम बटाला निर्वाचित भए । प्रदेश प्रतिनिधिमा कृष्णा पाठक र यमबहादुर महतारालाई चयन गरेको छ । नेपाल भलिबल संघका सचिव एवं केन्द्रिय प्रतिनिधि भिम ओलीको बिशेष उपस्थिति तथा लुम्बिनी खेलकुद परिषदका कार्यकारी सदस्य नरेन्द्र थापाको बिशेष आतिथ्यमा अधिवेशन सम्पन्न भएको हो । उक्त अधिवेशन भेलामा पुर्व अन्तर्राष्ट्रिय रेफ्री अजितकुमार शर्मा, पुर्व अग्रज खेलाडी एवं प्रशिक्षक लालबहादुर मल्ल, राजेश श्रीवास्तव र रोशन श्रेष्ठको उपस्थिति थिय...
खेलाडीलाई सम्मानगर्ने संस्कारको विकास गरौं : मन्त्रीअथक

खेलाडीलाई सम्मानगर्ने संस्कारको विकास गरौं : मन्त्रीअथक

आस्था, कला/साहित्य, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
काठमाण्डौं, ८ असार – युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक)ले खेलाडीहरुलाई सम्मान गर्ने संस्कारको विकास गर्नुपर्ने बताउनु भएको छ । मंगलबार ओलम्पिक दिवस २०२२ को अवसरमा काठमाण्डौंमा आयोजित विशेष कार्यक्रममा बोल्दै मन्त्री अथकले पुराना खेलाडीहरुलाई सम्मान गर्दै नयाँ खेलाडीहरुलाई प्रोत्साहन गर्ने संस्कारको विकास गर्नुपर्ने बताउनु भएको हो । नेपाल ओलम्पियन संघले आयोजना गरेको ओलम्पियनहरु बीचको पुनर्मिलन कार्यक्रममा मन्त्री अथकले ईतिहास बोलेका खेलाडीहरुलाई राज्यले उचित सम्मान दिन नसकेको भन्दै दुख समेत ब्यक्त गर्नु भयो । राज्यले खेलकुद क्षेत्रलाई हेर्ने दृष्टिकोण फरक रहेको उल्लेख गर्दै मन्त्री अथकले भन्नुभयो, “यो भन्दा तपाईहरुलाई आश्चर्य लाग्छ होला, तर सिंहदरबार खेलकुदप्रति सकारात्मक छैन ।”खेलकुदसँग सम्बन्धित फाईल रोक्नुलाई सिंहदरबार भित्र ठुलो उपलब्धीका रुपमा लिने गरीएको जिकिर गर्दै म...
नेपालगन्जका अग्रज खेलाडी सम्मानित

नेपालगन्जका अग्रज खेलाडी सम्मानित

आस्था, कला/साहित्य, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ८ असार – नेपाली खेलकुदका कुशल प्रशासक अशोकजंग थापाले पाँच दशक अघि मोफसलका खेलाडीले राष्ट्रिय स्तरका प्रतियोगिताहरुमा सहभागिता जनाउनु पर्दा गर्नुपरेको संघर्षका कथा सुनाउँदा सहभागीले निकै चासोका साथ सुने । ‘व्यक्तिव्यक्तिसँग पैसा उठाएर खेलाडीहरु प्रतियोगितामा भाग लिन जान्थे ।’ तत्कालीन भेरी अञ्चल खेलकुद विकास समितिका कार्यालय प्रमुख थापाले सुनाए– ‘मैले अञ्चलाधिसँग कुरा गरेर व्यवस्थित गराउन पहल गरें, बजेट अलग्गै छुटिन थाल्यो, बिस्तारै खेलाडीको पहुँच राजधानीसँग सहज हुँदै गयो ।’ उमेरले असीको दशक छुन लागेका थापा बुधवार नेपालगन्जमा सम्मानित भए । नेपाल ओलम्पिक कमिटी अन्तर्गत स्पोर्ट्स फर अलकमिसन (लुम्बिनी प्रदेश कमिटी) ले ओलम्पिक डेका अवसरमा पहिलो पुस्ताका ११ जना अग्रज खेलकर्मीलाई सम्मान गरेको हो । सम्मानित हुनेमा थापासँगै अजितकुमार शर्मा, रतन टण्डन, सच्चिदानन्द चौवे, विश्वनाथ चौ...
खेल क्षेत्रमा राजनीति नगर्नुहोस : मन्त्री अथक

खेल क्षेत्रमा राजनीति नगर्नुहोस : मन्त्री अथक

आस्था, खेल, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
काठमाण्डौं, ६ असार – युवातथा खेलकुदमन्त्री महेश्वर गहतराज (अथक)ले खेल क्षेत्रमा राजनीतिनगर्न आग्रहगर्नुभएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)को २१औं चुनावी साधारण सभाको उद्घाटन शत्रमाबोल्दै मन्त्रीअथकले एन्फामा देखिएको समस्या सहमतीमा समाधान गरेर अगाडी बढ्न आग्रह गर्नु भएको हो । राज्यले खेलकुदलाई प्राथमिकतामा राखेको उल्लेख गर्दै मन्त्री अथकले भन्नुभयो, “राज्यले फुटबलमा ठुलो लगानी गरिरहेको छ, विशेषगरी नेपालमा फुटबलका पूर्वाधारहरु नै बढि मात्रामा रहेका छन ।” यद्यपी नेपालमा खेलकुदलाई सामान्य क्रियाकलापका रुपमा मात्र हेर्ने प्रवृत्तिले खेलकुद क्षेत्रको विकासमा चुनौती थपिएको उहाँले बताउनुभयो । ‘नेपालमा एउटा चुनौती छ, खेलकुदको विषय बुझ्ने सिहंदरबारमा छैनन् । खेल सामान्य गतिविधि वा क्रियाकलापको क्षेत्र हो भन्ने बुझाइ छ । यसरी खेल क्षेत्रको विकास सम्भव छैन,’ मन्त्री अथकले भन्नुभयो ।खेल...
बाँकेबाट भोजराजले दिए एन्फा केन्द्रीय सदस्यमा उम्मेदवारी

बाँकेबाट भोजराजले दिए एन्फा केन्द्रीय सदस्यमा उम्मेदवारी

आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार
नेपालगन्ज, ७ जेष्ठ – बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले आसन्न अखिल नेपाल फुटबल संघ(एन्फा)को निर्वाचनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् । उनले शुक्रबार सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा सदस्यमा उम्मेदवारी दर्ता गराएका हुन । शुक्रबार एन्फाको अध्यक्षका लागि पंकज विक्रम नेम्वाड सहित ५ जनाले केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिएका छन । पश्चिम क्षेत्रको फुटबल विकासमा नेतृत्वदायी भुमिका खेलेका बाँके अध्यक्ष शाहीले विगत २५ वर्ष देखी बाँके जिल्ला फुटबल संघको विभिन्न पदमा रहेर काम गरेका छन । बाँके जिल्ला फुटबल संघमा सदस्यको रुपमा काम गरेका शाहीले दुइ कार्यकाल महासचिव र तेस्रो कार्यकालका लागि अध्यक्ष भएर नेतृत्व गरिरहेका छन ।बाँके जिल्लामा सुरुआतमा उनले ओशोनिक क्लब मार्फत ग्रासरुट कार्यक्रम संचालन गरेका थिए । जसले बाँकेमा आधा दर्जन खेलाडीलाई नेपाली महिला टोलीसम्म पुग्न सहयो...
फुटबल संघ बाँकेको पदभार ग्रहण सम्पन्न

फुटबल संघ बाँकेको पदभार ग्रहण सम्पन्न

आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ११ वैशाख – बाँके जिल्ला फुटबल संघको नवनिर्वाचित कार्यसमितिले पदभार ग्रहण गरेको छ । शनिबार एक कार्यक्रमका बिच निर्वाचन अपिल समितिका प्रमुख अधिवक्ता प्रभाकर भंटराई, नेपाल खेलकुद पत्रकार मंच बाँकेका अध्यक्ष जयनारायण शाह, पत्रकार महासंघ बाँके शाखाका पुर्व अध्यक्ष झलक गैरे लगायतले बाँके जिल्ला फुटबल संघको निर्वाचन कार्यसमितिका पदाधिकारीलाई प्रमाणपत्र प्रदान गरेका थिए । नवनिर्वाचित बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले बाँकेको फुटबलको विकासका निम्ति नयाँ टिमले उर्जाशील भएर काम गर्ने बताएका छन । पछिल्लो समय बिसम परिस्थितीका कारण चाहेर पनि फुटबलको विकासका निम्ति धेरै काम गर्न नसकेको बताउँदै अध्यक्ष शाहीले अबको नयाँ टिमले त्यसलाई पुर्ति गर्ने बताए ।उनले भने,‘म धेरै खुसी छु । हाम्रो टिममा सबै युवाहरु नेतृत्वमा आउनु भएको छ । अब बाँकेको फुटबलको भविष्य यो टिमको हातमा छ । मैले...
टी–२० श्रृंखला विजेता खेलाडीलाई जनही २ लाख पुरस्कारको घोषणा

टी–२० श्रृंखला विजेता खेलाडीलाई जनही २ लाख पुरस्कारको घोषणा

आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, १ बैशाख – त्रिकोणात्मक टी–२० श्रृंखला विजेता नेपाली टिमका खेलाडीहरु पुरस्कृत हुने भएका छन । चैत १४ देखि २१ गतेसम्म काठमाडौंमा भएको नेपाल, पपुवा न्युगिनी र मलेसियाबिचको श्रृखंलाको उपाधि बिजेता नेपाली खेलाडीहरु नगद राशीले पुरस्कृत हुने भएका हुन ।बुधबार बसेको मन्त्रिपरिषदको बैठकले नेपाली राष्ट्रिय टिमका खेलाडीह्रुलाई जनही २ लाख रुपौयाँले पुरस्कृत गर्ने निर्णय गरेको हो । युवा तथा खेलकुद मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषदको बैठकले श्रृंखला बिजेता खेलाडी तथा प्रशिक्षकहरुलाई पुरस्कृत गर्ने निर्णय गरेको हो । निर्णय अनुसार श्रृंखला खेलेका १६ खेलाडीले २–२ लाख नगद पुरस्कार पाउनेछन् भने मुख्य प्रशिक्षक पुबुदु दासानायकेले नगद १ लाख ५० हजार तथा अन्य अफिसियलले जनही १ लाख रुपैयाँ प्राप्त गर्ने छन ।युवा तथा खेलकुद मन्त्रालयले यसअघि समेत विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका प्रतियो...
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति तोकियो

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति तोकियो

आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, १ बैशाख – नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति तय भएको छ । बुधबार बसेको मन्त्रिपरिषदको बैठकले आगामी जेठ २२ देखी २८ गतेसम्म राष्ट्रिय खेलकुद प्रतियोगिता संचालन गर्ने निर्णय गरेको हो । युवा तथा खेलकुद मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषदको बैठकले प्रतियोगिताको मिति तय गरेको हो । गण्डकी प्रदेशको राजधानी तथा पर्यटकीय नगरी पोखरामा आयोजना गरीने प्रतियोगिताको मिति तय भएसँगै आवश्यक तयारी थाल्न युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले निर्देशन समेत दिनुभएको छ । प्रत्येक दुई वर्षमा आयोजना गर्ने लक्ष्य सहित सुरु गरिएको राष्ट्रिय खेलकुद प्रतियोगिताको नवौं संस्करण २०७७ मा आयोजना गर्नुपर्ने थियो । तर, विश्वव्यापी रुपमा फैलिएको कोभिड संक्रमणका कारण दुई वार्षदेखी संचालन हुन नसकेको प्रतियोगिता आगामी जेठमा सञ्चालन हुने भएको हो ।...