Tuesday, July 14सत्यम खबर
Shadow

आस्था

बस दुर्घटनाका घाइते यात्रीहरूलाई भेट्न भारतले केन्द्रीय मन्त्रीलाई पठाउदै

बस दुर्घटनाका घाइते यात्रीहरूलाई भेट्न भारतले केन्द्रीय मन्त्रीलाई पठाउदै

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
काठमाण्डौ, ८ भाद्र – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका-२ ऐनापहरास्थित मर्स्याङ्दी नदीमा शुक्रबार भएको बस दुर्घटनामा घाइते यात्रीहरूलाई भेट्न र मृतक शवहरू लिएर जान भारत सरकारले आफ्ना एक केन्द्रीय मन्त्रीलाई काठमाडौँ पठाउने भएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीको निर्देशनमा भारत सरकारकी युवा तथा खेलकुद राज्यमन्त्री रक्षा खडसे आज बिहान काठमाडौँ आउने भएकी छिन । उनका साथमा महाराष्ट्र जलगांवका एकजना विधायक पनि आउने जानकारी गराइएको छ । घाइते १६ भारतीय यात्रीको महाराजगंजस्थित टीचिंग अस्पतालमा उपचार हुदैछ । घाइते यात्रुको उपचारको लागि टीचिंग अस्पताल प्रशासनले विशेष व्यवस्था गरेको छ । दुर्घटनामा परेर सामान्य घाइते भएका ३ जनालाई काठमाडौँस्थित भारतीय दूतावासको समन्वयमा गोरखा निवास गेस्ट हाउसमा राखिएको छ । पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेट युपी ५३ एफटी ...
केन्द्रीय समितिलाई परराष्ट्रमन्त्रीको जानकारीः भारत भ्रमण सफल भयो

केन्द्रीय समितिलाई परराष्ट्रमन्त्रीको जानकारीः भारत भ्रमण सफल भयो

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
काठमाण्डौ, ८ भाद्र – परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपाली कांग्रेसको केन्द्रीय समितिलाई हालैको आफ्नो भारत भ्रमण सफल भएको जानकारी गराउनुभएको छ । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा राणाले आज बसेको केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै आफूले यही भदौ २ देखि ६ गतेसम्म गरेको भारत भ्रमण सफल भएको जानकारी दिनुभएको हो । नेपाल र भातरबीचको आपसी सद्भाव अभिबृद्धि गर्न यस भ्रमणले उल्लेखनीय भूमिका निर्वाह गरेको जानकारी पनि उहाँले दिनुभयो । परराष्ट्रमन्त्री डा राणा भारतको चार दिने औपचारिक भ्रमण सकेर बिहीबार स्वदेश फर्कनुभएको हो । कांग्रेस केन्द्रीय समितिको आजको बैठकमा उहाँले यस भ्रमणबाट दुई मुलुकका बीचमा रही आएको मैत्रीपूर्ण, सहयोगात्मक, बहुआयामिक र घनिष्ट सम्बन्धलाई मजबुत तुल्याउन योगदान पुगेको विश्वास आफूले लिएको पनि बताउनुभयो । उहाँले नेपालमा ठूला पार्टी मिलेर बनेको स्थायी प्रकृतिको सरकार...
“अभियानद्वारा चीनिया ऋण अनुदानमा बदल्ने सरकारी अनुरोधको स्वागत, बाँकी मागहरू पनि पूरा गर्न आग्रह”

“अभियानद्वारा चीनिया ऋण अनुदानमा बदल्ने सरकारी अनुरोधको स्वागत, बाँकी मागहरू पनि पूरा गर्न आग्रह”

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
काठमाण्डौ, ६ भाद्र - राष्ट्रिय एकता अभियानले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि चीनबाट लिइएको ऋणलाई अनुदानमा परिणत गर्न नेपाल सरकारले गरेको औपचारिक पत्राचारलाई स्वागत गरेको छ। अभियानले यो कदमलाई राष्ट्रको आर्थिक स्वाधीनता र दीर्घकालीन हितका लागि महत्त्वपूर्ण निर्णयको रूपमा लिएको छ। २०७७ सालदेखि नै राष्ट्रिय एकता अभियानले पोखरा विमानस्थलको ऋण व्यवस्थापन र यससँग सम्बन्धित अन्य राष्ट्रिय मुद्दाहरूमा निरन्तर आवाज उठाउँदै आएको छ। चीनसँग लिइएको ऋणलाई अनुदानमा बदल्न सरकारले गरेको पहललाई अभियानले आफ्नो दीर्घकालीन प्रयासको महत्त्वपूर्ण प्रगति भनेको छ। यद्यपि, अभियानले सरकारको यस कदमलाई मात्रै पर्याप्त नठानी, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलसँग सम्बन्धित अन्य बाँकी मागहरू पनि तत्काल पूरा गर्न जोडदार आग्रह गरेको छ। यसमा विमानस्थलको पूर्ण सञ्चालन, निर्माणमा भएको भ्रष्टाचारको छानबिन, न...
बंगलादेशमा संसदीय चुनाव हुनुपर्छ : महासचिव गुटरेस

बंगलादेशमा संसदीय चुनाव हुनुपर्छ : महासचिव गुटरेस

आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, ६ भाद्र – संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले बंगलादेशमा सक्दो छिटो संसदीय निर्वाचन हुनुपर्नेमा जोड दिएका छन् । उपप्रवक्ता फरहान हकमार्फत् विज्ञप्ति जारी गर्दै महासचिव गुटरेसले बंगलादेशमा सक्दो छिटो संसदीय निर्वाचन हुनुपर्ने बताएका हुन् । महासचिव गुटरेसले निर्वाचनलाई थप समावेशी बनाउन समेत बंगलादेशको अन्तरिम सरकारलाई आह्वान गरेका छन् । उनले निर्वाचन प्रक्रियामा महिला र अल्पसङ्ख्यक समुदायको प्रतिनिधित्व मजबुत हुनुपर्ने उल्लेख गरेका छन् । हिंसात्मक आन्दोलनसँगै प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देश छाडेसँगै बंगलादेशमा नोबेल पुरस्कार विजेता अर्थशास्त्री मोहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन भएको छ । अन्तरिम सरकारले सत्ता सम्हाले पनि त्यहाँ हिन्दू धर्मावलम्बीसहित अल्पसङ्ख्यक समुदायविरुद्ध हिंसाका घटना बढिरहेको बताइएको छ । यससँगै बंगलादेशमा कहिले...
भारत विश्वको तेस्रो ठूलो अर्थतन्त्र बन्ने दिशामा अग्रसर छ : मोदी

भारत विश्वको तेस्रो ठूलो अर्थतन्त्र बन्ने दिशामा अग्रसर छ : मोदी

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
काठमाण्डौ, ६ भाद्र – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो मुलुक विश्वको तेस्रो ठूलो अर्थतन्त्र बन्ने दिशामा अघि बढिरहेको बताएका छन् । राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले आफ्नो सरकारले लागू गरेका आर्थिक सुधारका कारण मुलुक तेस्रो ठूलो अर्थतन्त्र बन्ने दिशामा अघि बढिरहेको बताएका हुन् । उनले सन् २०४७ सम्म ‘विकसित भारत’ को लक्ष्य हासिल गर्न सरकारले आर्थिक सुधारका कदम चालिरहेको उल्लेख गरेका छन् । भारतीय समाचार संस्था एएनआईका अनुसार प्रधानमन्त्री मोदीले पछिल्ला केही वर्षयता आफ्नो सरकारले मुलुकको बैंकिङ क्षेत्रको सुधारमा काम गरिरहेको जानकारी दिए । उनले पछिल्लो समय भारतको बैंकिङ क्षेत्र विश्वमै मजबुत स्थान रहेको समेत उल्लेख गरे । लघु, साना एवम् मध्यम उद्यमका लागि बैंकिङ क्षेत्र मेरुदण्डको रुपमा स्थापित भएको उनको भनाइ छ । सन् २०२३–२४ मा भारतको समग्र बैंकिङ क्षेत्रको कु...
भारतबाट फर्किएपछि परराष्ट्रमन्त्रीको टिप्पणी- सम्बन्ध अझै बलियो र सुदृढ बनाएँ

भारतबाट फर्किएपछि परराष्ट्रमन्त्रीको टिप्पणी- सम्बन्ध अझै बलियो र सुदृढ बनाएँ

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
काठमाण्डौ, ६ भाद्र – भारतको चार दिने भ्रमण सकेर परराष्ट्रमन्त्री डा. आरजु राणा बिहीबार अपरान्ह देउवा स्वदेश फर्किएकी छन् । मन्त्री राणालाई त्रिभुवन विमानस्थलमा पर्यटनमन्त्री बद्री पाण्डेले स्वागत गरेका छन् । त्यसक्रममा क्रममा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग गरेको भेटवार्ताबारे जानकारी दिइन् । भेटमा नेपाल र भारतबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ तुल्याउने र आपसी हितका विषयमा विद्यमान सहकार्य विस्तार गर्ने सम्बन्धमा विचार आदानप्रदान गरेको बताइन् । मन्त्री राणाले आफ्नो भारत भ्रमणले नेपाल र भारतबीच आपसी सद्भाव अभिवृद्धि गर्न उल्लेखनीय भूमिका निर्वाह गरेको दाबी गरेकी छन् । यस्तै, भ्रमणले आगामी दिनमा उच्चस्तरको भ्रमण आदानप्रदान गर्न सहयोग पुग्ने पनि उनले विश्वास जनाएकी छन् । भ्रमण अवधिभर भारत सरकारबाट प्राप्त आतिथ्यता र स्वागतका लागि भारत सरकारका विदेशमन्त्री ...
कोलकोता बलात्कार-हत्या प्रकरण: सर्वोच्चले स्वज्ञान लिदै दियो विभिन्न आदेश

कोलकोता बलात्कार-हत्या प्रकरण: सर्वोच्चले स्वज्ञान लिदै दियो विभिन्न आदेश

अपराध, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
काठमाण्डौ, ६ भाद्र – भारतको कोलकोतामा महिला डाक्टरमाथि बलात्कारपछि भएको हत्याको घटनाले सिंगो भारतसहित अन्तर्राष्ट्रिय स्तरमै स्तब्ध बनाएको छ । यो घटनापछि भारतभरका स्वास्थ्यकर्मी आन्दोलित भएका छन् भने घटनापछि प्रदेश सरकारको कदम बारे आलोचना भइरहेको बेला यस घटनामा सर्वोच्च अदालतले स्वस्फुर्त हात हालेको छ । सर्वोच्च यस विषयमा आफैँले संज्ञान लिएर सुनुवाई गरेको हो । प्रधानन्यायाधीश डीवाई चन्द्रचुडको अध्यक्षताको इजलासले यस विषयमा सुनुवाइ गर्दै अस्पतालको सुरक्षा, महिला स्वास्थ्यकर्मीहरुलाई कार्यस्थलमा दिनुपर्ने सुरक्षाको विषयमा महत्वपूर्ण आदेश दिएको छ । समाचार एजेन्सी पीटीआईका अनुसार सर्वोच्चले घटनाक्रम हेर्दा अपराध बिहानै पत्ता लागेको जस्तो देखिएको बताउदै मेडिकल कलेजका प्रिन्सिपलले यसलाई आत्महत्या भन्न खोजेको देखिएको टिप्पणी गरेको छ । आफ्नो आदेशमा सर्वोच्चले भनेको छ- 'अधिकांश युवा डाक्टरहरू...
युक्रेनको दाबी – अहिलेसम्म ६ लाख रुसी सैनिक मारिए

युक्रेनको दाबी – अहिलेसम्म ६ लाख रुसी सैनिक मारिए

आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, ६ भाद्र – रुस–युक्रेन युद्धमा ६ लाखभन्दा बढी रुसी सैनिकको मृत्यु भइसकेको छ । युक्रेनी वेबसाइट किभ इन्डिपेन्डेन्टका अनुसार, युक्रेनी सेनाका जनरल स्टाफले भने कि २४ फेब्रुअरी २०२२ मा युक्रेनमा भएको आक्रमण पछि ६ लाख ३ हजार १० रूसी सैनिकहरूले आफ्नो ज्यान गुमाएको उल्लेख छ । गत साढे दुई वर्षमा युक्रेनले ८ हजार ५२२ रुसी ट्याङ्क, १६ हजार ५४२ बख्तरबंद गाडी, १७ हजार २१६ आर्टिलरी प्रणाली, एक हजार १६६ रकेट प्रणाली, ९२८ वायु रक्षा प्रणाली, ३६७ हवाइजहाज, ३२९ वटा हेलिकप्टर, ३२८, हेलिकप्टर, ३६६ रकेट ध्वस्त गरेको जनरल स्टाफले टेलिग्राममा बताएका छन् । साथै एक एक जहाज र पनडुब्बी ध्वस्त गरिएको युक्रेनले दाबि गरेको छ । यसैबीच मंगलबार १२ सय १० रुसी सैनिक मारिएको दाबी युक्रेनले गरेको छ । त्यस्तै रुसी सेनाले सामाजिक सञ्जालमा मंगलबार मात्र २ हजारभन्दा बढी युक्रेनी सैनिक मारिएको दाबी गरेको छ । कुर्...
गाईजात्रा महोत्सवमा सहभागीलाई लायन्स क्लबद्वारा जुस खुवाईयो (फोटोफिचरसहित)

गाईजात्रा महोत्सवमा सहभागीलाई लायन्स क्लबद्वारा जुस खुवाईयो (फोटोफिचरसहित)

आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ४ भाद्र – नेवाः संस्कृति र परम्परा अनुसार आज मंगलवार गार्ईजात्रा साःपारु महोत्सव नेपालगन्जमा भव्य रुपले मनाईएको छ । नेवाः संस्कृति र परम्परा गाईजात्रा महोत्सव बिहान ८ बजेबाटै सुर्खेतरोड स्थित स्वस्तिक कटेज रेष्टुरेन्टमा भेला भई मनाउने तयार गरिएको भएपनि बिहान परेको अबिरल वर्षाका कारण केही ढिलो हुन पुगेको थियो । वर्ष निकास भएपछि शुरु भएको नेवाः संस्कृति र परम्परागत रुपमा मनाईने गाईजात्रा महोत्सव भुरे स्कुल घरवारी टोल हुँदै धम्बोझी चोकबाट सेतुबिक चोक, न्यूरोड हुँदै बागेश्वरी मन्दिरको पार्कमा समापन गरिएको नेवा देय दबू, बाँकेका निवर्तमान संस्थापक अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । नेवाः पुचः बाँकेको आयोजना तथा नेवाः देय दबू, बाँके लगायत सबै नेवाः गुठीहरुको सहआयोजनामा सम्पन्न उक्त गाईजात्रा कार्यक्रममा समस्त नेवार तथा गैर नेवार समुदायलाई सहभागिताको ला...
धार्मिक भ्रमणमा नेपाल आउन चाहन्छन् मोदी, त्यसपछि ओलीलाई निम्तो

धार्मिक भ्रमणमा नेपाल आउन चाहन्छन् मोदी, त्यसपछि ओलीलाई निम्तो

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, ४ भाद्र – परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले सोमबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमण निम्तो दिएकी छन् । भारतीय समकक्षी एस.जयशंकरको निमन्त्रणामा भारत गएकी राणाले सोमबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीले पठाएको निम्तो मोदीलाई हस्तान्तरण गरेकी हुन् । सोमबार दिउँसो समकक्षीसँग भेटवार्ता गरेकी उनले साँझ प्रधानमन्त्री मोदीसँग भेटवार्ता गरेको परराष्ट्र मन्त्रालयले जानाएको छ । मन्त्री राणा र भारतीय प्रधानमन्त्री मोदीबीच ४५ मिनेट भेटघाट भएको हो । भेटमा दुई देशको आपसी सम्बन्ध, सहयोग, साझेदारी तथा नेपाल–भारत सहकार्यलाई थप सुदृढ गर्नेबारे छलफल भएको दुवै देशका परराष्ट्र मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ । भेटका क्रममा राणाले ओलीले पठाएको भ्रमणको निम्तो पत्र मोदीलाई हस्तान्तरण गरेको सामाजिक सञ्जाल एक्समा लेखेकी छन् । निम्तो पत्र लिँदै मोदीले पनि नेपाल आउने कुरामा...