Tuesday, July 14सत्यम खबर
Shadow

आस्था

साहित्य प्रतिष्ठानको स्वागत सम्मान ब्रह्माकुमारीमा

साहित्य प्रतिष्ठानको स्वागत सम्मान ब्रह्माकुमारीमा

आस्था, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ९ भाद्र – हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरको सम्पन्न पाँचौं अधिवेशनबाट सर्वसम्मत रूपमा निर्वाचित एघार सदस्यीय कार्यसमितिका अध्यक्ष लगायत सम्पूर्ण पदाधिकारी सदस्यज्यूहरूलाई हार्दिक बधाई र कार्यकालको पूर्ण सफलताको शुभकामना व्यक्त गर्दै ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय एवं राजयोग प्रशिक्षण केन्द्र, नेपाल, शाखा कोहलपुरको आयोजनामा सम्पूर्ण टीमको स्वागत सम्मान एवं स्नेह मिलन कार्यक्रम संस्थाका केन्द्रीय उपाध्यक्ष एवं क्षेत्रीय प्रमुख राजयोगिनीनी ब्रह्माकुमारी दुर्गा दिदीको अध्यक्षता, नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य हरितिमिल्सिनाको प्रमुख आतिथ्यता, भेरी साहित्य समाज, केन्द्रीय समितिका अध्यक्ष ईन्द्रबहादुर बस्नेत, साहित्यकार सल्लाहकार सागर गैरे, दामोदर पौडेल, नेपालका प्रसिद्ध गजलकार हुकुम धड्कन, पूर्णिमा साहित्य प्रतिष्ठान, कोहलपुरका अध्यक्ष पुस्कर रिजाल, उपाध्यक्...
एउटै कार्यालयमा दुई वर्ष कार्य अवधि पुगेका सबै अधिकृतको सरुवा

एउटै कार्यालयमा दुई वर्ष कार्य अवधि पुगेका सबै अधिकृतको सरुवा

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
नेपालगन्ज, ९ भाद्र – लुम्बिनी प्रदेश सरकार वन तथा वातावरण मन्त्रालयले १ सय २४ जना कर्मचारीको सरुवा एकैपटक गरेको छ । लुम्बिनी प्रदेश सरकारको नीति अनुसार वन तथा वातावरण मन्त्री बादशाह कुर्मीले अधिकृतस्तर आठौं सम्मका कर्मचारीको सरुवा गरेका हुन् । वन तथा वातावरण मन्त्री कुर्मीले गरेको निर्णय प्रदेशको सरकारको नीति अनुसार हाल सम्मकै ऐतिहासिक निर्णय हो । दुई वर्ष अवधि पुगेका कर्मचारीलाई सरुवा गर्ने नीति प्रदेश सरकारको रहेको छ । तर त्यसको त्यसको कार्यान्वयन कुनै पनि मन्त्रालयले गरेका थिएनन् । प्रदेश सरकारले हरेक वर्ष भदौं ७ गते सम्म कर्मचारी सुरुवा गर्नुपर्ने नीति बनाएको छ । त्यही नीतिलाई पालना गर्दै मन्त्री कुर्मीले एउटै कार्यालयमा दुई वर्ष भन्दा धेरै कार्यरत कर्मचारीहरुको सरुवा गर्नु भएको हो । मन्त्रालयले सार्बजानिक गरेको सरुवा लिष्टमा दुई बर्ष भन्दा बढी कार्यरत सबै अधिकृत र रेन्जरहरुको सरुवाम...
छाडा छाडिएका ६४ पशुचौपाया काञ्जी हाउस पुर्याइयो

छाडा छाडिएका ६४ पशुचौपाया काञ्जी हाउस पुर्याइयो

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ९ भाद्र – नेपालगन्ज उपहानगरपालिकाले नगरमा छाडा छाडिएका पशुचौपाया व्यवस्थापन गर्न थालेको छ । यो समयमा बर्षेनी सडकमा छाडा पशुचौपायाको संख्या बढ्ने गर्दछ । जथाभावी रुपमा पशुचौपाया छाडा छाडिदिँदा दुर्घटनाको जोखिम बढेपछि ब्यवस्थापन गर्न थालिएको हो । शनिबारदेखि नगरका छाडा पशुचौपायालाई धपाउँदै काञ्जी हाउस लैजान थालिएको छ । शनिबार विहान छाडा छाडिएका ६४ वटा पशु वडा नम्बर २१ विर्तास्थित काञ्जी हाउसमा लगिएको नगर प्रहरी प्रमुख सूर्य बहादुर बोगटीले जानकारी दिनुभयो । ती मध्ये गाईगोरु ५२ वटा र घोडा १२ वटा छन् । जिल्ला प्रहरी कार्यालय बाँकेको सहयोगमा नगर प्रहरीले नगरका विभिन्न स्थानमा छाडा छाडिएका पशुचौपाया एकत्रित गरेर काञ्जी हाउस पुर्याएको हो । नेपालगन्ज उपमहानगरपालिकाले छाडा पशुचौपाया व्यवस्थापन कार्यमा सहयोगका लागि जिल्ला प्रहरी कार्यालय बाँकेलाई धन्यवाद दिएको छ । नगर प्रमुख प...
खजुरामा १९ औं तीज महोत्सव हुने, तयारीलाई तीब्र पारियो

खजुरामा १९ औं तीज महोत्सव हुने, तयारीलाई तीब्र पारियो

आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
खजुरा, ८ भाद्र – विगत १८ वर्षदेखि निरन्तर तीज महोत्सवको आयोजना हुँदै आएको बाँकेको खजुरामा यस वर्ष पनि तीज महोत्सवको १९ औं सृङ्खला हुने भएको छ । यस वर्ष धार्मिक पर्यटनको केन्द्र बनाउने उद्देश्यसहित खजुरामा संकल्प गरिएको लक्ष्मीनाराण दिब्यधामको निर्माण सहयोगार्थ महोत्सव गर्न लागिएको आयोजकले लक्ष्मी नारायण मन्दिर व्यवस्थापन समितिले जनाएको छ । पश्चिम नेपाल कै एकमात्र विराट लक्ष्मीनारायण दिब्यधाम निर्माणको सहयोगार्थ महिलाहरुको महान पर्व हरितालिका तीजका अवसरमा १९औ तीज महोत्सव २०८१ गर्न लागिएको समितिका अध्यक्ष शिवराज श्रेष्ठले बताए । परापूर्वकालदेखि खजुरामा हुँदै आएको तीजको जमघटलाई विगत १८ वर्षदेखि महोत्सवकारुपमा खजुरामा आयोजना गरिँदै आएको स्मरण गर्दै अध्यक्ष श्रेष्ठले यसवर्षको महोत्सव धार्मिक उद्देश्य र मौलिकता प्रवर्द्धनमा केन्द्रीत हुने बताए । हराउँदै गएको मौलिकतालाई जोगाउन यसवर्ष पू...
हिन्दु राष्ट्र कायम गराउन सभापति देउवालाई कांग्रेस सांसद्‌को ज्ञापनपत्र

हिन्दु राष्ट्र कायम गराउन सभापति देउवालाई कांग्रेस सांसद्‌को ज्ञापनपत्र

आस्था, धार्मिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
काठमाण्डौ, ८ भाद्र – सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई पार्टी केन्द्रीय सदस्य एवम्‌ तनहुँ-२ बाट निर्वाचित सांसद्‌ शंकर भण्डारीले हिन्दु राष्ट्र कायम गराउन ज्ञापनपत्र बुझाएका छन्‌ । भण्डारीले ‘नेपाली कांग्रेस सनातन हिन्दूराष्ट्र्र महाअभियान केन्द्रीय समन्वय समिति’को संयोजकका हैसियतले देउवालाई हिजो (बिहीबार) सो ज्ञापनपत्र बुझाएका हुन्‌ । ज्ञापनपत्रमा उनले नेपाललाई धार्मिक स्वतन्त्रता सहितको वैदिक सनातन (हिन्दु) राष्ट्र नेपाल कायम गराउनुपर्ने उल्लेख गरेका छन्‌ । दोस्रो जनआन्दोलनपछि पुनःस्थापित संसद्ले २०६३ जेठ ४ गते बौद्ध एवम् किरात धर्म, दर्शन, संस्कृति, वोन, जैन, सिख आदि सहित ९४ प्रतिशत भन्दा बढी वैदिक सनातन हिन्दू धर्म र संस्कृतिमा आस्था र विश्वास राख्ने नेपाली जनताको भावनालाई पूरै उपेक्षा गरी धर्म निरपेक्ष राष्ट्र घोषणा गरेको भण्डारीले दाबी गरेका छन्‌ । सो घोषणा र...
बंगलादेशको अन्तरिम सरकारका लागि अनुभवहीनता र संगठनात्मक कमजोरी मुख्य बाधक

बंगलादेशको अन्तरिम सरकारका लागि अनुभवहीनता र संगठनात्मक कमजोरी मुख्य बाधक

आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, ८ भाद्र – कुनै पनि देशको सरकार ढाल्न विद्यार्थी राजनीतिले प्रमुख भूमिका खेल्न सक्छ । बंगलादेश यसको उत्कृष्ट उदाहरण हो। तर, यस्तो विद्यार्थी आन्दोलन सरकार चलाउन सफल भएको इतिहासको पानामा कुनै प्रमाण पाउन मुस्किल छ । गैरसरकारी संस्थाको व्यवस्थापन र देश सञ्चालन गर्ने बीचमा पनि ठूलो खाडल छ । कुनै पनि देशको लोकतान्त्रिक व्यवस्थामा राजनीतिक अनुभव र संगठनात्मक सीप धेरै महत्त्वपूर्ण हुन्छ। बंगलादेशको सन्दर्भमा अन्तरिम सरकारको अनुभवको अभाव सुरुदेखि नै प्रस्ट हुन्छ । अवामी लिग विरुद्ध जनताको संचित आक्रोशले उनीहरुलाई अहिलेको लागि प्रशंसा पाउन गाह्रो छैन। तर नोबेल पुरस्कार विजेता प्रोफेसर मुहम्मद युनुस र उनको अन्तरिम सरकारका सामु ठूला चुनौतीहरू छन्। सरकार गठन भएको नौ दिनभित्रै सल्लाहकारको कार्यालय परिवर्तन गर्नुपर्ने भएकाले अन्तरिम सरकारमा अनुभवको अभाव देखिएको छ । योसँगै सेना र बिएनपी-जमा...
चीनलाई सरकारको आग्रहः पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ऋण अनुदानमा परिणत गर्नुपर्‍यो

चीनलाई सरकारको आग्रहः पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ऋण अनुदानमा परिणत गर्नुपर्‍यो

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
काठमाण्डौ, ८ भाद्र – सरकारले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा लिइएको ऋणलाई अनुदानमा परिणत गर्न चिनियाँ पक्षलाई आग्रह गरेको छ। अर्थ मन्त्रालयले ऋणलाई अनुदानमा परिणत गर्न आग्रह गर्दै चिनियाँ पक्षलाई पत्र लेखेको छ। अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थ मन्त्रालय अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख धनीराम शर्माले सो पत्र चीन अन्तर्राष्ट्रिय विकास सहयोग निकायका उपाध्यक्ष याङ वेईकुनलाई हस्तान्तरण गरेका हुन्। पत्र हस्तान्तरण गर्नु अघि उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चीन नेपालको असल छिमेकी भएको र नेपालको अर्थतन्त्रको अवस्थालाई विशेष ध्यान दिँदै पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा लिइएको ऋणलाई अनुदानमा बदल्न चिनियाँ पक्षलाई आग्रह गरे। उनले नेपाल सरकारले गरेको आग्रह चिनियाँ पक्षबाट पूरा हुने विश्वास व्यक्त गरे। ...
मोदी र युक्रेनका राष्ट्रपति जेलेस्नकी भेटवार्ताः अमेरिकाले भन्यो – महत्वपुर्ण भ्रमण

मोदी र युक्रेनका राष्ट्रपति जेलेस्नकी भेटवार्ताः अमेरिकाले भन्यो – महत्वपुर्ण भ्रमण

आस्था, प्रदेश ५, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, ८ भाद्र – युक्रेन पुगेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रपति भोलोदिमिर जेलेस्न्कीसँग भेटवार्ता गरेका छन् । कीभमा मोदीले जेलेन्स्कीसँग भेट गरेको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ । मोदी शुक्रबार बिहान पोल्याण्डबाट करिब १० घण्टाको रेल यात्रा हुदै मोदी कीभ पुगेका थिए । जेलेन्स्कीसँगको भेटवार्तामा मोदीले रुससँगको जारी युद्ध बारे चर्चा गर्ने बताइएको छ । १९९१ मा सोभियत संघबाट अलग भएपछि युक्रेन पुग्ने मोदी पहिलो भारतीय प्रधानमन्त्री बनेका छन् । रुस-युक्रेन युद्ध शुरु भएपछि विश्वका कैयौं ठुला नेता रेलयात्रा गर्दै कीभ पुगेका छन् । मोदी करिब ७ घण्टा कीभमा रहने मिडिया रिपोर्टमा बताइएको छ । मोदीको यस युक्रेन भ्रमणलाई अमेरिकाले पनि विशेष चासो दिदै महत्वपूर्ण भ्रमण भनेको छ । नेपाल पाना...
परराष्ट्रमन्त्री राणासँग राष्ट्रसंघकी नेपाल प्रतिनिधि योकोसुकाद्वारा ओहोदाको प्रमाण पत्र पेश

परराष्ट्रमन्त्री राणासँग राष्ट्रसंघकी नेपाल प्रतिनिधि योकोसुकाद्वारा ओहोदाको प्रमाण पत्र पेश

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, ८ भाद्र – परराष्ट्रमन्त्री डा= आरजु राणा देउवासँग संयुक्त राष्ट्रसंघकी नवनियुक्त आवासीय प्रतिनिधि क्योको योकोसुकाले भेटवार्ता गरेकी छन् । सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको भेटवार्तामा राष्ट्रसंघकी नेपाल प्रतिनिधि योकोसुकाले परराष्ट्रमन्त्री राणासँग ओहोदा प्रमाण पत्र पेश गरेकी हुन् । भेटमा उनीहरुबीच नेपाल र राष्ट्रसंघबीचको आपसी सहयोगका विविध विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।...
रुस-युक्रेनबीच जारी युद्धलाई नयॅा सहमतीमा लैजान मोदीको पहल, पुगे किभ

रुस-युक्रेनबीच जारी युद्धलाई नयॅा सहमतीमा लैजान मोदीको पहल, पुगे किभ

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, ८ भाद्र – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी युक्रेनको राजधानी कीभ पुगेका छन् । पोल्याण्डबाट करिब १० घण्टाको रेल यात्रा हुदै मोदी कीभ पुगेका हुन् । १९९१ मा सोभियत संघबाट अलग भएपछि युक्रेन पुग्ने मोदी पहिलो भारतीय प्रधानमन्त्री बनेका छन् । मोदीको यस युक्रेन भ्रमणलाई रुस-युक्रेन युद्धसँग जोडेर हेरिएको छ । मोदीले युक्रेनलाई रुससँगको जारी युद्धमा नयाँ सहमतिमा लैजान पहल गर्न सक्ने विश्लेषण गरिएको छ । रुस-युक्रेन युद्ध शुरु भएपछि विश्वका कैयौं ठुला नेता रेलयात्रा गर्दै कीभ पुगेका छन् । मोदी करिब ७ घण्टा कीभमा रहने मिडिया रिपोर्टमा बताइएको छ । यस क्रममा उनले युक्रेनका राष्ट्रपति भेलोदोमिर जेलेन्स्कीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । मोदीको यस युक्रेन भ्रमणलाई अमेरिकाले पनि विशेष चासो दिदै महत्वपूर्ण भ्रमण भनेको छ । नेपाल पाना...