‘मधेशको मुद्दाप्रति मधेशी दलहरुको उदासीनता किन ?’
काठमाण्डौ, १६ भाद्र – मधेश जनजागरण अभियानले मधेशको मुद्दाप्रति मधेशी दलहरु असंवेदनशील र गैरजिम्मेवार भएको आरोप लगाएको छ । अभियानले मधेशी दलहरुलाई मधेशको मुद्दाप्रति गम्भीर आग्रह गर्दै खबरदारीसमेत गरेको छ । अभियानले आइतबार काठमाडौंस्थित मधेश मिडिया हाउसमा ‘मधेशको मुद्दाप्रतिम धेशी दलहरुको उदासीनता किन ?’ विषयक पत्रकार सम्मेलन गरी मधेशी दलहरुलाई खबरदारी गरेको हो ।
अभियानले पत्रकार सम्मेलनमा जारी गरेको विज्ञप्तिमा भनेको छ, ‘नेपाल सरकार र मधेशी पार्टीहरुबीच विगतमा भएका सम्झौताहरुको कार्यान्वयनमा देखिएको ढिलाइप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । सम्झौता कार्यान्वयनको प्रक्रियामा देखिएको यस प्रकारको असंवेदनशीलता र गैरजिम्मेवारीले देशको संघीय लोकतान्त्रिक प्रणालीप्रतिम धेशी जनताको विश्वासमा गम्भीर असर परेको छ ।’
मधेशी समुदायका हकअधिकार सुनिश्चित गर्नका लागि सम्झौतामा उल्लेखित बुँदाह...









