जानकीको रक्तदान कार्यक्रममा शतक रक्तदाता सहित ४ जनालाई सम्मान
नेपालगन्ज, ११ जेठ – बाँकेको जानकी गाउँपालिका बेलहरीको गुरुवागाउँमा जेष्ठ १० गते आइतवार रक्तदान कार्यक्रममा समाजसेवी, शिक्षक, जनप्रतिनिधि लगायतले रक्तदान गरेका छन् ।
उक्त रक्तदान कार्यक्रममा शतक रक्तदाता तथा नेपाल स्वयंसेवी रक्तदाता समाज बाँकेका सल्लाहकार पवन जायसवाल -१०८ पटक) कोषाध्यक्ष मनमोहन वर्मा -४२ पटक) लाई सम्मान गरिएको छ ।
जानकी गाउँपालिका वार्ड नं ५ बेलहरीको आर्थिक सहयोगमा नेपाल गरिबी निवारण तथा समाज विकास केन्द्र जानकी गाउँपालिका ३ बाँकेको आयोजनामा, नेपाल रेडक्रस सोसाइटी नेपालगन्ज बाँकेको प्राविधिक सहयोगमा, नेपाल स्वयंसेवी रक्तदाता समाज बाँकेको समन्वयमा २ महिला सहित २० जनाले रक्तदान गरेका छन् ।
नेपाल गरिबी निवारण तथा समाज विकास केन्द्र जानकी गाउँपालिका ३ बाँकेका सचिव राजन वर्माद्वारा सञ्चालित रक्तदान कार्यक्रममा जानकी गाउँपालिका वार्ड नं ५ बेलहरीका वडाध्यक्ष टिकान...









