Saturday, April 18सत्यम खबर
Shadow

चीन भ्रमणमा जाँदै परराष्ट्रमन्त्री खड्का

काठमाण्डौ, २० साउन – परराष्ट्रमन्त्री डा. नारायण खड्का चीन भ्रमणमा जानु हुने भएको छ । परराष्ट्र मन्त्रालयले आज शुक्रवार सिंहदरबारमा आयाेजना गरेकाे नियमित पत्रकार सम्मेलनमा यही साउन २४ गतेदेखि २६ गतेसम्म मन्त्री खड्का नेतृत्वको नेपाली प्रतिनिधिमण्डलको चीन भ्रमण हुने जानकारी गराएको हो ।

चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणमा परराष्ट्रमन्त्री खड्का नेतृत्वको नेपाली प्रतिनिधिमण्डलको चीन भ्रमणको मिति तय गरिएको परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले बताउनुभयो । उहाँले भ्रमणमा दुई देशबीचको आपसी हितका विविध विषयमा छलफल हुने बताउनुभयो ।

परराष्ट्र मन्त्रालयले भ्रमणका एजेन्डाहरू पनि तय भइरहेको र भ्रमण सम्पन्न नभइ ती विषयहरू सार्वजनिक गर्न हतार हुने पनि जनाएको छ । प्रवक्ता लम्सालले मन्त्री खड्काको चीन भ्रमणका क्रममा दुई देशबीचको विविध विषयमा छलफल हुने र त्यसपछि मात्रै त्यसबारे जानकारी गराउन उपयुक्त हुने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *