Sunday, June 28सत्यम खबर
Shadow

आस्था

चिनियाँ एप टिकटक को करण अमेरिकी सैन्य सुरक्षामा खतरामा

चिनियाँ एप टिकटक को करण अमेरिकी सैन्य सुरक्षामा खतरामा

अपराध, आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
वासिङ्टन, २५ साउन – चिनियाँ एप टिकटक को करण अमेरिकी सैन्य सुरक्षामा खतरा उत्पन्न भईरहेको महसुस गरिएको छ । अमेरिकी सैनिकहरुले चिनियाँ भिडियो शेयरिङ एप टिकटक प्रयोग गर्दा राष्ट्रिय सुरक्षामा जोखिम उत्पन्न हुने पाइएको छ । अमेरिकी संघीय सञ्चार नियामकलाई उद्धृत गर्दै ब्लूमबर्गले जनाएअनुसार सैनिकहरुले टिकटक प्रयोग गर्दा राष्ट्रिय सुरक्षामा जोखिम उत्पन्न हुने पाइएको हो । अमेरिकी सेनाका केही शाखाहरुले यसअघि नै टिकटकको प्रयोगमाथि प्रतिबन्ध लगाइसकेका छन् । यद्यपि व्यक्तिगत डिभाइसबाट टिकटकको प्रयोगले यस्तो जोखिम पाइएको संघीय सञ्चार आयोगका रिपब्लिकन सदस्य ब्रेन्डन कारले जनाएका छन् । ‘व्यक्तिगत डिभाइसबाट प्रयोग भइरहेका छन् त्यसैले मलाई लाग्छ यो हामीले सम्बोधन गर्नुपर्ने चुनौति हो ।’ कारले भने । ‘चीनतर्फ डेटाहरु गइरहेको प्रति हामी चिन्तित छौँ ।’ उनले भने, ‘टिकटकको कुरा गर्दा डिभाइस तप...
विमलेन्द्र निधि भारत भ्रमणमा, भारतीय सत्तरुढ दलका नेताहरुसंग भेटघाट

विमलेन्द्र निधि भारत भ्रमणमा, भारतीय सत्तरुढ दलका नेताहरुसंग भेटघाट

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, २५ साउन – नेपाली काँग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधि भारत भ्रमणमा भारतीय सत्तरुढ दलका नेताहरु संग भेटघाट लाई तिव्र बनाएको छ । भारत भ्रमणमा रहेका नेपाली काँग्रेस का पूर्व उपसभापति विमलेन्द्र निधि र भारतको मध्यप्रदेशका मुख्यमन्त्री शिबराजसिंह चौहानबीच शिष्टाचार भेटघाट भएको हो । मध्यप्रदेशको राजधानी भोपालस्थित मुख्यमन्त्रीको कार्यालय बल्लभ भवनमा भएको भेटमा दुई देशबीचको धार्मिक, सांस्कृतिक, पर्यटन, आर्थिक विकासमा सहयोग गर्ने लगायतका बिषयमा कुराकानी भएको थियो। १६ बर्षदेखि मध्यप्रदेशको मुख्यमन्त्री रहेका चौहानलाई काँग्रेस नेता निधिले नेपालको काठमाडौं, जनकपुर र लुम्बिनी भ्रमणको निम्तो दिएका छन्। जवाफमा उनले निकट भविश्यमै नेपाल भ्रमण गर्ने बताएका छन्। यसैबीच, नेता निधि र राष्टिय स्वयंसेवक संघ (आरएसएस)का महामन्त्री (शर कार्यबाह) दत्तात्रेय होसबोले बीच भेटघाट भएको छ।मध्यप्...
भारतको १६ औ उपराष्ट्रपतिको रुपमा जगदीप धनखर निर्वाचित

भारतको १६ औ उपराष्ट्रपतिको रुपमा जगदीप धनखर निर्वाचित

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, २५ साउन – भारतको १६ औ उपराष्ट्रपतिको रुपमा जगदीप धनखर निर्वाचित भएका छन् ।पश्चिम बंगालका पूर्व गभर्नर जगदीप धनखर शनिबार भारतको नयाँ उपराष्ट्रपतिमा निर्वाचित भएका छन्। उनले विपक्षी उम्मेदवार मार्गरेट अल्भाविरुद्ध १८२ मतका विरूद्ध ५२८ मत प्राप्त गरेका थिए । १६ औं उपराष्ट्रपति निर्वाचनका लागि अध्यक्षता गरेका लोकसभाका महासचिव उत्तमकुमार सिंहले मतदानका लागि योग्य ७८० सांसदमध्ये ७२५ सांसदले मतदान गरेको बताए। पन्ध्र मत अमान्य र ७१० मत मान्य भएको उनले बताए।नयाँ उपराष्ट्रपतिको निर्वाचनको मतदान शनिबार बिहान १० बजे सुरु भइ बेलुका ५ बजे समापन भएको थियो । बंगालको पूर्वगभर्नर समेत बनिसकेका धनखरलाई सत्तारूढ दल भारतीय जनता पार्टीको गठबन्धनले अघि सारेको थियो । यसअघि सत्तारुढ गठबन्धनको तर्फबाट द्रौपदी मुर्मु राष्ट्रपतिमा निर्वाचित भएकी थिइन्। उनी भारतको दोस्रो महिला राष्ट्रपति हुन्।...
चीन अमेरिका बिवाद चर्किदै ; ताइवान चिनियाँ भूमि हो विदेशमन्त्री वाङ यी

चीन अमेरिका बिवाद चर्किदै ; ताइवान चिनियाँ भूमि हो विदेशमन्त्री वाङ यी

आस्था, प्रदेश ५, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
बेइजिङ, २५ साउन – चिनियाँ विदेशमन्त्री वाङ यीले ताइवान संयुक्त राज्य अमेरिकाको हिस्सा नभएर चिनियाँ भूमि भएको बताएका छन् । अमेरिकी तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभकी सभामुख न्यान्सी पेलोसीले ताइवान भ्रमण गरेपछि अमेरिकी नीतिविरुद्धको पछिल्लो कूटनीतिक आलोचनामा आह्वानमा विदेशमन्त्री वाङ यीको उक्त भनाइ आएको हो । बंगलादेश भ्रमणमा रहेका विदेशमन्त्री यीले अमेरिका ताइवान मामिलामा संलग्न भएको आरोप लगाए । ताइवानमा चीनको कार्यहरू न्यायसंगत, उपयुक्त र कानुनी हुनुका साथै देशको पवित्र सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको रक्षा गर्ने उद्देश्य रहेको उनले दाबी गरे । पेलोसीको ताइवान भ्रमणपछि अमेरिका र चीनबीचको तनाव चर्किएको छ ।एसिया भ्रमणका क्रममा सभामुख पेलोसी यसै साता ताइवानको भ्रमण गरेकी थिइन् । अमेरिकाले आगोसँग खेलेको चीनले टिप्पणी गरेको थियो । उनको भ्रमण लगत्तै चिनियाँ जनसेनाले ताइवानको सुरक्षा क...
स्थायी सरकार र संघीयता

स्थायी सरकार र संघीयता

आस्था, प्रदेश ५, बिचार, राजनीति, विचार/अन्तर्वार्ता
मितिः २०७९ साउन २५ गते, बुधबारमनिष राज रेग्मीसंसदीय निर्वाचनको चर्चा चलिरहेको सन्दर्भमा सामाजिक सन्जाल अहिले सबैभन्दा उत्कर्षको अवस्थामा देखिएको छ, हातमा एन्ड्रोईड मोबाईल भएका मनुवा सबैलाई संघीयता निर्वाचन मुखि विद्धवता देखाईएन भने हातको मोबाईल नै औचित्यहिन् हुन्छ भन्ने डरले सताएको छ । के हो त संघीयता … संघियता भनेको के हो ?एक लाइनमा भन्दा संघीयता भनेको देशका विभिन्न राज्यहरु मिलेर एउटा छाता बनाउने र त्यस अन्तर्गत रहेर आफूले आफूलाई शासन गर्ने पद्धति हो । जहा“ उनीहरु आफ्नो हकमा स्वायत्त हुन्छन् र साझा सवालमा आपसमा अनुबन्धीत पनि हुन्छन् । अर्थात् यो एक खालको महासंघीय ढा“चा हो ।संसारमा संघीय राज्यका विभिन्न स्वरुपहरु छन् । मुलतः संघीय राज्यको शक्ति बा“डफा“डको नियमलाई तेर्सो समानान्तर प्रणाली र एकात्मक राज्यको शक्ति बा“डफा“डको नियमलाई ठाडो प्रणाली । अर्थात् संघीय प्रणालीमा राज्यको शक्ति...
चिनियाँ राष्ट्रपति सी तेस्रो कार्यकालको तयारीमा

चिनियाँ राष्ट्रपति सी तेस्रो कार्यकालको तयारीमा

आस्था, प्रदेश ५, राजनीति, विदेश, समाचार
काठमाण्डौ, २५ साउन– चिनियाँ कम्युनिष्ट पार्टीको आगामी २० औं राष्ट्रिय महाधिवेशनको तयारीमा रहँदा राष्ट्रपति सी जिनपिङले एक महत्वपूर्ण भाषण दिँदै आधुनिक र समाजवादी देशको नयाँ यात्राको शुरुआतलाई जोड दिएका छन् ।पार्टी महाधिवेशनमा सीले प्रस्तुत गर्ने प्रतिवेदनको पहिलो मस्यौदा पोलिटब्यूरोमा छलफल भएको ठानिएको छ । केही दिनअघिको महासचिव सीको महत्वपूर्ण भाषणको भावना सिक्ने र चिनियाँ कम्युनिष्ट पार्टीको २०औँ राष्ट्रिय महाधिवेशनलाई स्वागत गर्ने' शीर्षकमा आयोजित सेमिनारमा यसबारे छलफल भएको ठानिएको छ । ( Pequim - China, 24/05/2019) Vice-Presidente da República, Hamilton Mourão, durante Audiência com o Presidente da República popular da China, Senhor Xi Jinping. Foto: Adnilton Farias/VPR यसले गत ५ वर्षमा 'अत्यन्तै असाधारण र असामान्य' भएका उपलब्...
अमेरिकी सांसदहरूले चिनियाँ लजिस्टिक प्रणालीको बारेमा सुरक्षा चिन्ता उठाए

अमेरिकी सांसदहरूले चिनियाँ लजिस्टिक प्रणालीको बारेमा सुरक्षा चिन्ता उठाए

आस्था, प्रदेश ५, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, २५ साउन– अमेरिकी प्रतिनिधि सभाले अमेरिकी रक्षा विभाग (DoD) र यसका ठेकेदारहरूलाई चिनियाँ प्रणाली प्रयोग गर्नबाट प्रतिबन्ध लगाउने र कार्गो सिपरहरूलाई डाटा साझा गर्न सक्षम बनाउँने एक प्रस्तावलाई समर्थन गरेको छ । यातायात र रसदको लागि राष्ट्रिय सार्वजनिक सूचना प्लेटफर्म (LOGINK) चीनको यातायात मन्त्रालयको निगरानीमा छ, जसले चिनियाँ सरकारलाई व्यावसायिक बन्दरगाहहरू मार्फत पठाइएको अमेरिकी सैन्य उपकरणहरू ट्र्याक गर्न सक्षम पार्न सक्छ। प्रतिनिधि मिशेल स्टील, एक क्यालिफोर्निया रिपब्लिकन ले सभामा बताए ।सदनले 14 जुलाईमा आर्थिक वर्ष (FY) 2023 राष्ट्रिय रक्षा प्राधिकरण ऐन (NDAA) को संशोधनको प्याकेजको भागको रूपमा विधानलाई अनुमोदन गर्यो।...
भेरी अस्पतालमा निःशुल्क उपचारका लागि सिफारिस नचाहिने

भेरी अस्पतालमा निःशुल्क उपचारका लागि सिफारिस नचाहिने

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २५ साउन – भेरी अस्पताल नेपालगन्जमा लक्षित वर्गका असहाय र निमुखा व्यक्तिले सिफारिसबिनै उपचार पाउने भएका छन् । अब लक्षित वर्गका असहाय र निमुखालाई निःशुल्क वा सहुलियत उपचारका लागि स्थानिय तहको सिफारिस अनिवार्य नहुने भएको छ । सिफारिसले लक्षित वर्गका असहाय र निमुखा बिरामी नै सेवाबाट वञ्चित हुने अवस्था देखिएपछि सिफारिस हटाइएको अस्पतालले जनाएको छ । तर उक्त सेवा लिन केही आवश्यक कागजात र प्रक्रिया भने पुरा गर्नु पर्नेछ । ‘यस्ता कार्यक्रमहरूको निम्ति आर्थिक अवस्थाको जानकारी दिने स्थानिय तहको सिफारिस पत्र अनिवार्य जस्तै रहिआएको थियो । तर यथार्थमा त्यस्तो सिफारिस जुनसुकै आर्थिक र सामाजिक हैसियत भएका व्यक्तिहरूले पनि लिएर आउने र सहुलियतको निम्ति दावी गर्ने गरेको पाइयो । यसले गर्दा लक्षित वर्गका असहाय र निमुखा बिरामी नै सेवाबाट वञ्चित हुने गरेको पाइएकोले भाद्र १ गते देखि भेरी अस्पतालमा...
नेपाल र चीनका परराष्ट्र मन्त्रीबीच आज वार्ता हुने

नेपाल र चीनका परराष्ट्र मन्त्रीबीच आज वार्ता हुने

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाडौं, २५ साउन - नेपाल र चीनका परराष्ट्र मन्त्रीहरूबीच आज वार्ता हुने भएको छ।परराष्ट्र मन्त्रालयका अनुसार परराष्ट्र मन्त्री नारायण खड्का र चिनियाँ समकक्षी वाङ यीबीच बुधबार द्विपक्षीय वार्ता हुन लागेको हो। नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै परराष्ट्र मन्त्री खड्का मंगलबार राती चीन प्रस्थान गरेका छन्।नेपाली प्रतिनिधि मण्डलमा परराष्ट्रसहित, गृह, भौतिक पूर्वाधार, वाणिज्य र अर्थ मन्त्रालयका उच्च अधिकारी सहभागी छन्।चीनको छिङताओ सहरमा हुने वार्तामा नेपाल-चीन सम्बन्धका विभिन्न विषयबारे छलफल हुने बताइएको छ।गत वर्ष नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनेपछि पहिलो पटक उच्चस्तरीय नेपाली टोली चीन गएको हो।नेपाली टोलीको सम्मानमा चिनियाँ विदेश मन्त्री यीले आजै भोज दिनेछन्। परराष्ट्र मन्त्री खड्कासहितको टोली बिहीबार स्वदेश फर्कने छ।...
बालपार्क निर्माण कार्य रोक्का, सबैको समन्वयमा निर्माण कार्य गर्ने प्रतिबद्धता जाहेर

बालपार्क निर्माण कार्य रोक्का, सबैको समन्वयमा निर्माण कार्य गर्ने प्रतिबद्धता जाहेर

आर्थिक, आस्था, खेल, धार्मिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २४ साउन – केही दिन अगाडी बागेश्वरी मन्दिरको पुर्वतर्फ रहेको खाली जग्गा संरक्षण गर्ने गरी बालपार्क निर्माण सुरु गरिएको कार्य आज नेपालगन्ज उपमहानगरपालिका उपमेयर कमरुद्दीन राईको निर्देशनमा रोकिएको छ ।उक्त खाली जग्गा संरक्षण गर्न निर्माण हुन लागेको बालपार्क, रेष्टुरेन्टलगायतको कार्य उद्घाटन गरिएकै दिनदेखि लगातार रुपमा त्यसको विरोध हुँदै आईरहेको विषयमा आज दिउँसो नागरिक समाजका अगुवा, कानुन विदहरु, नेपाल शिवसेनाका प्रतिनिधि, विश्व हिन्दु परिषदका प्रतिनिधि, सञ्चारकर्मीलगायतको सहभागितामा बैठक बसी निर्माण कार्य रोकिएको छ । बागेश्वरी मन्दिरको पुर्वतर्फको खाली जग्गामा सि.नं. ०३५१४५००७ को कि.नं. २ मा १ कठ्ठा २ धुर र कि.नं. ३ मा ३ कठ्ठा १ धुर जग्गा रहेको छ । यसैगरी सि.नं. ०३५१४५००२ को कि.नं. २१ मा ५ कठ्ठा ९ धुर जग्गा रहेको छ ।गत आईतबार नगर प्रमुख विष्टले शिलान्यास गरेका ५ कठ्ठा ९ धुर ज...