Sunday, June 28सत्यम खबर
Shadow

आस्था

मोदीलाई योगीको भर

मोदीलाई योगीको भर

आस्था, प्रदेश ५, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, २९ सावन –भारतमा नरेन्द्र मोदी दोस्रो कार्यकाल प्रधानमन्त्री बनेको ३ वर्ष कट्दा नयाँ घटनाक्रम विकास भएको छ । त्यहाँको सत्ता गठबन्धनको एक घटक जनता दल युनाइटेड अलग्गिएको छ । नितिश कुमारको दल जेडियु गठबन्धनबाट अलग हुनुलाई आगामी लोकसभा निर्वाचनमा प्रधानमन्त्री बन्ने दौडमा बढेको घटनाका रुपमा विश्लेषण गर्न थालिएको छ । मोदी विपक्षीका लागि निकै वजनदार बनेपछि कँग्रेस आईसहित क्षेत्रीय दलहरु एकढिक्का हुन प्रयासरत छन् । सोनिया गान्धी नेतृत्वको कँग्रेस आई, ममता बेनर्जी नेतृत्वको तृणामुल कँग्रेस, अखिलेश यादव नेतृत्वको समाजवादी पार्टी, लालु यादवको दल राष्ट्रिय जनता दल, महाराष्ट्रमा प्रभावशाली शिव सेना, तालिम नाडुमा प्रभावशाली एआइडीएमकेका अलावा कम्युनिस्ट पार्टीहरु एक हुन खोज्दैछन् । उनीहरु कुनै एकलाई प्रधानमन्त्रीको उम्मेदवार बनाएर २०२४ को लोकसभा चुनावमा जाने तयारीमा छन् । भाजपाविरुद्...
सुरक्षा व्यवस्थामा आत्मनिर्भर बन्दै भारत

सुरक्षा व्यवस्थामा आत्मनिर्भर बन्दै भारत

आस्था, प्रदेश ५, राजनीति, विदेश, समाचार
काठमाण्डौ, २९ सावन –भारतले रक्षा क्षेत्रमा अविश्सनिय स्थान हाँसिल गर्न सफल भएको छ । सुरक्षा व्यवस्थामा आत्मनिर्भर बन्दै भारतलाई अमेरिकाले २४ एमएच ६० रोमियो बहु मिशन हेलिकप्टरहरु दिदा थप सुरक्षा भारतको बलियो भएका छन् ।२४ एमएच ६० रोमियो हेलिकप्टरहरु हेलिफायर मिसाइलहरु र घातक रकेट प्रणालीबाट लैस रहेका हुन् । भारतीय नौ सेनाका अधिकारीहरुले २ हेलिकप्टरहरु विहिवार कोचिन विमानस्थलमा पठाइएको र थप हेलिकप्टरहरु अर्को महिना अमेरिकाले पठाउने जनाइएको छ । पहिलो तीन एमएच ६० रोमियो हेलिकप्टर २०२१ मा अमेरिकामा डेलिभर गरिएको थियो र भारतीय नौसेना चालक दलको प्रशिक्षणको लागि प्रयोग भइरहेको छ ।सबै २४ एमएद्ब ६० आर हेलिकप्टरहरूको डेलिभरी २०२५ सम्म पूरा हुनेछ। अत्याधुनिक मिसन सक्षम प्लेटफर्महरूको समावेशले भारतीय नौसेनाको अभिन्‍न पनडुब्बी विरोधी युद्ध क्षमतालाई उल्लेखनीय रूपमा बढावा दिनेछ,ु एक अधिकारीले भने ।...
नेपाल र चीनको रसुवागढीबाट सामग्री आयात रोकियो

नेपाल र चीनको रसुवागढीबाट सामग्री आयात रोकियो

आर्थिक, आस्था, प्रदेश ५, श्रम/रोजगार, समाचार
काठमाण्डौ, २९ सावन –नेपाल र चीनबीचको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीबाट सामग्री आयात रोकिएको छ। रसुवा भन्सार कार्यालयका अनुसार गत शनिबारदेखि नाकाबाट सामग्री आयात रोकिएको हो। नाकाबाट सामग्री आयात रोकिएको बारे चिनियाँ पक्षले कुनैपनि औपचारिक जानकारी नदिएको प्रमुख भन्सार अधिकृत राम मैनालीले बताए। ‘शनिबारदेखि सामग्री आयात भएको छैन’, उनले भने, ‘अनौपचारिक रूपमा उता कोभिड देखिएको भन्ने जानकारी आएको छ।’ नाका बन्द भएपछि व्यापारी सम्पर्कमा नआएको उनले बताए। ‘पछिल्लो समय आयात पनि घटेको थियो’, उनले भने, ‘अहिले केरुङतर्फ केके सामग्री रोकिएका छन् भन्ने जानकारी आएको छैन। चीनको स्वशासित क्षेत्र तिब्बतको विभिन्न स्थानमा कोरोना देखिएकाले त्यहाँ लकडाउन भएको अनौपचारिक जानकारी आएको उनले बताए। कोभिड-१९ सुरु भएयता रसुवागढी नाका वान वे सञ्चालन हुँदै आएको छ। नाका पूर्ण रूपमा सञ्चालनमा नआएका कारण...
ओली सरकारले चिनियाँ कम्पनीलाई जिम्मा लगाएदेखि नेपाल मेटल कम्पनी विवादै विवादमा रुमल्लिए

ओली सरकारले चिनियाँ कम्पनीलाई जिम्मा लगाएदेखि नेपाल मेटल कम्पनी विवादै विवादमा रुमल्लिए

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, श्रम/रोजगार, समाचार
काठमाण्डौ, २९ सावन – सरकारले पछिल्ला वर्षमा हरेक वर्ष नेपाल मेटललगायत बन्द तथा रुग्ण उद्योग सञ्चालन गर्न इच्छा देखाउँदै आएको छ। ओली सरकारले चिनियाँ कम्पनीलाई जिम्मा लगाएदेखि नेपाल मेटल कम्पनी विवादै विवादमा रुमल्लिएको छ। सेयर विवादमा यसको मुद्दा सर्वोच्च अदालतसम्म पुगेको छ। यस कम्पनीमा सरकार, चिनियाँ कम्पनी र खेतान ग्रुपको लगानी छ। सेयर वृद्धि विवादमा मुद्दा पर्दा कुनै प्रक्रिया अघि बढ्न सकेको छैन। ठूलो लगानी गर्न सेयर वृद्धि गर्न चाहे पनि विवाद भइरहेको छ। सरकारले लगानी वृद्धि गर्ने निर्णय गरेपछि आर्थिक वर्ष २०७४/७५ मा चिनियाँ कम्पनी भित्रिएको थियो। त्यसका विरुद्ध खेतान ग्रुपले सर्वाेच्चमा मुद्दा हालेको हो। उसले पुँजी वृद्धि तथा चाइनिज लगानी भित्रयाउन सहमति नभएको भन्दै सर्वोच्च अदालतमा मुद्दा हालेको स्थापना कालदेखिका कर्मचारी हरिप्रसाद घिमिरे बताउँछन्। खेतानले पुनरावेदनमा हालेको मुद...
चिनियाँ राजदूत एक चीन नितिका लागि समर्थन जुटाउने दाैडमा

चिनियाँ राजदूत एक चीन नितिका लागि समर्थन जुटाउने दाैडमा

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, २९ सावन –सभामुख अग्निप्रसाद सापकोटा र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता भएको छ। सभामुखको सरकारी निवास लैनचौरमा भएको भेटमा दुई देशबीचकोे सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको थियो। सभामुख सापकोटाले हालैको दशकमा चीनले गरिबी निवारणमा हासिल गरेको उपलब्धि, कोभिड महामारी नियन्त्रणमा लिएको पहलकदमी, छिमेक नीति र अन्तर्राष्ट्रिय कूटनीतिमा चीनको परिपक्कताको प्रशंसा गरे। सभामुख सापकोटाले नेपाल एक चीन नीतिमा सदैव प्रतिबद्ध रहेको स्पष्ट गर्दै नेपाली भूमि छिमेकी राष्ट्रविरुद्ध प्रयोग हुन नदिने विषयमा नेपाल सधैँ चनाखो र सचेत रहेको बताए। उनले संयुक्त राष्ट्रसङ्घको वडापत्र तथा पञ्चशीलको सिद्धान्तअनुरुप कुनै पनि मुलुकको सार्वभौमिकता र आन्तरिक मामिलामा अहस्तक्षेपको नीतिको सबैले सम्मान गर्नुपर्ने धारणा व्यक्त गरे। भेटमा राजदूत होउ यान्छीले नेपाल, चीनको अस...
सीमान्चल पत्रकार एसोसिएसनद्वारा सीमानाकामा ७५ औं तिरंगा दिवस मनाइयो

सीमान्चल पत्रकार एसोसिएसनद्वारा सीमानाकामा ७५ औं तिरंगा दिवस मनाइयो

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार
नेपालगन्ज, २८ सावन – भारत आजाद भएको ७५ औं वर्षगा“ठको अवसरमा नेपाल–भारत सीमानाका जमुनाहाको दशगजामा एक कार्यक्रम गरी भब्य रुपमा तिरंगा दिवस मनाईएको छ ।सीमान्चल पत्रकार एसोसिएसन उत्तर प्रदेश शाखा तथा नेपालबाट मधेश मिडिया मिसिनको सहकार्यमा सीमान्चल पत्रकार एसोसिएनको ब्यानर तल तिरंगा दिवस मनाईएको छ । सीमान्चल पत्रकार एसोसिएसन उत्तर प्रदेश शाखाका प्रदेश अध्यक्ष एसके मधेसियाको अगुवाई तथा सीमान्चल पत्रकार एसोसिएसनका बहराईच जिल्ला अध्यक्ष अखिलेश शर्माको प्रमुख आतिथ्यतामा उक्त तिरंगा दिवस मनाईएको थियो ।उक्त अवसरमा सीमान्चल पत्रकार एसोसिएसनका रामजी सोनी, आर के बर्मा, जमिल अहमद, जुनेद अहमद, रुद्र प्रताप मिश्र, राघवेन्द्रनाथ शर्मा, अशोक पाठक, राज त्रिपाठी, नइम अहमद, बृजनरेश श्रीवास्तव (संरक्षक)लगायतको सहभागिता रहेको थियो । यसैगरी नेपालबाट मधेश मिडिया मिसन बा“के शाखा अध्यक्ष चन्द्रेश्वरराज...
भारतकाे सहयाेगमा राप्तीनदीमा पक्की तटबन्ध निर्माण गर्ने सहमत

भारतकाे सहयाेगमा राप्तीनदीमा पक्की तटबन्ध निर्माण गर्ने सहमत

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २८ सावन - डुबान, कटान र पटानले संकट निम्त्याउँदै आएको बाँकेको राप्तीनदीमा ४१ किमि पक्की तटबन्ध निर्माण गर्न भारत सरकार सहमत भएको छ । भारतको जल संशाधन, नदी विकास एवं गंगा संरक्षण विभागले नेपाल–भारत सीमादेखि उत्तर राप्तीका दुवै किनारमा तटबन्ध निर्माण गर्न प्राविधिक अनुगमनसहित लाग्ने खर्च १० अर्ब ४४ करोड ८० लाख रुपैयाँ अनुदान सहयोग दिने भएको छ । निर्माणका क्रममा १ अर्ब रुपैयाँ नेपाली पक्षले बेहोर्नुपर्ने सम्झौता भएको छ । गत असार १४ देखि २० सम्म पटनामा जलस्रोत तथा सिँचाइ विभाग र भारतको जल संसोधन नदी विकास एवं गंगा संरक्षण विभागका अधिकारीबीच छलफल भएको थियो । उक्त बैठकमा भारतीय पक्ष तटबन्ध निर्माणका लागि सघाउन सहमत भएको हो । यसअघि भारतको जल संसाधन नदी विकास एवं गंगा संरक्षण विभागको प्राविधिक टिमले मार्च ९ देखि १३ सम्म चार दिन कलकलवा तटबन्ध र लक्ष्मणपुर बाँधका कारण सिर्जना हुँ...
एफएसएस कार्यालयको उद्घाटन

एफएसएस कार्यालयको उद्घाटन

आर्थिक, आस्था, प्रदेश ५, श्रम/रोजगार, समाचार
नेपालगन्ज, २८ सावन - नेपालगन्ज समीर अलि नेपालगन्जका प्रसिद्ध समाजसेवी व्यक्तित्व अजिज मलिकबाट एफएसएस न्यूट्री इनफरमेशनल अल अबाउट हेल्थ कार्यालयको उद्घाटन गरिएको छ ।शुक्रवार दिन नेपालगन्ज–४ गणेशपुर रोडस्थित कार्यालयको उद्घाटन कार्यक्रममा प्रो. रिजनल म्यानेजर सिराजुद्दीन सल्मानी, एसएस एरिया सेल्स म्यानेजर शादाब अन्सारी, मार्केटि· म्यानेजर मो. फहद हलवाई लगायतको उपस्थिति रहेको थियो । एफएसएसले म.प. क्षेत्रको नेपालगन्ज, दाङ, सुर्खेत र बर्दिया लगायतमा एफएसएसको विभिन्न प्रोडक्टहरु लाइकोविन, मिथाइल बाल्कोमिन, क्याल्सियम भिटामिन ए, भिटामिन बी, आइरनमा फेरसएसकोभेट, मल्टी भिटामिनहरु एन्टीअक्सिडेन्ट लगायतको आपूर्ति गर्ने लक्ष्य लिएको छ । हालका लागि एफएसएसले २० लाख रकम यसमा लगानी गरेको कुरा प्रो. रिजनल म्यानेजर सिराजुद्दीन सल्मानीले जानकारी गराएका छन् । एफएसएस अत्यन्त प्रसिद्धि पाएको कम्पनी रहेक...
भारतका मुख्यमन्त्री योगि आदित्य नाथ नेपालमा हुन लागेको पितृ ज्ञान महायज्ञ र राम महायज्ञ सहितको कार्यक्रममा सहभागिता जनाउदै

भारतका मुख्यमन्त्री योगि आदित्य नाथ नेपालमा हुन लागेको पितृ ज्ञान महायज्ञ र राम महायज्ञ सहितको कार्यक्रममा सहभागिता जनाउदै

आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
काठमाण्डौ, २८ सावन –भारतका मुख्यमन्त्री योगि आदित्य नाथ नेपालमा हुन लागेको पितृ ज्ञान महायज्ञ र राम महायज्ञ सहितको कार्यक्रममा सहभागिता जनाउदै प्रमुख अतिथिका रुपमा नेपाल आउन लागेका छ्न । नेपालमा आयोजना हुने उक्त कार्यक्रममा पुर्ब राजा ज्ञानेन्द शाह समेत धार्मिक कार्यक्रममा प्रमुख अतिथिका रुपमा सहभागिता जनाउने कार्यक्रम रहेको छ । नेपालमा अहिले हिन्दु राष्ट्रको माङ बढेको बेला राम महायज्ञ हुने भएको हो । नेपालमा भारतको उत्तर प्रदेशका मुख्यमन्त्री माननीय महाराज योगिको आगमनले नेपालमा धर्मिक यात्रा झन बलियो र धार्मिक महत्त्व बढेको हो । भदौं १३ गते बिहान ८ बजे पशुपति नाथ मन्दिरमा दर्शन गर्ने कार्यक्रम रहेको श्रोतले जनाएको छ । भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगि आदित्य नाथले त्यस पछि १० बजे सनातन धर्म अनुष्ठान नेपालको कार्यक्रम उद्घाटन गर्ने कार्यक्रम रहेको छ । नेपालको ईतिहासिक धार्मिक स...
देउवा सरकारको कुटनीतिक सफलता : एमालेले नदेखेको सीमा विवाद चीनले स्वीकार्यो, बेइजिङमा भयो यस्तो सहमति

देउवा सरकारको कुटनीतिक सफलता : एमालेले नदेखेको सीमा विवाद चीनले स्वीकार्यो, बेइजिङमा भयो यस्तो सहमति

आस्था, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, २८ सावन –उत्तरी छिमेकी चीनले सीमामा देखिएका समस्या समाधान गर्न नेपाललाई प्रस्ताव गरेको छ । तत्कालीन नेकपा तथा एमाले अध्यक्ष केपी शर्मा ओली सरकारको पालामा चीनले सीमामा कुनै समस्या दाबी गरेर नेपालको सीमा मिचेर दादागिरी देखाएको थियो । ओली नेतृत्वको कम्युनिस्ट सरकारको बलमा काठमाडौंस्थित चिनियाँ दूतावासले नै कुनै समस्या नभएको ठोकुवा गरेको थियो । स्वयं ओलीको कम्युनिस्ट सरकारले नै सीमामा विवाद नरहेको भनेर चीनको बचाउ गरेको थियो । तर अहिले पनि हुम्ला, गोरखालगायत जिल्लामा चीनसँग सीमा विवाद छ । चीनले सीमामा एकतर्फीरुपमा सीमा अतिक्रमण गर्ने, नदीको धार नै परिवर्तन गरिदिने गतिविधि गर्दै आएको छ । यी समस्याहरुलाई ढाकछोप गरेर ओली सरकारले चिनियाँ हस्तक्षेपकारी नीतिको बचाउ गरेका बेला अहिले भने चीनले आफै सीमामा समस्या रहेको स्वीकारेको छ । परराष्ट्रमन्त्री डा नारायण खड्काको भ्रमणमा च...