नेपालमा मनपरी गरेको चीनलाई देउवा सरकारले ल्यायो ट्रयाकमा, चौतर्फी प्रशंशा
काठमाण्डौ, २८ सावन – एक समय थियो, नेपालमा चीनले जे भन्यो त्यही हुन्थ्यो । यहाँ सम्मकी मन्त्री र प्रधानमन्त्री फेर्नेसम्मको हस्तक्षेप थियो । दुई कम्युनिस्ट एमाले र माओवादी मिलाएर चीनले आफूले चाहेको सबै कुरा पूरा गराइरहेको थियो ।
महंगो ऋण परियोजना बीआरआईमा सहभागिता, जलविद्युत आयोजनाहरु बिना प्रतिस्पर्धा ठेक्कादेखि कम्युनिस्ट विचारधाराको प्रवर्द्धनसम्मका गतिविधि भए ।
यतिसम्मकी चीनले नेपालको सीमा मिच्दा नेपाली कम्युनिस्टहरुले मिचेको छैन भनेर वक्तव्य निकाल्नुपर्ने अवस्था आयो । चीनका अगाडि नेपालका कम्युनिस्टहरु यतिसम्म लाचार हुनुको पछाडि उसले नै एकता गरी शक्तिमा स्थापित गरेको थियो । तर समयसँगै यो अवस्था परिवर्तन भएको छ ।
नेपालमा कम्युनिस्ट शासन हुँदा थर्काउने चीन अहिले आएर ट्रयाकमा आएको छ । कम्युनिस्टहरुले सञ्चालन गरेको चीनमुखी कुटनीतिलाई नेपाली कांग्रेस नेतृत्वको सरकारले करेक्सन गर...









