Sunday, June 28सत्यम खबर
Shadow

आस्था

नेपाली परराष्ट्र मन्त्रीको भ्रमणमा चीनले नेपालको सबै मागहरु पुरा गर्ने बतायो

नेपाली परराष्ट्र मन्त्रीको भ्रमणमा चीनले नेपालको सबै मागहरु पुरा गर्ने बतायो

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, ३० सावन –नेपालका परराष्ट्रमन्त्री नारायण खड्काले आफ्ना चिनियाँ समकक्षी वाङ यीसँग बुधबार चीनको छिङदाओमा भएको भेटवार्तामा ‘एक चीन नीति’प्रति काठमाडौंको अटल प्रतिबद्धता दोहोर्‍याएको नेपालको परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । भेटमा वाङले नेपालको सार्वभौमसत्ता, स्वाधीनता र भौगोलिक अखण्डताप्रति चीनको निरन्तर र निःशर्त समर्थन दोहोर्‍याए र काठमाडौं सरकारको प्राथमिकता अनुसार देशको विकास प्रयासमा सहयोग गर्ने आश्वासन दिए। वाङले सन् २०२२ का लागि नेपाललाई ८० करोड आरएमबी उपलब्ध गराउने घोषणा पनि गरेका छन् । विज्ञप्तिमा भनिएको छ, ‘दुई परराष्ट्रमन्त्रीले विभिन्न क्षेत्रीय र बहुपक्षीय मञ्चमा पारस्परिक हितका विषयमा सहयोग जारी राख्ने विषयमा पनि विचार आदानप्रदान गरेका छन् । नेपाली काँग्रेसका प्रधानमन्त्री शेर बहादुर देउबाको नेतृत्वमा रहेको नेपाली मन्त्रीमण्डलमा यदाकदा ...
अमेरिकी सहयोगप्रति ताइवान कृतज्ञ

अमेरिकी सहयोगप्रति ताइवान कृतज्ञ

आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
ताइपेइ, ३० सावन –ताइवानको विदेश मन्त्रालयले ताइवान स्ट्रेट र क्षेत्रमा सुरक्षा र शान्ति कायम गर्न ‘ठोस कार्य’ गरेकोमा संयुक्त राज्य अमेरिकाप्रति आफ्नो ‘निष्ठापूर्वक कृतज्ञता’ व्यक्त गरेको छ । शनिबार एक विज्ञप्तिमा भनिएको छ । यसअघि अमेरिकी इन्डो–प्यासिफिक संयोजक कर्ट क्याम्पबेलले चीनले अमेरिकी तल्लो सभाकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणमा ‘अत्यधिक प्रतिक्रिया’ देखाएको बताएकी थिइन् । पेलोसीले एसिया भ्रमणका क्रमममा गत साता ताइवानको भ्रमण गरेकी थिइन् । पेलोसीको ताइवान भ्रमणको चीनले निन्दा गरेको थियो । भ्रमणको विरोधमा ताइवान स्ट्रेटमा सैन्य अभ्यास गरेको थियो ।...
भारतमा पहिलो ग्लोबल गोल्ड एक्सचेन्जको क्षेत्रीय बुलियन हब बनाउने लक्ष्य

भारतमा पहिलो ग्लोबल गोल्ड एक्सचेन्जको क्षेत्रीय बुलियन हब बनाउने लक्ष्य

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
नयाँ दिल्ली, ३० सावन – भारतको पहिलो ग्लोबल गोल्ड एक्सचेन्जले क्षेत्रीय बुलियन हब बनाउने लक्ष्य राखेको छ। जसले धेरै जौहरीहरूलाई बहुमूल्य धातु आयात गर्न अनुमति दिनेछ। इन्डिया इन्टरनेशनल बुलियन एक्सचेन्जले डिलर, रिफाइनरी र विदेशी बैंकहरूलाई आकर्षित गर्ने अपेक्षा गरिएको प्रमुख कार्यकारी अधिकृत अशोक गौतमले बताएका छन्। पश्चिमी भारतको गुजरात इन्टरनेशनल फाइनान्स टेक-सिटीमा आधारित स्पट एक्सचेन्ज शुक्रबार प्रधानमन्त्री नरेन्द्र मोदीले सुरु गर्ने र व्यापार बुलियन डिपोजिटरी रसिदको रूपमा हुने बताइएको छ। सेयरले योग्य ज्वेलर्सलाई सिधै सुन आयात गर्न अनुमति दिनेछ, जुन हालको नियमहरूबाट आएको परिवर्तन हो। केन्द्रीय बैंकले अनुमोदित केही बैंक र मनोनित एजेन्सीहरूले मात्र त्यसो गर्न सक्‍ने र यसले विश्वको दोस्रो सबैभन्दा ठूलो उपभोक्तामा आयातकर्ता आधारलाई फराकिलो बनाउन सेट गरिएको विश्व सुन काउन्सिलले यो वर्ष...
असफल हुँदै चीनको शून्य कोभिड नीति

असफल हुँदै चीनको शून्य कोभिड नीति

CoVid19, आस्था, प्रदेश ५, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
बेइजिङ, ३० सावन – चीनको कोभिड शून्य नीति असफल हुँदै गएको छ । पछिल्लो समयमा नयाँ क्षेत्रहरू विशेष गरी तिब्बत र हाइनानका पर्यटन केन्द्रहरू कोरोनाभाइरस संक्रमणलको चपेटामा परेका छन् भने आकस्मिक रुपमा गरिएको लकडाउनका कारण ती क्षेत्रमा हजारौं पर्यटक अलपत्र परेका छन् । पुराना संक्रमित क्षेत्र हटस्पट बनिरहेका बेला कोरोना भाइरसको संक्रमण नयाँ क्षेत्रमा फैलिरहेको छ । सार्वजनिक आवागमनमा प्रतिबन्ध लगाइएकाले जीविकोपार्जनमा असर गरेको छ । एशियन लाइट इन्टरनेसनलका अनुसार मानिसहरूलाई असहाय बनाउँदै कोरोनाभाइरस संक्रमण चीनका नयाँ क्षेत्रमा फैलिरहेको छ । आकस्मिक रुपमा गरिएको लकडाउनका कारण अहिले हजारौं पर्यटक अलपत्र परेका छन् । विडम्बनाको कुरा के हो भने २०२१ को सुरुमा चीन कोभिड–१९ बाट मुक्त भएको घोषणा गर्ने पहिलो देश बनेको थियो । कोभिडका कारण पूर्वी चीनदेखि पश्चिम चीनका विभिन्न क्षेत्रमा लकडाउन घोष...
चिनियाँ दबाबमा राष्ट्रपतिले नागरिकता विधेयक फिर्ता गरेको खुलासा, महाभियोग लगाउने तयारी

चिनियाँ दबाबमा राष्ट्रपतिले नागरिकता विधेयक फिर्ता गरेको खुलासा, महाभियोग लगाउने तयारी

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, ३० सावन –सरकारले राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध महाभियोग प्रस्ताव ल्याउने भएको छ । संविधानअनुसार नागरिकताबाट वञ्चित १५ लाख नागरिकलाई नागरिकता दिन संविधान बनेको सात वर्षपछि ढिलै भए पनि विवादित विषय छाडेर सरकारले लामो प्रयत्न गरेर ल्याएको नागरिकता विधेयकलाई राष्ट्रपतिले अस्वीकार गरेपछि सरकारले महाभियोगको विकल्पमा छलफल सुरु गरेको हो । सरकारका एक मन्त्रीकाअनुसार चिनियाँ स्वार्थमा लामो मेहनतपछि आएको विधेयकलाई राष्ट्रपतिले रोकेको सूचना पाएपछि प्रधानमन्त्रीसहित मन्त्रीहरु, सत्तारुढ नेता प्रचण्ड, माधव नेपाललगायत असन्तुष्ट छन् । प्रचण्डले यसअघि नै राष्ट्रपतिलाई राम्रो नहुने चेतावनी दिएका छन् । सरकारी उच्च स्रोतकाअनुसार राष्ट्रपति भण्डारीले आफ्नो पूरानो दल एमाले, एमालेनिकट वकिल, नागरिक समाज, पछिल्लो समय एमालेनिकट देखिएको र एमालेले बोकेको चीनको चाहनाअनुसार राष्ट्रपतिले नागर...
आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
गृहमन्त्री खाणको कडा जवाफ नागरिकता विधेयकमा अत्तो थापेकी राष्ट्रपतिलाईकाठमाण्डौ, ३० सावन –राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयकमा असन्तुष्टि जनाउँदै फिर्ता पठाउने चर्चाका बीच गृहमन्त्री बालकृष्ण खाँणले कडा जवाफ दिएका छन् । संविधानअनुसार राष्ट्रपतिले निर्णय गर्ने १५ दिनको समय आज सकिँदैछ । राष्ट्रपति भण्डारीले कि विधेयक प्रमाणीकरण गर्नुपर्नेछ कि पुनर्विचारका लागि फिर्ता पठाउनुपर्नेछ । यसअघि एमाले सरकारले यही प्रकारको अध्यादेश एकै दिनमा प्रमाणीकरण गरेकी राष्ट्रपति भण्डारीले अहिले विधेयक रोके राजनीतिक रुपमा उनको पूर्वाग्रह झल्किने र नैतिक संकट पर्ने देखिन्छ । यस्तोमा गृहमन्त्री खाणले नागरिकता विधेयकमा सहमति भएका विषयलाई समेटेर नै सरकारले सदनमा पेस गरेर पारित गरेको राष्ट्रपतिलाई स्मरण गराएका छन् । वर्षौंदेखि नागरिकताविहीन युवाहरुको भावनालाई सम्बोधन गर्न सरकारले दलहरुबी...
सुनुवार विद्यार्थी समाजको सातौँ राष्ट्रिय महाधिवेशन भदौ २५ मा हुँदै

सुनुवार विद्यार्थी समाजको सातौँ राष्ट्रिय महाधिवेशन भदौ २५ मा हुँदै

आस्था, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
काठमाण्डौ, २९ सावन - सुनुवार विद्यार्थी समाज संघीय समितिको सातौँ राष्ट्रिय महाधिवेशन आगामी भदौ २५ गते हुने भएको छ। छैठौँ समितिको तीन वर्षे कार्यकाल सकिएकाले नयाँ कार्यसमिति चयनका लागि महाधिवेशन हुन लागेको हो । विद्यार्थी समाजले साउन २१ गते संघीय समितिको पूर्ण बैठक सम्पन्न गरेर अध्यक्ष सागर सुनुवारको संयोजकत्वमा सातौँ महाधिवेशन आयोजक समिति गठन गरेको छ । आयोजक समितिको बैठकले भदौ २५ गते महाधिवेशनको मिति तय गरेर महाधिवेशन तयारी तिब्र रुपमा थालेको संयोजक सुनुवारले बताउनु भयो । संयोजक सुनुवारका अनुसार सुनुवार विद्यार्थीहरूको शैक्षिक गतिविधिलाई क्रियाशिल बनाउँदै आइरहेको छ । समाजले सुनुवार भाषा, संस्कृतिसँग विभिन्न कार्यक्रम गर्दै आएको बताउनु भएको छ । समितिले छात्रवृत्ति वितरण, निशुल्क लोक सेवा तयारी कक्षा सञ्चालन, मातृभाषा प्रशिक्षण, चेतना प्रकाशन लगायतका कार्यहरू गर्दै आएको छ । संयोजक स...
नेकपा एमालेकाे नरैनापुर पार्टी कार्यालय उद्घाटन

नेकपा एमालेकाे नरैनापुर पार्टी कार्यालय उद्घाटन

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
नरैनापुर, २९ सावन - नेकपा एमाले केन्द्रिय सदस्य एवं बाँके जिल्ला सहइंचार्ज पशुपतिदयाल मिश्रले मैनबत्ती बाली नेकपा एमाले नरैनापुर गाउँपालिका पार्टी कार्यालयको उद्घाटन गर्नु भएको छ । उक्त अवसरमा केन्द्रीय सदस्य मिश्रले आगामी निर्बाचन पाँच भाईसँग एमालेले एक्लै लडने र निर्बाचन पछि नेकपा एमालेको पूर्ण बहुमतको सरकार बन्ने पक्का रहेको ठोकुवा गर्नु भएकाे थियाे । नेकपा एमाले नरैनापुर कमिटीका उपाध्यक्ष मो. उमर खानको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा लुम्बिनी प्रदेश कमिटी सदस्य रामकुमार दीक्षित, बाँके जिल्ला सदस्य कैलास यादव, जिल्ला सदस्य सोहनलाल यादव, नेपाल युवा संघ के स एवं लुम्बिनी प्रदेश कमिटी अध्यक्ष खेमराज शर्मा, नेता पारसनाथ पाण्डे, नेता नइम खाँ, ताज खाँ, सेराज खाँ लगायत नेता तथा कार्यकर्ताहरूको बाक्लाे उपस्थिति रहेको थियो । सोही कार्यक्रममा रामसूरत पाण्डेको अध्यक्षतामा ३१ सदस्यीय ...
डुडुवामा स्वास्थ्यको वार्षिक समिक्षा

डुडुवामा स्वास्थ्यको वार्षिक समिक्षा

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
डुडुवा, २९ साउन - डुडुवा गाउँपालिकास्तरिय एकीकृत स्वास्थ्य कार्यक्रमहरुको वार्षिक समिक्षा गरिएको छ । डुडुवा गाउँपालिका स्वास्थ्य शाखाद्धारा आज आईतबार आयोजित आर्थिक वर्ष २०७८/७९ को वार्षिक समिक्षामा स्वास्थ्य कार्यक्रम तथा अभियानको बारेमा समिक्षा गरि कार्ययोजना निर्माण गरिएको हो । समिक्षा कार्यक्रममा पालिकाले प्रवाह गर्ने स्वास्थ्य अन्तर्गत विभिन्न सेवाहरुको उपलब्धी, प्रगति, समस्या तथा चुनौतीसहितको प्रतिबेदन स्वास्थ्य शाखा प्रमुख धनबहादुर बुढाले प्रस्तुतीकरण गर्नु भएको थियो । प्रस्तुतीकरणका क्रममा डुडुवाले उपलब्ध गराउने स्वास्थ्य सेवाहरुको प्रभावकारिता र गुणस्तरियसँगै उत्कृष्ट कार्य गरेको प्रतिबेदनमा उल्लेख गरिएको थियो । सभाको समापन गर्दै गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले स्वास्थ्य क्षेत्रमा गाउँपालिकाले उत्कृष्ट कार्य गरेकोले नै जिल्लामा पहिलो स्थान हासिल गरेको भन्दै स्वास्थ्य...
ब्रिटिस स्कुलको ईको क्लबलाई प्रशिक्षण

ब्रिटिस स्कुलको ईको क्लबलाई प्रशिक्षण

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २९ सावन - नेपालगन्ज उपमहानगरपालिका वडा नं. १९ शान्तिनगरमा रहेकाे ब्रिटिस स्कुलमा एक दिने सर्प संरक्षण र बाघ संरक्षण तथा बाताबरणमा सर्पको योगदान सम्बन्धि विद्यार्थीहरुलाई जानकारी मुलक कार्यक्रम सम्पन्न गरिएको छ । बिधालयका कक्षा ८, ९, १० र ईको क्लबका विद्यार्थीहरूकाे सहभागितामा कार्यक्रम सञ्चालन गरिएकाे थियाे । सर्प नमारौं सर्पको संरक्षण गरौं । सर्पले हाम्रो वातावरण स्वच्छ राख्नुका साथै वातावरणको पारिस्थितक प्रणाली सन्तुलन राख्नमा ठुलो भुमिका खेल्ने गर्दछ भनेर सर्पका अनुसन्धानकर्ता कमल देवकोटाले विद्यार्थीहरुलाई जानकारी दिनुका साथै सर्पले हाम्रो बालीनाली खाईदिने मुसाहरू खाएर हामी किसानहरूको साथीको रूपमा पनि हामीलाई सहयोग पुर्‍याउने गर्दछन र हामीलाई कहिल्यै सर्पले टोक्दा त्यसको प्रतिविष पनि सर्पको विषले नै बन्ने भएकाले सर्पहरूको संरक्षण गर्न आवश्यक रहेकाे बताउनु भयाे । सर्प प...