Sunday, June 28सत्यम खबर
Shadow

आस्था

राप्तीमा तटबन्ध बनाउन साढे १० अर्ब दिँदै भारत

राप्तीमा तटबन्ध बनाउन साढे १० अर्ब दिँदै भारत

अवधी, आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ३० सावन –डुबान, कटान र पटानले संकट निम्त्याउँदै आएको जिल्लास्थित राप्तीमा ४१ किमि पक्की तटबन्ध निर्माण गर्न भारत सरकार सहमत भएको छ । भारतको जल संसाधन, नदी विकास एवं गंगा संरक्षण विभागले नेपाल–भारत सीमादेखि उत्तर राप्तीका दुवै किनारमा तटबन्ध निर्माण गर्न प्राविधिक अनुगमनसहित लाग्ने खर्च १० अर्ब ४४ करोड ८० लाख रुपैयाँ अनुदान सहयोग दिने भएको छ । निर्माणका क्रममा १ अर्ब रुपैयाँ नेपाली पक्षले बेहोर्नुपर्ने सम्झौता भएको छ । गत असार १४ देखि २० सम्म पटनामा जलस्रोत तथा सिँचाइ विभाग र भारतको जल संसाधन नदी विकास एवं गंगा संरक्षण विभागका अधिकारीबीच छलफल भएको थियो । उक्त बैठकमा भारतीय पक्ष तटबन्ध निर्माणका लागि सघाउन सहमत भएको हो । ‘राप्तीको तटबन्धसम्बन्धी विस्तृत परियोजना प्रतिवेदनमाथि ७ दिनसम्म सक्रिय ढंगले लामो छलफल चल्यो,’ बैठकका सहभागी तथा जनताको तटबन्ध कार्यक्रम फिल्ड कार्यालय न...
राष्ट्रपतिबाट मधेसी जनताको अधिकारमा कुठाराघात : राजेन्द्र महतो

राष्ट्रपतिबाट मधेसी जनताको अधिकारमा कुठाराघात : राजेन्द्र महतो

अवधी, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, ३० सावन –लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता राजेन्द्र महतोले राष्ट्रपतिले नागरिकता विधेयक फिर्ता गरेर मधेसी जनताको भावनामाथि कुठाराघात गरेको आरोप लगाएका छन् । केपी ओली सरकारले यही कुरा अध्यादेशमार्फत ल्याउँदा स्वीकृत गरिएको तर सार्वभौम संसदले ल्याएको नागरिकता विधेयक अस्वीकृत गर्नु गलत भएको उनले बताए । राष्ट्रपतिबाट नागरिकता विधेयक फिर्ता भएपछि लोकान्तरसँग कुरा गर्दै महतोले राष्ट्रपति जनताको कठघरामा उभिनु पर्ने बताए । ‘यसअघि हामीपनि सरकारमा भएको बेलामा ओलीजीले अध्यादेश ल्याउँदा स्वीकृत गर्नुभएको थियो । सर्वोच्चको अनुसार संसदबाट विधेयक पारित गरेपछि कसरी बेठीक भयो ?’ महतोले भने, ‘त्यही कुरा अध्यादेशमा आउदा स्वीकृत गर्ने, सार्वभौम संसदले पारित गरेर पठाएको विधेयक फिर्ता गर्ने ? कसरी नैतिक भयो ?’ संसदबाट पारित विधेयक फिर्ता गर्ने राष्ट्रपतिको संवैधानिक अधिकार भएपनि ...
भारतले आज आफ्नो ७५ औँ स्वतन्त्रता दिवस मनाउँदै

भारतले आज आफ्नो ७५ औँ स्वतन्त्रता दिवस मनाउँदै

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
काठमाण्डौ, ३० सावन –भारतले आज आफ्नो ७५ औँ स्वतन्त्रता दिवस मनाउँदै छ । यसको नेतृत्व प्रधानमन्त्री नरेन्द्र मोदीले गरेका छन् । आज बिहान प्रधानमन्त्री नरेन्द्र मोदीले प्रतिष्ठित मुगलकालीन लाल किल्लाको प्रान्तबाट देशबासीलाई सम्बोधन गर्नेछन् । प्रधानमन्त्री मोदी केही बेरमा लाल किल्ला पुग्नेछन् । उनलाई रक्षामन्त्री राजनाथ सिंह, रक्षा राज्यमन्त्री अजय भट्ट र रक्षा सचिव डा अजय कुमारले स्वागत गर्नेछन्। सो अवसरमा तीनवटै सेनाका प्रमुखको पनि उपस्थिति रहनेछ । त्यसपछि प्रधानमन्त्री मोदीले गार्ड अफ अनरको निरीक्षण गर्नुका साथै राष्ट्रिय झण्डा फहराउनेछन् ।...
नेपाल–भारत मैत्रीको प्रतीक १५ अगस्त

नेपाल–भारत मैत्रीको प्रतीक १५ अगस्त

आस्था, प्रदेश ५, बिचार, शिक्षा/स्वास्थ्य
२०७९ श्रावण ३०, सोमबारश्रीमन नारायण१५ अगस्तको दिनलाई भारतीयहरुले स्वतन्त्रता दिवसको रुपमा मनाउने गर्दछन् तर यो दिन नेपाल र भारत दुवैको निम्ति समान रुपले उल्लास एवं सम्मानको दिन हो । भारतको स्वतन्त्रता आन्दोलनको सफलतापश्चात् मात्रै नेपालमा राणाविरोधी आन्दोलनले ऊर्जा प्राप्त गरेको थियो । नेपालमा प्रजातन्त्रको स्थापनाका निम्ति भारतको सहयोग, सदभाव र समर्थन बिर्सी नसक्नु छ । नेपाल र भारत परम्परागत छिमेकी राष्ट्र हुन् । दुई देशका जनताबीचको सम्बन्ध दुवै देशको इतिहासभन्दा पनि पुरानो छ । खुला सिमाना, धार्मिक, सांस्कृतिक, आर्थिक र राजनीतिक सम्बन्धले हामीबीचको मित्रतालाई अझ बढी प्रगाढ बनाएको छ । यी दुई देशका बहुआयामिक सम्बन्धका केही पक्षहरुलाई विश्लेषण यसरी पनि गर्न सकिन्छ । राजनीतिक( विसं. १९६२ मा राणा प्रधानमन्त्री श्री ३ चन्द्र शम्शेरको पालामा माधवराज जोशीले आफ्ना मित्र भारतका पञ्जाबी मास्टर गुरुद...
सामग्री बीचबाटोमै रोकिए, रसुवागढी र तातोपानी नाका खुलाउनेबारे अन्योल

सामग्री बीचबाटोमै रोकिए, रसुवागढी र तातोपानी नाका खुलाउनेबारे अन्योल

आर्थिक, आस्था, प्रदेश ५, श्रम/रोजगार, समाचार
काठमाण्डौ, ३० सावन –नेपाल र चीनबीच सञ्चालनमा रहेका रसुवागढी र तातोपानी नाका हाल बन्द छन्। रसुवागढी नाका गत शनिबारदेखि बन्द भएको हो भने तातोपानी नाका बुधबारदेखि। परराष्ट्रमन्त्री नारायण खड्का र चिनियाँ विदेशमन्त्री वाङ यीबीच गत बुधबार भेटवार्ता भएको थियो। परराष्ट्रमन्त्री खड्का स्वदेश फर्किएपछि मन्त्रालयले विज्ञप्तीमार्फत दुवै नाका सञ्चालन गर्ने सहमति भएको जनाएको थियो। तर उनी त्यहाँ रहँदा नै दुवै नाका बन्द भइसकेको थियो । तर, उनी फर्किएपछि नाका सञ्चालन बारे कुनै पहल भएको छैन।चीनको स्वशासित क्षेत्र तिब्बतका विभिन्न सहरमा कोरोना संक्रमण बढेपछि दुवै नाका बन्द गरिएको हो। रसुवाका प्रमुख जिल्ला अधिकारी नवराज जैशीले कोरोनाको कारण नाका बन्द भएको बताए। ‘नाका बन्द बारे हामीलाई आधिकारिक पत्र पठाएका छैनन्। चिनियाँ अधिकारीले कोरोना बढेकाले एक साता नाका सञ्चालन नगर्ने बताएका थिए’, उनले भने। उनका अन...
चिनियाँ ऋण जाम्बियाद्वारा अस्वीकार

चिनियाँ ऋण जाम्बियाद्वारा अस्वीकार

आर्थिक, आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, ३० सावन –दक्षिण अफ्रिकी मुलुक जाम्बियाले चीनसँगको ऋण अस्वीकार गरेको छ । अमेरिकाबाट प्रकाशित हुने फाइनान्सियल पोस्टको अनलाइन संस्करणले जनाएअनुसार जाम्बियाले चीनसँगको १ अर्ब ६० करोड अमेरिकी डलर बराबरको ऋण अस्वीकार गरेको हो । जाम्बियासँग १७ अर्ब अमेरिकी डलर बराबरको वाह्य ऋण रहेको जनाइएको छ । यसमध्ये ६ अर्ब ६० करोड डलर ऋण चीनको सार्वजनिक एवम् निजी कम्पनीहरुमार्फत् लिइएको जनाइएको छ । यसअघि जाम्बिया र अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमएफबीच १ अर्ब ४० करोड डलर बराबरको सहयोग प्याकेजबारे सम्झौता भएको थियो । विश्वका विकासशील मुलुकहरु चिनियाँ ऋण पासोमा परेर वित्तीय जोखिममा रहेको चर्चामाझ जाम्बियाले चिनियाँ ऋण अस्वीकार गरेको हो ।...
बैंककमा चिनियाँ क्यासिनो सञ्चालक पक्राउ

बैंककमा चिनियाँ क्यासिनो सञ्चालक पक्राउ

आर्थिक, आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, ३० सावन –अवैध अनलाइन क्यासिनो सञ्चालन गरेको आरोपमा अन्तर्राष्ट्रिय पक्राउ पूर्जी जारी गरिएका एक विवादास्पद चिनियाँ व्यवसायीलाई बैंककका अधिकारीहरूले हिरासतमा लिएको थाई प्रहरीले शनिबार पुष्टि गरेको छ। उनी चिनियाँ प्रहरीबाट फरार रहँदै आएका थिए। उनले कम्बोडिया र म्यान्मारको कायिन राज्यको श्वे कोक्कोमा विवादास्पद ठूला आयोजना र र क्यासिनो खेलका साथै फिलिपिन्समा चिठ्ठा खेलाउने धन्दा चलाएको विभिन्न सञ्चारमाध्यमले जनाएका छन्। थाइ प्रहरीले उनलाई सुपुर्दगीका लागि अनुरोध गर्न बाँकी रहेको भन्दै बुधबार राति अध्यागमन हिरासतमा लिएपछि उनको थाई भिसा रद्द गरिएको जनाएको छ। थाई प्रहरी अधिकारीले एएफपीसँग भने, ‘सरकारी वकिलले अर्को हप्ता फौजदारी अदालतमा (अस्थायी गिरफ्तारी) का लागि अनुरोध पेश गर्नेछन्।’ इन्टरपोलले मे २०२१ मा प्रकाशित गरेको र एएफपीले प्राप्त गरेको रेड नोटिसमा भनिएको छ, ‘उनी चीन...
एमाले र राप्रपाबीच चुनावी तालमेलबारे छलफल

एमाले र राप्रपाबीच चुनावी तालमेलबारे छलफल

आस्था, प्रदेश ५, राजनीति, समाचार
काठमाण्डौ, ३० सावन –नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच मंसिरमा हुने आमनिर्वाचन तालमेलको विषयमा छलफल सुरु भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा अध्यक्ष ओली र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनबीच शुक्रबार अपराह्न चुनावी तालमेलको विषयमा एक घण्टा छलफल भएको छ । दुवै नेताहरुबीच सत्तारुढ गठबन्धन निर्माण भइसकेको अवस्थामा एमाले र राप्रपाबीच ‘देशभक्त’ र ‘राष्ट्रवादी’ शक्ति एक भएर जाने विषयमा छलफल भएको हो । एमाले उपाध्यक्ष सुवास नेम्वाङले राप्रपासहित विभिन्न पक्षसँग छलफल भइरहेको बताए । ‘राप्रपासहित विभिन्न समूहसँग छलफल भइरहेको छ,’ कान्तिपुरलाई संक्षिप्त प्रतिक्रिया नेम्वाङले भने, ‘कुनै पक्षसँग सहमति भइसकेको छैन । ‘ यसअघि राप्रपा अध्यक्ष लिङ्देन र उपाध्यक्ष बुद्धिमान तामाङले एमाले उपाध्यक्ष सुवास नेम्वाङसँग तालमेलको विषयमा कम्तीमा २ पटक छलफल गरेका थिए । ओली र लिङ्...
भारतीय सेनाले नयाँ लडाकु वाहनहरू उतारेको छ लद्दाखमा चिनियाँ अतिक्रमणको सामना गर्न

भारतीय सेनाले नयाँ लडाकु वाहनहरू उतारेको छ लद्दाखमा चिनियाँ अतिक्रमणको सामना गर्न

आस्था, प्रदेश ५, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, ३० सावन –भारतीय सेनासँग लद्दाखमा नयाँ लडाकु गाडीहरू छन् जुन छिटो छ र १६००० फीट भन्दा बढी उचाइमा कठिन भूभागमा काम गर्नको लागि राम्रो गतिशीलता भएका गाडीहरु छन। यी मध्ये एक दर्जन नयाँ मेसिनहरू, जसलाई इन्फन्ट्री प्रोटेक्टेड मोबिलिटी भेइकल भनिन्छ, पूर्वी लद्दाखको उच्च उचाइको पठार क्षेत्रमा व्यापक परीक्षण पछि समावेश गरिएको छ। गाडीमा ३६० डिग्री मेसिन गन लगाइएको छ जुन रिमोट कन्ट्रोल गर्न सकिन्छ र यसमा १२ पूर्ण सशस्त्र सिपाही बोक्ने क्षमता छ जसले भित्रका १० फायरिङ पोर्टबाट गोली चलाउन सक्छ। सवारीसाधनमा साना ह तियारको आ क्रबाटबाट बुलेटप्रुफ सुरक्षा हुने संरचना छ । यी पाङ्ग्रे सवारीहरू हुन् जसले हाम्रो द्रुत प्रतिक्रिया बलहरूको लागि द्रुत गतिशीलता सुनिश्चित गर्दछ र रातमा पनि प्रयोग गर्न सकिन्छ। व्यापक फिल्ड ट्रायल पछि इन्डक्शन गरिएको हो र गाडीहरू पठार क्षेत्रका लागि पूर्ण रूपमा उप...
नेपाली राजदूतलाई निम्नस्तरको व्यवहार देखाउँदै चीनले गर्यो नेपालको अपमान

नेपाली राजदूतलाई निम्नस्तरको व्यवहार देखाउँदै चीनले गर्यो नेपालको अपमान

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, ३० सावन – उत्तरी छिमेकी चीनले नेपालको अपमान गरेको छ । नेपालीहरुले असल छिमेकी भने पनि नेपालको प्रतिनिधित्व गर्दै बेइजिङ पुगेका राजदूत विष्णुपुकार श्रेष्ठलाई चीनले अपमानजनक व्यवहार देखाएको हो । सामान्यतया नयाँ राजदूत नियुक्त भएर आएपछि राष्ट्राध्यक्ष अर्थात राष्ट्रपतिलाई ओहदाको प्रमाणपत्र बुझाउने गरिन्छ । उपराष्ट्रपतिले समेत ओहदाको प्रमाणपत्र बुझ्न मिल्दैन । यसअघि एकैपटक ९ देशका राजदूत नियुक्त गरेर चिनियाँ राष्ट्रपति सी चिनफिङले ओहदाको प्रमाणपत्र बुझेका थिए । तर चीनका लागि नेपालका राजदूत विष्णुपुकार श्रेष्ठलाई चिनियाँ राष्ट्रपतिले समय नै दिएनन् । श्रेष्ठले चीनको परराष्ट्र मामिलाका शिष्टाचार महापाल होङ लेई समक्ष ओहोदाको प्रमाणपत्र बुझाउनुपरेको छ ।एउटा सहसचिवलाई ओहदाको प्रमाणपत्र बुझाउँदा नियोग उपप्रमुखलगायत बेइजिङस्थित नेपाली दूतावासका कर्मचारीहरुले अपमानित महसुस गरेका थिए...