Tuesday, April 21सत्यम खबर
Shadow

ब्रिटिस स्कुलको ईको क्लबलाई प्रशिक्षण

नेपालगन्ज, २९ सावन – नेपालगन्ज उपमहानगरपालिका वडा नं. १९ शान्तिनगरमा रहेकाे ब्रिटिस स्कुलमा एक दिने सर्प संरक्षण र बाघ संरक्षण तथा बाताबरणमा सर्पको योगदान सम्बन्धि विद्यार्थीहरुलाई जानकारी मुलक कार्यक्रम सम्पन्न गरिएको छ । बिधालयका कक्षा ८, ९, १० र ईको क्लबका विद्यार्थीहरूकाे सहभागितामा कार्यक्रम सञ्चालन गरिएकाे थियाे ।

सर्प नमारौं सर्पको संरक्षण गरौं । सर्पले हाम्रो वातावरण स्वच्छ राख्नुका साथै वातावरणको पारिस्थितक प्रणाली सन्तुलन राख्नमा ठुलो भुमिका खेल्ने गर्दछ भनेर सर्पका अनुसन्धानकर्ता कमल देवकोटाले विद्यार्थीहरुलाई जानकारी दिनुका साथै सर्पले हाम्रो बालीनाली खाईदिने मुसाहरू खाएर हामी किसानहरूको साथीको रूपमा पनि हामीलाई सहयोग पुर्‍याउने गर्दछन र हामीलाई कहिल्यै सर्पले टोक्दा त्यसको प्रतिविष पनि सर्पको विषले नै बन्ने भएकाले सर्पहरूको संरक्षण गर्न आवश्यक रहेकाे बताउनु भयाे ।

सर्प पारिस्थितिक पद्धति (इकोसिस्टम) को एउटा अभिन्न अंग हो । यसले यस पृथ्वीमा अन्य जीवजन्तु जत्तिकै महत्व बोकेको हुन्छ । त्यसैले यसको उद्धार वन्यजन्तु सम्बन्धी नीति–नियमका साथै प्रकृतिको पनि नियममा बसेर गर्नुपर्छ । सर्पले आफ्नो प्राकृतिक वासस्थानमा सुरक्षित महसुस गर्छ र त्यहीँ उसलाई नियमित जीवनयापनमा सहज हुन्छ । अप्ठेरोमा परेका सर्प वा अजिंगरलाई समातेर अनावश्यक दुःख दिनु हुँदैन, सर्प वा अजिंगरलाई उद्धार गर्न त्यस सम्बन्धी प्राविधिक ज्ञान रहेको विज्ञ चाहिन्छ भनी जानकारी दिएका छन ।

त्यस्तै, सम्बन्धित निकायले नै उद्धार गर्नुपर्छ । कुनै बेला तत्कालै उद्धार गर्नु परेमा उद्धार गरिसकेपछि सम्बन्धित निकायलाई बुझाउनु पर्छ । अनि मात्र वास्तविक उद्धार हुन्छ । सर्प देख्ने बित्तिकै नमारौ र सर्पहरूमा पेट्रोल, मट्टीतेल जस्तो पदार्थहरू नहालौ किनभने यी पदार्थहरूको प्रयोगले सर्पहरूको मृत्युु समेत हुने गर्दछ । त्यसकारण हजुरहरूको घरभित्र सर्प पसेमा आफ्नो नजिकको सर्प उद्वार टोलिलाई जानकारी दिने वा जिल्ला बन डिभिजनलाई जानकारी दिनु पर्छ भनेर विद्यार्थीहरुलाई देवकोटाले जानकारी दिएका थिए ।

विद्यार्थीहरुलाई संरक्षणकर्मी दिप शाही र आशिष् चौधरीले बाघ संरक्षण तथा बाताबरण संरक्षण रास्ट्रिय निकुञ्जको महत्त्व रुख जनावरको महत्त्वको बारेमा जानकारी दिएका थिए । ईको क्लबका अध्यक्ष रमेश ओलिले यस्ता कार्यक्रमले हामीलाई नयाँ-नयाँ ज्ञान् हुने बताए । उनले भने सबै सर्प बिसालु हुँदैन रहेछ भन्ने थाहा पाईयो भनी खुशी व्यक्त गरे ।

लुम्बिनी प्रदेश तालिम केन्द्रको आयोजनामा स्वास्थ्यकर्मीहरुलाई सर्प सम्बन्धि जानकारी दिन आएको बेला सर्प अनुसन्धानकर्मी कमल देवकोटाले बिधालय मै आई विद्यार्थीहरुलाई निकै उत्कृष्ट तरिकाले सर्प सम्बन्धि जानकारी दिएको बिधालयका प्रधानाध्यापक हेमन्तराज काफलेले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *