Monday, April 13सत्यम खबर
Shadow

राजविराजमा राष्ट्रपतिको कदमविरुद्ध प्रदर्शन

काठमाण्डौ, ६ असोज – लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले राष्ट्रपतिको कदमविरुद्ध प्रदर्शन गरेको छ । लोसपाले बुधबार राजविराजमा प्रदर्शन गरेको हो ।
लोसपाका नेता तथा कार्यक्रताहरुले पार्टी कार्यालयबाट निकालिएको विरोध ¥याली नगरको विभिन्न भाग परिक्रमा गर्दै राष्ट्रपति विद्यादेवी भण्डारी विरुद्ध नाराबाजी गर्दै नागरिता विधेक गालु गर, नागरिताबाट बचित गर्न पाईदै लगायतका नारा लगाएका थिए ।


संसदको दुवै सदनबाट दोश्रोपटक पास भइ राष्ट्रपतिकोमा पठाइएको नागरिकता विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण गर्नु पर्ने अन्तिम समय मंगलबार राति १२ बजेसम्म थियो ।
तर राष्ट्रपति भण्डारीले उक्त विधेयक प्रमाणीकरण नगरेपछि उनले संविधानको उल्लंघन गरेको भन्दै चर्को आलोचना भइरहेको छ । त्यसैक्रममा बुधबार राजविराजमा लोसपाले राष्ट्रपति भण्डारीको विरोधमा प्रदर्शन गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *