म संग चुनाव लड्नेहरु त्रसित छन् – अग्रहरी
नेपालगन्ज, १७ कार्तिक - बाँके क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टिका तर्फबाट प्रतिनिधि सभामा उम्मेदवारी दिएका विनोद अग्रहरीले आफुसंग चुनाव लड्नेहरु हारिने डरले त्रसित बनेको बताएका छन ।
अन्य दलहरुले घरदैलो भर्खर सुरु गर्दा आफुले आधा जति मतदाताको घरमा पुगिसकेको बताउँदै जनताको चाहना परिवर्तन रहेकोले सधै चुनाव लडिरहेकाहरु हारिने डरले त्रसित बनेको बताए । आज नेपालगन्ज वडा नम्बर २२ पुरैनीमा घरदैलो गर्दै प्रतिनिधि सभा सदस्य उम्मेदवार अग्रहरीले पुराना पार्टि र पुरानाे सोच भएकाहरुबाट कुनै उपलव्धी हासिल नहुने भन्दै मतदाताको साथ मागे । पुरानाे दल र प्रतिनिधिहरुसंग जनताको पहुँच नपुग्ने र बास्तविक मतदाताको समस्या पनि समाधान नहुने तर्क अग्रहरीको छ । हाल सम्म १७ हजार बढि मतदातालाई घरमै पुगेर मैले भेटिसकेको छु,– अग्रहरीले भने । जनताले पनि नयाँलाई यो पटक अवसर दिनेमा आफु विस्वस्थ रहेको उनले बताए ...









