Tuesday, April 21सत्यम खबर
Shadow

म संग चुनाव लड्नेहरु त्रसित छन् – अग्रहरी

नेपालगन्ज, १७ कार्तिक – बाँके क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टिका तर्फबाट प्रतिनिधि सभामा उम्मेदवारी दिएका विनोद अग्रहरीले आफुसंग चुनाव लड्नेहरु हारिने डरले त्रसित बनेको बताएका छन ।

अन्य दलहरुले घरदैलो भर्खर सुरु गर्दा आफुले आधा जति मतदाताको घरमा पुगिसकेको बताउँदै जनताको चाहना परिवर्तन रहेकोले सधै चुनाव लडिरहेकाहरु हारिने डरले त्रसित बनेको बताए । आज नेपालगन्ज वडा नम्बर २२ पुरैनीमा घरदैलो गर्दै प्रतिनिधि सभा सदस्य उम्मेदवार अग्रहरीले पुराना पार्टि र पुरानाे सोच भएकाहरुबाट कुनै उपलव्धी हासिल नहुने भन्दै मतदाताको साथ मागे । पुरानाे दल र प्रतिनिधिहरुसंग जनताको पहुँच नपुग्ने र बास्तविक मतदाताको समस्या पनि समाधान नहुने तर्क अग्रहरीको छ । हाल सम्म १७ हजार बढि मतदातालाई घरमै पुगेर मैले भेटिसकेको छु,– अग्रहरीले भने । जनताले पनि नयाँलाई यो पटक अवसर दिनेमा आफु विस्वस्थ रहेको उनले बताए ।

म एक्लै पनि मतदाता कहाँ भोट माग्न गइरहेको छु, तर अन्य उम्मेदवार भने लावालस्कर लिएर गएको भन्ने सुनेको छु । यदि राम्रो नेता हो र जनताकोलाई केहि राम्रो काम गरेको हो भने जनताकहाँ एक्लै जान सक्नुपर्छ अग्रहरीले व्यङय गर्दै भने ।

विनोद अग्रहरीले भोट काट्ने मात्र हो भन्नेहरुलाई चुनौति दिदै भने “मैले भोट काट्ने होइन बरु मेरा प्रतिस्प्रधिले भने मेरो भोट काटिरहेका छन । जनताले मलाई विजयि भवः भनिसकेकाले म ढुक्क छु”, अग्रहरीले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *