Wednesday, April 22सत्यम खबर
Shadow

युवाहरूकाे माग स्वतन्त्र उम्मेद्वार डाक्टर बिनाेद कर्ण

नेपालगन्ज, १७ कार्तिक – मंसिर ४ गते सम्पन्न हुन गईरहेकाे निर्वाचनमा देशभरी यसपटक स्वतन्त्र उम्मेदवारहरूकाे बाक्लाे सहभागिता देखिएकाे छ । बाँकेमा पनि प्रदेशतर्फ एक जना स्वतन्त्र उम्मेदवारले त्यस्तै किसिमको चुनावी अभियान अगाडी सारेर प्रदेश सभा सदस्यको लागी निर्वाचनमा सहभागिता जनाई सकेका छन् ।

सामाजिक गतिविधिमा पहिल्यैदेखि स्थापित गरेका, पेशाले चिकित्सक, मध्य तथा सुदुर पश्चिम प्रदेश मै चर्चित प्लास्टिक सर्जन डाक्टर बिनोद कर्ण बाँकेका स्थानीयका लागी अन्य स्वतन्त्र उम्मेद्वार भन्दा बलियाे देखिएका छन् ।

डाक्टर बिनाेद कर्णको चुनावी अभियानले पनि त्यस्तै सन्देश दिएको छ । उनको लोभलाग्दो पेश, लामो समयसम्म उनले नेपालगन्जमा सञ्चालन गरेको सरसफाइ र बृक्षारोपणको अभियान अनि युवापुस्तामा त्यसको प्रभावले बाँके क्षेत्र नम्बर २ (ख) मा नयाँ खाले माहोल बन्दै गएको युवाहरु बताउँदै आएका छन् ।

अस्पतालमा बिरामीको उपचार गर्ने चिकित्सक डाक्टर बिनोद कर्ण अहिले भने नेपालगन्जको घरदैलोमा ब्यस्त बनेका छन् । घरदैलो मै कुनै विशेष केश आउँदा अस्पताल पुग्ने गरेका कर्ण स्वतन्त्र उम्मेदवारमा सम्भावना बोकेका उम्मेदवारको रुपमा चिनिन थालेका छन् ।

राजनीतिक दलहरुबाट दिक्क भएका मतदाहरुले स्वतन्त्र उम्मेदवारको खोजी गरिएको अवस्थामा डाक्टर कर्णको उम्मेदवारीले नेपालगन्जमा आशा दिएको स्थानियहरु बताउने गर्छन् ।

मङ्सिर ४ मा हुने निर्वाचनमा बाँके क्षेत्र नम्बर २ प्रदेश (ख) बाट चुनावी अभियानमा होमिएका डाक्टर कर्ण निर्वाचन आयोगबाट प्राप्त चुनाव चिन्ह बिजुलीको चिम (बल्ब) लिएर प्रचारप्रसारमा ब्यस्त बनेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *