Sunday, May 31सत्यम खबर
Shadow

नेपाल-भारतका गोप्य दस्तावेज चीनलाई बिक्री गर्ने राजन भट्टराई पनि उम्मेदवार

काठमाडौं, २० कार्तिक – आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो संगठन र पार्टीका लागि इमान्दारिताका साथ काम गरिरहेक अब्बल नेताहरुलाई पाखा लगाएर आफ्नो वरीपरी घुम्‍ने र विभिन्‍न मुलुकसँग मिलेर राष्ट्रविरुद्ध षड्यन्त्र गर्नेहरुलाई उम्मेदवार बनाएका छन्।

जसमध्ये काठमाडौं-४ को प्रतिनिधि सभा उम्मेदवारमा राजन भट्टराईलाई ओलीले टिकट दिएका छन्। भट्टराईले आफू नेपाल-भारतका ऐतिहासिक सम्झौता र विवादहरुलाई समाधान गर्न गठित प्रबुद्ध व्यक्ति समूह ९ईपीजी० को सदस्य हुँदा नेपाल-भारतका ऐतिहासिक र गोप्य दस्तावेज चीनलाई बिक्री गरी राष्ट्रमाथि घात गर्ने व्यक्ति हुन्।

आज उनै राजन भट्टराई नेपाली कांग्रेसका महामन्त्री गगन थापाविरुद्ध चुनावी मैदानमा छन्। राजन भट्टराईले आफ्नो श्रीमतीको नाममा पैसा आउने गरी सम्झौता गरेको र परियोजना प्रमुखमा श्रीमतीको नाम राखेका थिए।

चिनियाँ दूतावासले सन् २०१७ अक्टोबरमा गरेको सम्झौता अनुसार उक्त प्रोजेक्टको प्रमुख भट्टराईकी श्रीमती गीता गौतम रहेकी छन्। तर, उक्त परियोजना भट्टराईले हेर्ने गरी तोकिएको छ। नेपाल(भारतको सम्बन्ध त्यसमा पनि विशेष गरी नेपाल(भारत शान्ति र मैत्री सम्बन्ध १९५०, जलश्रोत र व्यापार सम्बन्धका विवादका पक्ष र द्विपक्षी सन्धीको ऐतिहासिक यथार्थता उपलब्ध गराउनु पर्ने सम्झौतामा उल्लेख छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *