५ महिला सहित ६३ जनाद्वारा रक्तदान
नेपालगन्ज, ३ मंसिर – बर्दियाको जयनगरमा “रक्तदान जीवनदान, १८ वर्ष ४५ किलो, रक्तदान गर्न नगरौं ढिलो” भन्ने उद्देश्यका साथ पौष २ गते शनिवार आयोजित रक्तदान कार्यक्रममा ५ महिला सहित ६३ जनाले रक्तदान गरेका छन् ।बिश्वासिलो बचत तथा ऋण सहकारी संस्था लिमिटेड ठाकुरबाबा–८ मढेलाका केन्द्रिय अध्यक्ष चित्रप्रसाद खनालले प्रादेशिक रक्त संचार सेवा केन्द्र नेपालगन्जका प्राविधिक राजेन्द्र महतरालाई र नेपाल स्वयंसेवी रक्तदाता समाज बर्दियाका सचिव श्यामलाल थारुले प्राविधिक पिमा डाँगीलाई रगत संकलन गर्ने पाकेट हस्तान्तरण गरी कार्यक्रमको उद्घाटन गर्नु भएको थियो ।बारबर्दिया नगरपालिका वार्ड नं.–६ जयनगर चोकमा बिश्वासिलो बचत तथा ऋण सहकारी संस्था लिमिटेड निगरानी सेवा केन्द्र जयनगर र नेपाल स्वयंसेवी रक्तदाता समाज बारबर्दिया नगर समितिको संयुक्त आयोजनामा बिश्वासिलो बचत तथा ऋण सहकारी संस्था लिमिटेड ठाकुरबाबा–८ मढेलाका केन्द्...









