Friday, July 3सत्यम खबर
Shadow

आस्था

सत्तामा हुँदा रेशमलाई रिहा गर्न खोजेको एमालेले पनि देखायो दोहोरो चरित्र

सत्तामा हुँदा रेशमलाई रिहा गर्न खोजेको एमालेले पनि देखायो दोहोरो चरित्र

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, ४ पौष – राजनीतिक र सामाजिक रूपमा विभेदकारी नीतिले अन्यायमा परेका थारू समुदायलाई न्याय दिन खोज्दा नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा चौतर्फी घेराबन्दीमा परेका छन् । थारूहरूको जनादेशको सम्मान गर्दै प्रधानमन्त्री देउवाले जोखिम लिएर न्यायपूर्ण निर्णय लिँदा आफनै दलबाट सहयोग नपाएका हुन् । यसमा प्रतिपक्षी एमालेले पनि दोहोरो चरित्र देखाएको छ ।सत्तामा हुँदा रेशम चौधरीलाई छोडाउन अदालतमा प्रक्रिया मिलाउने प्रयास गरेको, कैलाली गएर रेशम निर्दोष छन्, हामी छुटाउँछौं भनेर अध्यक्षले भाषण दिएको एमाले अहिले भने देउवाले थारूलाई न्याय दिने गरि कानुन संशोधन गर्दा विरोधमा उत्रिएको छ । देउवाले राजनीतिक थिचोमिचो र अन्यायमा परेका थारू समुदायलाई न्याय दिने प्रयासस्वरूप अध्यादेश ल्याएका छन् । अध्यादेश जारी गर्न राष्ट्रपति कार्यालय शीतल निवासमा पुगेको छ । अध्यादेश शीतल निवा...
प्रधानमन्त्री टुंगो लागिसकेको छैन : प्रचण्ड

प्रधानमन्त्री टुंगो लागिसकेको छैन : प्रचण्ड

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
चितवन, ४ पौष – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबको प्रधानमन्त्री को बन्ने भन्ने टुंगिनसकेको बताएका छन् । सोमबार चितवनमामा पत्रकारसँग अध्यक्ष प्रचण्डले भने, ‘हामी गठबन्धनमा छलफल गर्छौ र टुंग्याउछौ । अहिले नै को प्रधानमन्त्री बन्ने भन्ने टुंगो लागेको छैन।’ त्यसक्रममा उनले प्रधानमन्त्रीका लागि सबै विषयमा दाउमा राख्ने पक्षमा नरहेको प्रष्ट पारेका छन् । ‘मैले प्रधानमन्त्रीका लागि सबै चिज दाउमा लगाउने काम मैले कहिल्यै पनि गरेको छैन’, राष्ट्रपतिले सरकार गठनका लागि सात दिनको समय दिइसकेकाले सोही समयावधिभित्र गठबन्धनकै सरकार बन्ने तर कसको नेतृत्वमा सरकार गठन गर्ने भन्नेबारे छलफल चलिराखेको सुनाए । अध्यक्ष प्रचण्डले थपे, ‘मैले प्रधानमन्त्रीका लागि आकांक्षा राख्नु स्वाभाविक हो तर बाहिर भनेजस्तो दाबी भनेर औपचारिक रूपमा गठबन्धनको बैठकमा गरेको छैन ।’ माओवादीले एमा...
चिनियाँ सैनिकको अतिक्रमणको प्रयासलाई भारतीय सेनाले विफल पारे : रक्षामन्त्री सिंह

चिनियाँ सैनिकको अतिक्रमणको प्रयासलाई भारतीय सेनाले विफल पारे : रक्षामन्त्री सिंह

आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, ४ पौष – अरुणाचल प्रदेशको तवाङमा चार दिन अगाडि चिनियाँ सैनिकसँगको झडपका विषयमा रक्षामन्त्री राजनाथ सिंहले मंगलबार संसद्लाई संक्षिप्त जानकारी दिएका छन् । झडपको विषय सार्वजनिक भएसँगै प्रमुख विपक्षी कंग्रेससहितका दलले सरकारमाथि दबाब बढाएपछि घटना भएको चार दिनपछि सरकारले त्यसबारे सदनलाई जानकारी गराएको हो । डिसेम्बर ९ मा भएको घटनाबारे रक्षामन्त्री सिंहले डिसेम्बर १३ मा संसद्लाई संक्षिप्त जानकारी दिएका हुन् । तीन मिनेटको मन्तव्यमा उनले चिनियाँ सैनिकको अतिक्रमणको प्रयासलाई भारतीय सेनाले दृढताका साथ सामना गरेर विफल तुल्याइदिएको दाबी गरेका छन् । ‘९ डिसेम्बर २०२२ मा पीएलए सैनिकले तवाङ सेक्टरको यांगत्से क्षेत्रमा ‘लाइन अफ एक्चुअल कन्ट्रोल’ अतिक्रमण गरेर वास्तविक लाइनलाई एकतर्फी बदल्ने प्रयास गरेका थिए,’ सिंहले भनेका छन्, ‘चीनको त्यस्तो प्रयासलाई हाम्रो सेनाले दृढताका साथ विफल तुल्याएको...
रुसी इन्धन बंगलादेश पठाउन भारतको चासो

रुसी इन्धन बंगलादेश पठाउन भारतको चासो

आर्थिक, आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, ४ पौष – भारतले रुसी तेल तथा ग्यास बंगलादेशतर्फ निर्यात गर्ने सम्भावनाबारे विचार गरिरहेको खुलेको छ । रुसबाट ग्यास एवम् तेल बंगलादेशतर्फ पठाउने गर्ने विषयमा टर्कीले चासो देखाएपछि भारतले यसप्रति अग्रसरता देखाएको हो । बंगलादेशले खरिद गर्ने भनिएको रुसी इन्धन निर्यात गर्नका लागि ट्रान्जिट बन्न भारतले चासो देखाएको भारतीय आर्थिक अनलाइन इकोनोमिक टाइम्सले जनाएको छ । निकट भौगोलिक अवस्थिती एवम् सुमधुर राजनीतिक सम्बन्ध रहेका कारण भारतले रुसी इन्धन बंगलादेशतर्फ निर्यात गर्न चासो दिएको जनाइएको छ ....
प्रहरी प्रतिष्ठानको भवन बनाउन भारतले पठायो ५० करोड

प्रहरी प्रतिष्ठानको भवन बनाउन भारतले पठायो ५० करोड

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, ४ पौष – काभ्रेपलाञ्चोकमा निर्माण भइरहेको राष्ट्रिय प्रहरी प्रतिष्ठान परियोजनाका लागि भारतले ५० करोड रुपैयाँ पठाएको छ। गत असोजदेखि निर्माण थालिएको उक्त परियोजनालाई अघि बढाउन भारत सरकारले पहिलो किस्तास्वरुप ५० करोड उपलब्ध गराएको हो। प्रहरी प्रशिक्षण प्रतिष्ठान परियोजना निर्माणका लागि गत असोज ७ गते भूमि पूजन गरिएको थियो। नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव र गृहमन्त्री बालकृष्ण खाँणले संयुक्त रूपमा भूमि पूजन गरेका थिए। यस परियोजनाको शिलान्यास सन् २०१४ नोभेम्बरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आएका बेला तत्कालीन प्रधानमन्त्री सुशील कोइराला र मोदीले संयुक्त रूपमा गरेका थिए। भारत सरकारको नेपाली रुपैयाँ हजार करोड अनुदानमा निर्माण हुने यो परियोजना नेपालमा निर्माण भएका ठूला परियोजनामध्ये एक हो। यस परियोजनाको कूल क्षेत्रफल झन्डै ८४ एकड रहेको छ। क्याम्पस भ...
चीनको स्वास्थ्य संयन्त्र जोखिममा

चीनको स्वास्थ्य संयन्त्र जोखिममा

आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, ४ पौष – लामो समय जिरो कोभिड नीति लिएको चीनले आफ्नो नीति परिवर्तन गरे लगत्तै अस्पतालमा सहने नसकिने चाप देखिएको छ। अस्पतालहरूमा चिकित्सक र नर्सको माध्यम हुँदै अन्य रोगका बिरामीलाई कोभिड सर्ने जोखिम समेत देखिन थालेको छ। अस्पतालमा कर्मचारी अभाव भए पछि चिकित्सक र नर्सलाई सङ्क्रमण भए पनि अस्पताल बोलाउन थालिएको छ। अमेरिकाको याले विश्वविद्यालयमा भएका यसैको विषयमा विशेषता हासिल गरी रहेका चिनिया प्राध्यापकलाई देश बोलाइएको छ। राष्ट्रपति सी जिनपिङले अहिलेको डरलाग्दो अवस्थालाई हेरेर प्रक्षेपण गर्न नयाँ उपाय अपनाउन आवश्यक रहेको बताएका छन्। उनले यस बारेमा निर्देशकसँग कुरा गर्ने पनि बत्ताएका छन्। ‘अहिले चिकित्सककै कारण सबै बिरामी कोभिडको जोखिममा पर्न थालेका छन्’ एक स्थानीयले बताएका छन्। चीनले अहिले सङ्क्रमणको दर एकदमै उच्च हुन थालेपछि ज्वरोको वार्डमा थपेको छ। भाइरस सङ्क्रमित भएका सबैला...
चुनावमा अमेरिका र चीन लगायत शक्तिकाे चलखेल भयाे : प्रचण्ड

चुनावमा अमेरिका र चीन लगायत शक्तिकाे चलखेल भयाे : प्रचण्ड

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
झापा, ४ पौष – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ हालै सम्पन्न निर्वाचनमा विदेशी चलखेल भएको दाबी गरेका छन् । उनले नेपालको भूराजनीतिकमा अमेरिका र चीनको स्वार्थ रहेको समेत बताए । आइतबार प्रेस सेन्टर नेपालको केन्द्रीय पदाधिकारी बैठकलाई सम्बोधन गर्दै प्रचण्डले चुनावमा कसलाई हराउने, कसलाई जिताउनेसम्मको चलखेल भएको दाबी गरे । विदेशी चलखेल बढेको सन्दर्भमा पार्टी सचेततापूर्वक अगाडि बढ्नुपर्ने उनको भनाइ थियो । प्रचण्डले पछिल्लो समय माओवादीको परिचय हराउँदै गएको भन्दै चिन्ता समेत व्यक्त गरे । माओवादीलाई युनिक आइडेन्टिटी कायम गराउन पनि उनले नेता कार्यकर्तालाई निर्देशन दिए । कार्यक्रममा प्रचण्डले अप्ठ्यारो अवस्थामा पनि प्रेस सेन्टर गतिशील रहेको बताए । माओवादी शान्ति प्रकृयामा आएपछि एक अर्कालाई विश्वास गर्न छाडेको बताउँदै प्रचण्डले नेताहरूको बीचमा एकता नरहेको कारण चुनावमा क...
भारतिय सहयोगमा निर्माण हुने तठबन्धको शिलान्यास

भारतिय सहयोगमा निर्माण हुने तठबन्धको शिलान्यास

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, श्रम/रोजगार, समाचार
चितवन, ४ पौष – भारतको सहयोगमा निर्माण हुने तटबन्धको एक कार्यक्रम बिच शिलान्यास भएको छ । भारतीय सहयोगमा चितवनको ढुङ्ग्रे खोलामा तटबन्ध निर्माणको शुभारम्भको बुधबार बिरगंज स्थित भारतीय महावाणिज्य दूतावासका महावाणिज्यदूत नितेश कुमार र खैरहनी नगरपालिकाका मेयर शशिकुमार खनियाले संयूक्त रूपमा शिलान्यास गरेको हो । भारत–नेपाल विकास साझेदारी अन्तर्गत उच्च प्रभाव सामुदायिक विकास परियोजना एचआईसीडीपी को रूपमा खैरहनी नगरपालिका वडा नम्बर ७ र १०, सुल्तानामा निर्माण हुने दुबै तटबन्ध परियोजनाको अनुमानीत गरेको ४० लाख र ६० लाख रहेको बताइएको छ । शिलान्यस कार्यक्रममा बोल्दै महावाणिज्यदूत नितेश कुमारले परियोजनाको कार्यान्वयन हुने आशा व्यक्त गर्दै सबैको साथ र सहयोगमा तोकिएको समय भित्र निमार्ण काम सम्पन्न हुने विश्वास व्यक्त गरे । नेपाल र भारतबीच रहेको घनिष्ठ सम्बन्धमा अर्को कोसेढुङ्गा हुने उक्त प्रतिष्...
चिनियाँ राष्ट्रपति सिले सम्बोधन

चिनियाँ राष्ट्रपति सिले सम्बोधन

आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, ४ पौष – चिनियाँ राष्ट्रपति सि चिनफिङले बिहीबार जलवायु परिवर्तनसम्बन्धी एक अन्तर्राष्ट्रिय महत्वपूर्ण सम्मेलनलाई सम्बोधन गर्नुहुने भएको छ । उहाँले जलवायु परिवर्तनसँग सम्बन्धित एक अन्तर्राष्ट्रिय सम्मेलन ‘सिओपी १५’ लाई भिडियो लिंकबाट सम्बोधन गर्नुहुने भएको चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले जानकारी दिएका छन् । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुवा चुनइङले राष्ट्रपति सि चिनफिङले बिहीबार सो सम्मेलनलाई भिडियो लिंकमार्फत् सम्बोधन गर्न लाग्नुभएको जानकारी दिनुभएको हो । एजेन्सी...
महाकालीमा विवाद रहेको ठाउँमा तत्काल तटबन्ध निर्माण रोक्न भारत सहमत

महाकालीमा विवाद रहेको ठाउँमा तत्काल तटबन्ध निर्माण रोक्न भारत सहमत

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
दार्चुला, ४ पौष – दार्चुलास्थित महाकाली नदीलाई नेपालतिर फर्काउने गरी भइरहेको निर्माणकार्य रोक्न भारतीय पक्ष तयार भएको छ। दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्याय र भारतको पिथौरागढ जिल्ला अधिकारी रिना जोशीबीच बुधबार धार्चुलामा छलफल भएको थियो। छलफलमा भारतीय पक्ष महाकालीमा विवाद रहेको ठाउँमा तत्काल तटबन्ध निर्माण रोक्न सहमत भएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ। महाकाली नगरपालिका–४ रिङ्गे तालस्थित महाकालीको बहाव नेपालतिर फर्काउने गरी भारतीय पक्षले काम अगाडि बढाएको छ। महाकालीको बहाव नेपालतिर धकेल्ने त्यस क्षेत्रको ‘बाँध’ हटाउन भारतीय प्रशासनले सहमति जनाएको छ। ‘तटबन्ध निर्माण गर्दा रिङ्गे ताल क्षेत्रमा थुप्रो लागेर बाँध जस्तो बनेको छ, जसले नदीको धार नेपालतिर फर्किएको थियो,’ उपाध्यायले भने, ‘उक्त थुप्रो हटाउन भारतीय पक्ष सहमत भएको छ, विवाद भएको ठाउँमा अहिले काम नगर्ने ...