Sunday, November 24सत्यम खबर
Shadow

चिनियाँ खाेप माथि प्रश्न चिन्ह ,बेइजिङमा कोरोना संक्रमण तीव्रता किन बढ्याे ?

काठमाण्डौ, ११ पौष – चीनकाे आफ्नै खाेप प्रभावकारी नभएकै कारण दिनहुँ लाखौं कोरोना संक्रमीत बढ्दै गएकाेप्रति विश्व समुदायकाे ध्यानाकर्षण बढेकाे छ ।

स्वदेश निर्मित अरबाैं खाेप लगाएपनि चीनको बेइजिङ सहरमा कोरोना संक्रमण फेरि बढ्न थालेको छ। जाडो याममा श्वासप्रश्वाससम्बन्धी संक्रमणसँगै रोगको प्रकोप बढी हुने गरेकाले स्वास्थ्य विज्ञहरूले बेइजिङमा कोभिड–१९ को गम्भीर संक्रमण बढ्दै गएको बताए।

बेइजिङ अस्पतालका श्वासप्रश्वास तथा क्रिटिकल केयर मेडिसिन विभागका प्रमुख ली यानमिङका अनुसार ओमिक्रोन भेरियन्टको संक्रमणपछि केही पाका उमेरका बिरामीमा गम्भीर समस्या देखिएको थियो, तर उनीहरू सबै उपचारपछि संक्रमणबाट निको हुँदै गएका छन्।

बेइजिङ चाओ–याङ अस्पतालका उपाध्यक्ष तोङ झाओहुइका अनुसार अस्पतालमा पछिल्ला दिनमा दैनिक औसत तीन सय ५० देखि चार सय ज्वरोका बिरामी र पाँच सयको हाराहारीमा आपतकालीन अवस्थाका बिरामी आउने गरेका छन्। विश्वभरि चिनियाँ खाेप पठाएकाे चीन आफै काेराेना संक्रमणले त्रास भएपछि विश्व समुदायकाे ध्यानाकर्षण भएकाे छ । साथै भारत र नेपालले त संक्रमणबाट वचन गाइडलाईन समेत जारी गरिसकेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *